आदरणीय एनआरएनए सदस्य/अभियन्ता ज्यू: हार्दिक नमस्कार !
गैर आवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा नियमावली २०६६ लाई प्रतिस्थापन गर्ने सम्बन्धमा हाल नेपाल कानुन आयोगले कार्य गरिरहेको कुरा जानकारी गराइन्छ । हाल गैर आवासीय नेपाली सङ्घ अन्तराष्ट्रिय समन्वय परिषद् बाट गैर आवासीय नेपालीहरूसँग जोडिएका विभिन्न विषयहरूमा यहॉहरुले बेहोर्नु परेका व्यवहारिक, प्रशासनिक र कानुनी समस्याहरू सम्बन्धमा राय तथा सुझावहरू सङ्कलन भइरहेको हुँदा सो सम्बन्धमा यहॉहरुको राय तथा सुझाव भएमा तलको इमेलमा पठाउनु हुन हार्दिक अनुरोध गरिन्छ ।
सुझाव आइपुग्नु पर्ने अन्तिम मिति: नोभेम्बर १२, २०१९
इमेल: [email protected] or [email protected]
एनआरएनए आइसिसी को पत्र हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्:
https://adobe.ly/2NZYNYm
एनआरएनए आइसिसी बाट माग गरिएका सुझाव सम्बन्धी बुंदाहरूः
१. नेपालको संविधान २०७२ को धारा १४ मा उल्लेख भएको गैह्र आवासीय नेपाली नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार को परिभाषा सम्बन्धमा ।
२. विदेशी मुलुकको नागरिकता प्राप्त गैर आवासीय नेपालीहरूको चल-अचल सम्पत्ति को भोग चलन, बिक्री वितरण र सुरक्षा सम्बन्धमा ।
३. गैर आवासीय नेपालीहरूको लगानीमा देखिएका कानूनी तथा प्रशासनिक कठिनाइ सम्बन्धमा ।
४. गैर आवासीय नेपालीहरूलाई राष्ट्रिय परिचय (National Identity Card) को व्यवस्था सम्बन्धमा ।
५. गैर आवासीय नेपाली परिचय पत्र (NRN Card) का सम्बन्धमा ।
६. विदेशी मुलुकको नागरिकता प्राप्त गैर आवासीय नेपाली वा उनीहरूका परिवारका सदस्यलाई दिइने भिसा सम्बन्धमा ।
७. विदेशमा बस्ने नेपाली नागरिकहरूले विदेशी भूमिबाट मतदान गर्न पाउने व्यवस्था सम्बन्धमा ।
८. विश्वव्यापी मान्यता अनुसार एक वर्षमा १८३ दिन नेपाल बाहिर बस्ने तथा विद्यार्थी समेट्ने गरी गैर आवासीय नेपालीहरूको परिभाषा गर्ने सम्बन्धमा ।
९. तिन पुस्ता पछिका गैर आवासीय नेपालीहरूका सन्ततिहरूलाई गैर आवासीय नेपालीको परिभाषा भित्र समेट्ने सम्बन्धमा ।
१०. विदेशी नागरिकसँग विवाह गर्ने नेपाली महिला, पुरुष वा उनीहरूका सन्ततिहरूको नागरिकता वा परिचय पत्र दिइने सम्बन्धमा ।
११. गैर आवासीय नेपाली नागरिकका सम्बन्धमा देवानी संहितामा जोडिएका अन्य विषयहरू सम्बन्धमा ।
भवदीय,
पशुपति पाण्डे
महासचिव
गैर आवासीय नेपाली सङ्घ
राष्ट्रिय समन्वय परिषद्, अमेरिका







प्रतिक्रिया लेख्नुहोस्:-