Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको तल्लो सदनबाट ट्रम्प बिरुद्धको महाअभियोग पारित

पुस ३, २०७६ २:२६ मा प्रकाशित
अमेरिकाको तल्लो सदनबाट ट्रम्प बिरुद्धको महाअभियोग पारित
Share on FacebookShare on Twitter

दूरबिन संवाददाता ।

वाशिङटन । अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको प्रस्ताव बहुमतले पारित गर्दै अगाडि बढाएको छ । आज भएको मतदानमा तल्लो सदनका बहुमत सदस्यले महाअभियोगको पक्षमा मत हाले । ट्रम्पलाई महाअभियोग लगाउनु पर्ने कारण सहितका दुईवटा आर्टीकल अर्थात आरोपमाथी छलफल भएपछि मतदान भएको थियो । शक्तिको दुरुपयोग गरेको बारेको पहिलो आर्टिकल ( आरोप) लाई तल्लो सभाबाट २३० ले पारित भएको छ । अरोपको विपक्षमा १९७ मत परेको छ । जसमा कुनैपनि रिपव्लिकनहरुले प्रस्तावको पक्षमा मत जाहेर गरेनन । भने दुई डेमोक्रयाटहरुले ट्रम्पको पक्षमा मत दिएका थिए ।
पहिलो आरोप पारित भएपछि अर्को प्रस्तावको बारेमा छलफल र मतदान भयो । दोस्रो आरोप कंग्रेसलाई अवरोध पुर्याइएको भन्ने थियो । आरोपको पक्षमा वा ट्रम्पलाई महाअभियोग यसकारण लगाउन पर्छ भन्ने मत २२९ थियो भने आरोप लगाउनु हुदैन भन्ने मत १९८ थियो । प्रस्तावको पक्षमा कुनैपनि रिपव्लिकनहरु रहेनन भने तीन डेमोक्रयाटहरुले प्रस्तावको विपक्षमा मतदान गरे । मिनेसोटाका डेमोक्रयाट सांसद कोलिन र न्यु जर्सीका डेमोक्रयाट सांसद पिटर्सन, जेफ भान ड्रेउले दुवै आरोपको विपक्षमा अर्थात महाअभियोग गलाउनु हुंदैन भन्ने पक्षमा मतदान गरेका थिए । न्यु जर्सीका जेफ भान ड्रेउले छिट्टैनै दल परिवर्तन गर्न सक्ने आंकलन पनि गरिएको छ । त्यसै गरी एक अभियोगमा असहमति जनाउने डोमोक्रयाट सांसद माइनेका सांसद जारेड गोल्डेन रहेका छन ।
अमेरिकी प्रतिनिधि सभाबाट यसरी महाअभियोग पास भएको अमेरिकाको इतिहासमा यो तेस्रो पटक हो । यसअघि सा १९७८ मा एण्ड्र्यु जोन्सनमाथीको महाअभियोग प्रस्तावपनि तल्लो सदनबाट पारित भएको थियो । त्यसैगरि विल क्लिन्टन विरुद्धको महाअभियोग प्रस्तावपनि सन १९९८मा पारित भएको थियो तर दुवै प्रस्ताव सिनेटले अस्वीकृत गरेको थियो । त्यसैगरी सन १९७३ मा रिचर्ड निक्सन विरुद्ध महाअभियोग प्रस्तावको प्रक्रिया अघि बढिरहेको बेला उनले राजिनामा दिएका थिए । डोनल्ड ट्रम्प महाअभियोग सामना गर्ने तेस्रो बहालवाला अमेरिकी राष्ट्रपति बनेका छन ।

तल्लो सदनमा डेमोक्रेटहरुको बहुमत रहेका कारण पनि प्रस्ताव पास हुने निश्चित प्राय थियो । यसले ट्रम्पलाई थप नैतिक दवाव सिर्जना भएको छ । अव महाअभियोग प्रस्ताव माथिल्लो सदनबाट दुई तिहाई बहुमतले पास भएमा ट्रम्प राष्ट्रपतिबाट बर्खास्त हुने छन् । तर माथिल्लो सदनमा भने ट्रम्पको पार्टी रिपब्लिकनको बहुमत रहेको छ । माथिल्लो सदनमा महाअभियोग सम्बन्धि प्रक्रिया जनवरी पछि अगाडि बढ्ने छ । महाअभियोग संसदले अगाडि बढाउदै जादा ट्रम्प प्रतिपक्षी डेमोक्र्याट सांसद र सभामुखसँग थप आक्रोसित भएका छन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result