विराटनगर, १४ पुस
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको महाधिवेशन निर्धारित समयमै हुुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा उहाँले २०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन आवश्यक रहेकोमा जोड दिनुभयो । केन्द्रीय सदस्य डा कोइरालाले पार्टी सभापतिले महाधिवेशनको मिति सार्न नहुने सुझाव दिँदै महाधिवेशनमा कार्यकर्ता एकभएर जाने विश्वास व्यक्त गर्नुभयो ।
रासस
प्रतिक्रिया लेख्नुहोस्:-