Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनएमा प्रजातान्त्रिक र वामपन्थी समूह निर्माण

अशोज २४, २०७६ १०:५३ मा प्रकाशित
एनआरएनएमा प्रजातान्त्रिक र वामपन्थी समूह निर्माण
Share on FacebookShare on Twitter

काठमांडौं ।

आगामी १५ देखि १७ अक्टोबरसम्म हुने गैरआवासिय नेपाली सङ्घको अधिवेशनमा अध्यक्षका दाबेदार कुमार पन्त र कुल आचार्यले आ–आफ्नो समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । वामपन्थी समूहका पन्त र प्रजातन्त्रबादी समूहका आचार्य दुबैलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा राजनीतिक दलका नेताहरूले समूह निर्माणमा सहयोग गरिरहेका छन् । अध्यक्षका प्रतिस्पर्धी कुमार पन्तको समूहबाट प्रतिस्पर्धा गर्ने अधिकांश उम्मेदवारहरूको छनौट नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, महासचिव ईश्वर पोखरेल, नेता भीम रावलले सहमतिमा टुङ्ग्याएका छन् । वामपन्थी धारका महाधिवेशन प्रतिनिधि कम रहेका कारण प्रजातान्त्रिक समूहका केहीलाई समेटेर पन्तले आफ्नो समूहलाई बलियो बनाउन प्रयास गरेका छन् ।

त्यस्तै अध्यक्षका अर्का प्रतिस्पर्धी कुल आचार्य समूहबाट अगाडि बढ्न चाहानेहरुको नाम टुंग्यो लगाउन नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वमा रहेको १० जना प्रभावशाली नेताहरूको समूहले कसरत गरिरहेको छ । प्रजातान्त्रिक समूहबाट अध्यक्षमा कुल आचार्य उपाध्यक्षमा, मन केसी (अष्ट्रेलीया) र नरेन्द्र भाट (मध्यपूर्व) को नाम टुङ्गो लागिसकेको छ । महासचिवमा अहिलेसम्म नाम टुङ्गो लाग्न सकेको छैन । प्रतिस्पर्धा गर्न अगाडि बढिरहेका डाक्टर केशव पौडेल र जानकी गुरुङलाई मिलाउन कसरत भइरहेको छ । दुई जना मध्ये एकलाई महासचिव र अर्कोलाई उपाध्यक्षमा मिलाउने प्रयास जारी छ । पार्टीका अधिकांश नेताहरू डाक्टर केशव पौडेललाई महासचिवमा अगाडि बढाउन इच्छुक देखिए पनि कुल आचार्यका शुभचिन्तक पूर्व अध्यक्ष शेष घले परिवारसँग नजिक रहेकी जानकी गुरुङलाई कसरी मिलाउने भन्नेमा सकस भइरहेको छ ।

किरण विक्रम थापा (जापान) र त्रिलोक गुरुङ (हंकङ) उपाध्यक्षमा अगाडि बढिरहेकाले आचार्य पक्षलाई सबैलाई मिलाएर अगाडि बढाउन गाह्रो भइरहेको छ । सोम सापकोटा र महेश श्रेष्ठको नाम सचिव र कोषाध्यक्षका लागि अगाडि बढेको छ ।

बिचौलिया काँग्रेसलाई सकस

राजनीतिक हिसाबले अहिलेसम्म नेपाल कम्यूनिष्ट पार्टी र रसियन ब्लकको दबदबामा रहेको गैरआवासिय नेपाली सङ्घलाई त्यसबाट बाहिर निकाल्न यसपट केही पूर्व अध्यक्ष र नेपाली काँग्रेस समेत लागि परेको छ । जसका कारण आवरणमा नेपाली काँग्रेससँग नजिक भए पनि सम्पर्क ,सम्बन्ध, आर्थिक र व्यापारिक स्वार्थका कारण कम्यूनिष्ट पक्षधरलाई सहयोग गर्दै आएकाहरूलाई यस पटक सकस भएको छ । अमेरिकाबाट कुमार पन्त पक्षलाई सहयोग पुर्‍याउन अनेक हर्कत गरेर काठमांडौ पुगेका हरिबोल भण्डारी नेपाली काँग्रेसका नेताहरूको खप्की पाएपछि यु टर्न भएका छन् । भण्डारी अहिले काँग्रेस नेताहरूसँगै बसेर आचार्यको समूह निर्माणमा समेत सहयोग गरिरहेका छन् । काँग्रेस पृष्ठभूमिका भण्डारी जस्तै कम्यूनिष्ट समूहमालाई सहयोग गर्न काठमाडौँ पुगेका थुप्रैलाई पार्टीले मुल्यांकनको सूचिमा राखेर दबाब दिइरहेको छ ।

एनआरएनएलाई नजिकबाट हेरिरहेकाहरु भन्छन् “कुनै पनि सङ्घ संस्थामा कम्यूनिष्ट पक्षधरको हालीमुहाली र नियन्त्रण रहँदासम्म राजनीति नहुने र प्रजातान्त्रिक पक्षधर अगाडि बढ्नसाथ ‘राजनीतिक हस्तक्षेप’ र ‘कब्जा’ गरेको ढोल पिट्नेहरूको रोदनलाई यस पटक नेपाली काँग्रेसले वास्ता गरेको छैन ।”

चासो राख्नु स्वाभाविक भए पनि गैर राजनीतिक संस्थामा पार्टीहरू नै नतिजा आफ्नो पक्षमा पार्न मैदानमा उत्रनु राम्रो होइन भन्नेहरु पनि छन् । यही मान्यतामा रहेर एनआरएनएको अभियानलाई केही टाढाबाट नियालीरहेकाहरु एनआरएनएमा राजनीतिक हस्तक्षेप, दबाब र प्रभाव कहिलेबाट कसरी विस्तार हुँदै राजनीतिक भिडन्तको रूपमा आइपुग्यो यसको अनुसन्धान र समीक्षा स्थापना कालबाटै हुनु जरुरी ठान्छन् । एउटा राजनीतिक कित्तामा बसेर अरूलाई राजनीति गर्नु हुन्न भन्ने संस्थापक र रसियन पक्षधरको अलाप अहिलेसम्म आइपुग्दा अर्थहीन भएको छ । गैर आवासीय नेपाली सङ्घलाई राजनीतिक हस्तक्षेप मुक्त र समय अनुकूल बनाउन नयाँ सिराबाट बहस चलाउनु जरुरी भैसकेको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result