बिष्णुहरि घिमिरे /दूरबिन नेपाल
मेरिल्याण्ड-अमेरिका
अन्तराष्ट्रिय समन्वय परिषद् आइसीसीमा सचिवमा निर्वाचित भएको दुई महिना पछि पनि गौरि जोशी एनसीसीलाई थप स्वायत्त, स्वतन्त्र र अधिकार सम्पन्न बनाउने भन्दा पनि कज्याएर राख्ने र संपुर्ण अधिकार केन्द्रमा लगेर अधिकार बिहिन नियन्त्रित एनसीसी बनाउन पक्षपोषण गरिरहेका छन् । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् आइसीसीमा अमेरिका क्षेत्रबाट निर्वाचित भएकाहरुलाई सनिवार एनआरएनए अमेरिकाले जिम्मेवारी वहनमा कुसलता र सफलता लागि शुभकामना दिन आयोजना गरेको कार्यक्रममा सचिव जोशीले एनआरएनए अमेरिका जोखिममा रहेको चेतावनी दिए । शनिवार संघद्वारा मेरिल्याण्डमा आयोजित सम्मान कार्यक्रममा जोशीले सवै सदस्य देशले आइसीसीलाई सदस्यहरूको बिबरण एमएसआई सिस्टममा राख्न दिएको तर अमेरिकाले नदिन गरेका तर्क युक्ति संगत नभएको बताए ।
जोशीले भने “संघले प्रयोग गर्दै आएको ग्लोबल एडभान्स सिस्टममा सदस्यताको विवरण राख्न चाहेन । त्यसको उद्देश्य के थियो मलाई थाहा छैन । ७९ देशले बनाउदा अमेरिकाले बनाउन नहुने कुनै कारण छ जस्तो मलाई लाग्दैन । यहाँका केही साथीले डाटा प्रोडक्सन लगायतका कुरा उठाउनु भएको छ । मलाई लाग्छ ती ठोस कारण हुन सक्दैन ।”


आइसीसीको सचिवालयले एनसीसीहरुलाई नियन्त्रण र अधिकार विहीन बनाउन विधानमा मात्र होइन एमओयू नै बनाएर हस्ताक्षर गराउने रणनीति बनाइरहेको पनि सचिव जोशीले खुलासा गरे । उनले भने
“आइसीसी र एनसीसी बीच भर्वल एफिलिएशन मात्र भएको छ । अव डकुमेन्ट एक आपसमा साइन गराएर रिलेशनसिप दह्रो बनाउन कामका लागि सचिवालय लागि परेको छ ।”

जवकी यस अघिको कार्यसमितिमा अहिले निर्वाचित अध्यक्ष कुमार पन्त उपाध्यक्ष, उपाध्यक्षमा निर्वाचित भएका बद्री केशी महासचिव जस्तो महत्वपुर्ण जिम्मेवारीमा नै थिए । तर भर्खरै अध्यक्षबाट बाहिरिएका भवन भट्टको टाउकोमा मात्र यसमा दोश थुपार्न यी काम भएको आशंका पनि कतिपयले गरेका छन् ।
उपाध्यक्ष रविना थापा भने आइसीसी भित्रको राजनीति र आइसीसीलाई रसियन मोडलमा नियन्त्रणकारी भुमिकामा उभ्याउने रणनीतिका बारेमा गंभिर भएर बुझेको झल्को कार्यक्रममा दिइनन् । रबिनाले महिला शसक्तिकरण र वाहिर आइरहेका हल्ला र टिका टिप्पणीका बिषयमा मात्र सतही कुरा गरिन । अर्का उपाध्यक्ष सोनाम लामा भने कार्यक्रममा सहभागि थिएनन् ।
एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहले आइसीसीमा प्रतिनिधित्व गराउन एनसीसी अमेरिकाले गरेको प्रयासको चर्चा गरे । अमेरिका बुझेका साथीहरुलाई आइसीसीमा पुर्याउन सफल भएका कारण अव एनसीसी अमेरिका र आइसीसी वीचको लडाइ नहुने विस्वास ब्यक्त गरे ।
सदस्यताको विषयमा सचिव गौरी जोशीले उठाएका सवालमा छोटो टिप्पणी गर्दै अध्यक्ष साहले भने “एमआइएसमा किन नजाने गौरि जीले बुझ्नु भएको छ । त्यसमा जान हामीलाई आपत्ति छैन । तर अमेरिकाको कानुन र नियमलाई हामीले बिर्सन सक्दैनौं । अव उपाध्यक्ष रबिना थापा र सोनाम लामाले पनि यो के गरेर मिलाउने भन्ने बुझेर प्रयास गर्नुहुन्छ ।”
कार्यक्रम निक्कै भद्रगोल भएको थियो । महासचिव पशुपति पाण्डे कार्यक्रम सन्चालनका लागि तयारी नै नगरी मन्चमा पुगेका जस्ता देखिन्थे । धेरैजनालाई शुभकामना मन्तब्यका लागि बोलाइएका कारण कार्यक्रम निक्कै लामो र पट्यार लाग्दो भएको थियो ।







प्रतिक्रिया लेख्नुहोस्:-