Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जबरजस्ती करणीमा प्रजा पक्राउ

कार्तिक २७, २०७६ ४:१५ मा प्रकाशित
Share on FacebookShare on Twitter

 हेटौँडा, २७ कात्तिक  : चौध वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाश गाउँपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडित किशोरीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको आरोपमा मकवानपुर प्रहरीले कैलाश गाउँपालिका–२ बस्ने २० वर्षीय दिपेश भन्ने अनिश प्रजालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी निरीक्षक ललन कुर्मीले बताउनुभयो । पक्राउ परेका प्रजालाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पनि उहाँले जानकारी दिनुभयो ।

 

यसअघि आठ वर्षीया बालिका बलात्कृत गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । हेटौँडाकी ती बालिका साथीको बाबुबाट बलात्कृत भएकी हुन् । साथीको घरमा भोगटे खान गएकी हेटौंँडा उपमहानरपालिका–१५ की बालिका साथीकै बुबाबाट बलात्कृत भएकी हुन् । स्कुलमा सँगै पढ्ने साथीको घरमा गएका बेला गत कात्तिक १७ गते दिउँसो उनी बलात्कृत भएको बताइएको छ ।

 

बलात्कारको आरोपमा हेटौँंडा उपमहानरपालिका–१५ रातोमाटेका २८ वर्षीय जयराम रुम्बा पक्राउ परेका छन् । बलात्कारपछि बेहोस अवस्थामा रहेकी बालिकालाई स्थानीयवसीले हेटौँंडा अस्पताल पु¥याएका थिए । शुरुमा धामीकहाँ लगिएको र पछि स्थानीयवासीको सहयोगमा अस्पताल पठाइएको थियो । बालिकाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार सम्झौता

ज्येष्ठ नागरिकको घरमै पुगेर उपचार सेवा दिने उद्देश्यले राक्सिराङ गाउँपालिकाले ६० वर्ष कटेका ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि घरदैलोमै उपचारको व्यवस्था गर्न आज सम्झौता गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको साझेदारीमा २०७६ सालदेखि २०७८ सालसम्म ‘आमाबुबा बचाऊ कार्यक्रम’ सञ्चालन गरी ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा ध्यान दिन लागिएको हो ।

 

यसका लागि घरदैलोमै पुगी इन्टरनेटका माध्यमबाट ज्येष्ठ नागरिक, असहाय र दीर्घरोगीको उपचार गर्ने गरी प्रतिष्ठानसँग सम्झौता भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । सम्झौतापत्रमा गाउँपालिका अध्यक्ष मल्ल र प्रतिष्ठानका प्राध्यापक डा पारस आचार्यले हस्ताक्षर गर्नुभएको छ । ‘आमाबुबा बचाऊ कार्यक्रम’ अनुसार गाउँपालिकाभित्र दीर्घरोग पालेर बसिरहेका बिरामीको विशेष निगरानी हुनेछ ।

 

गाउँपालिकामा खटिएका स्वास्थ्य प्राविधिकले दीर्घ रोगी, असहाय तथा ज्येष्ठ नागरिकको घरमै पुगी इन्टरनेटको माध्यमबाट प्रतिष्ठानका डाक्टरसँग भिडियो संवाद गरी स्वास्थ्य उपचार र परामर्श लिइने व्यवस्था मिलाइने गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो । “क्यान्सरजस्ता प्राणघातक रोग सहेर गाउँमै बसिरहेका बुबाआमाको बाँकी जीवन सहज पार्ने गरी ‘आमाबुबा बचाऊ कार्यक्रम’को अवधारणा ल्याएका हौँ”, अध्यक्ष मल्लले भन्नुभयो ।

 

अध्यक्ष मल्लका अनुसार ‘आमाबुबा बचाऊ कार्यक्रम’ कार्यान्वयनका लागि गाउँपालिकामा छुट्टै शाखा स्थापना हुनेछ । शाखामा मोटरसाइकल, ल्यापटप र इन्टरनेट डिभाइससहितका हेल्थ असिस्टेन्ट र अनमीसहितका तीनजना कर्मचारी हुनेछन् । ती कर्मचारी रोगीको घरमा गएर इन्टरनेटको माध्यमबाट प्रतिष्ठानका डाक्टरसँग सिधा कुरा गर्छन् र उपचारको व्यवस्था मिलाउँछन् । थप उपचार गर्नुपरेमा गाउँपालिकाले व्यवस्था गर्ने एम्बुलेन्सको सहायताले प्रतिष्ठानमै ‘रिफर’ गर्ने गरी व्यवस्था मिलाइएको अध्यक्ष मल्ल बताउनुहुन्छ ।

 

‘आमाबुबा बचाऊ कार्यक्रम’ले गाउँपालिकाका ज्येष्ठ नागरिकलाई बढी राहत मिल्ने गाउँपालिकाका स्वास्थ्य संयोजक विजय कापरीले बताउनुभयो । साबिकका सरिखेत, राक्सिराङ, खैराङ र काँकडा गाविस मिलेर बनेको राक्सिराङ गाउँपालिकामा साविक गाविसतर्फ एक–एक वटा स्वास्थ्यचौकी रहेका छन् । अधिकांश चेपाङ, तामाङ र दलित समुदायको बसोबास रहेको गाउँपालिकामा भरपर्दो स्वास्थ्य केन्द्रको अभावमा स्वास्थ्य सेवाका लागि मनहरि, हेटौँंडा र भरतपुरसम्म धाउनुपर्ने बाध्यता रहँदै आएको छ ।
रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result