पवन पौडेल / दूरबिन नेपाल
सानफ्रानसिस्को ।
ज्ञान, विज्ञान, प्रविधि र मनोरञ्जनका विविध आयम र माध्यमले छपक्कै ढाकिएको सानफ्रानसिस्को बे एरियामा बस्ने नेपालीहरू पनि कम्ता रौसिला छैनन् । नेपाली फिल्म वा स्टेज कार्यक्रम जता पनि नेपालीहरूको बाक्लो उपस्थिति देखिन्छ । अमेरिकामा नेपाली दर्शकको मन बहलाउने चाहना र मनस्थितिलाई बुझेका केही नेपाली युवा र संघ संस्था दिनरात यस्तै कार्यक्रममा दौडिरहेका देखिन्छन् । मनोरञ्जनका साथै आफ्नो भेष भुषा, माटो, संस्कार र संस्कृतिसँग प्रवासमा जोडिने अवसरलाई सदुपयोग गरेको उनीहरूको तर्क छ ।
मनोरञ्जनका लागि पनि थरिथरिका अभ्यास र विभिन्न प्रयोग भइरहेका हुन्छन् । सबैका लागी मनोरञ्जन’ भन्ने नाम लिएर जन्मिएको इनलाइभनिङ इन्टरटेन्मेन्ट ग्रुपले बे एरियामा नयाँ शैलीमा मनोरञ्जनात्मक कार्यक्रम पस्कन लागि रहेको छ । यो समुहले एउटै मञ्चमा ४० भन्दा बढी स्थानीय कलाकारलाई उतारेर नेपालीहरू बीचमा अङ्ग्रेजी नयाँ वर्ष २०२० लाई स्वागत गर्दै छ । आयोजकहरूले दूरबिन नेपालसँग कुरा गर्दै नेपाली र अङ्ग्रेजी दुवै भाषाका गीत, सङ्गीत र नृत्य प्रस्तुत गरिने बताए । व्यक्तिगत , समूहगत र ब्याण्डका गरी २२ वटा प्रस्तुतिका लागि पूर्व अभ्यास भइरहेको छ ।

यो कार्यक्रमसँगै युवा पुस्ता माथिको भरोसा साथै संस्थाको पहिचान र विश्वास बढ्नेमा अस्मिता ढुक्क छन् । कार्यक्रम आयोजनाको नेतृत्व गरिरहेकी अर्की सदस्य प्रार्थना कार्की पनि कार्यक्रम भव्य र अपेक्षित हुनेमा विश्वस्त छन् । दूरबिन नेपालसँग कुरागर्दै कार्कीले भनिन् ” इष्ट बे देखी साउथ बे एरियाका ४२ जना भन्दा बढी कलाकारले एकै स्टेजमा आफ्नो प्रस्तुतीका लागि तयार हुनु नै संस्थाको उद्देश्य र लक्ष अनुसारको अभ्यास हो ।”
वे एरियामा रहेका नेपाली युवा युवतीहरूको प्रयास सफल बनाउन समाजका केही अग्रज अगुवाहरूले पनि साथ दिइरहेका छन् । सहभागिता जुटाउने र कार्यक्रमका लागि चाहिने अर्थ सङ्कलन आफैमा बोझिला काम हुन् । यो चुनौतीलाई चिर्न युवापुस्ताले कौशल देखाएमा मात्र लक्ष हासिल गर्न सहज हुने छ ।







प्रतिक्रिया लेख्नुहोस्:-