Wednesday, April 15, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने

'महामन्त्रीको कार्यक्रमले उत्साह ल्याउछ'-खनाल

बैशाख ८, २०८१ १२:१० मा प्रकाशित
कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापा र बे एरियामा रहेका नेपालीहरुविच आइतवार क्यालिफोर्नियाको बर्कलीमा रहेको युनिभर्सिटीको ‘एन्डर्सन अडिटोरिएम’मा ‘भेटघाट तथा अन्तरकृया’ कार्यक्रम तय गरिएको छ । नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरले महामन्त्री थापासंग उक्त भेटघाट तथा अन्तरकृयात्मक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम अप्रिल २१ तारेख आइतवार युसी बर्कलीको  एन्डर्सन अडिटोरिएमको F२९५ हलमा हुनेछ ।
नेपाली जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरका कार्यबाहक सभापति नारायण खनालका अनुसार महामन्त्री थापा आइतवार अपरान्ह स्यानफ्रान्सिस्को एयरपोर्ट आइपुग्नेछन र सिधै बर्कलीस्थित युनिभर्सिटीमा नेपाली विद्यार्थी र नेपालीहरुसंगको भेटघाट एवं  अन्तरकृयामा अपरान्ह ५ बजे सहभागी हुनेछन् ।
‘महामन्त्रीज्यूको भ्रमण पारिवारिक भएपनि हामीले यही अवसरमा उहाँसंग भेटघाट र अन्तरकृयाको अवसर छोपेका हौ, खनालले दुरवीनसंग कुराकानी गदै भने-‘उहाँ आउने भन्ने वित्तिकै यहाँको माहोल नै निकै उत्साहजनक भएको छ र युवावर्ग निकै जोशिलो भएको छ’ ।

महामन्त्री थापा गत बर्ष नै बर्कलीमा भएको एनअनरएनएको युवा सम्मेलनमा प्रमुख अतिथिको रुपमा आउने भनिएपनि नेपालमा राष्ट्रपतिको निर्वाचनको कारण कार्यक्रम स्थगित भएको थियो । युवा सम्मेलनपछि पनि महामन्त्री थापा क्यालिफोर्निया आउने चर्चा भएपनि पार्टीको महासमितिको बैठकको कारण उनी आउन सकेका थिएनन् ।
‘यसपालि उहाँको औपचारिक कार्यक्रम नभएपनि साथीहरु र सुभचिन्तकहरुले विभिन्न राज्यहरुमा भेटघाट गर्न खोज्नुभएको छ, उहाँले पारिवारिक भ्रमण भनेर मात्र सुख पाउने छाँट देखिन्न’-खनालले भने ।
दुरवीनलाई प्राप्त कार्यक्रम तालिका अनुसार सो भेटघाट कार्यक्रममा महामन्त्री थापाको राजनीतिक यात्रा र जीवनी विषयमा पनि सानो ‘बृत्तचित्र’ देखाइने छ । कार्यक्रममा बर्कली युनिभर्सिटिका प्राध्यापक डा आमोद पाखरेलले कार्यक्रममा ‘ओपनिंगं रिमार्कस्’ अन्तर्गत महामन्त्री थापाको राजनीतिक यात्राको वारेमा जानकारी दिनेछन् ।डा. पोखरेल आफैपनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा उल्लेख्य भूमिका खेलेका प्राज्ञिक ब्यक्तित्व हुन् ।

कार्यक्रममा जनसम्पर्क समितिको तर्फबाट स्वागत मन्तब्य राखिएको छ । कार्यक्रममा महामन्त्री थापालाई मुख्य बक्ताको रुपमा झण्डै एक घण्टा लामो समय छुट्याइएको छ । उनले नेपालमा विकसित राजनीतिक घटनाक्रम, नेपाली कांग्रेसको भावी दिशा र प्रवासमा रहेको नेपाली डायस्पोराको विषयमा बोल्ने बताइएको छ ।
महामन्त्री थाापको सम्वोधनपछि विधार्थीको तर्फवाट ‘A Dialogue on the future of the Business, Education and Policy for Nepali Diaspora’ प्यानल छलफल कार्यक्रम राखिएको छ  सो विषयमा बर्कली हास एमबिएका  एबी श्रेष्ठ मन्जीलले कार्यक्रमको सहजता गर्नेछन् । कार्यक्रमको अन्तिम चरणमा प्रश्नोत्तर र ‘नेटवर्किग रिसेप्सन’ कार्यक्रम राखिएको छ ।
विगत एक दशकदेखि निर्वाचन नगरि बसेको नेपाली जनसम्पर्क समिति अमेरिकाका कतिपय नेताहरुले महामन्त्रीले यसपटक निर्वाचन गराउन भूमिका खेल्ने आशा समेत राखेको बताएका छन् ।सन् २०१४ पछि हालसम्म पनि जनसम्पर्क समितिको निर्वाचन भएको छैन । एक पक्ष र अर्काे पक्षवीच विभाजित जनसम्पर्क समितिको निर्वाचन हुन नसक्नुमा पार्टी सभापति निकट मानिएका आनन्द विष्टको पदमा बसिरहने अभिष्ट भएको बताइन्छ ।

पारिवारिक भ्रमणको सिलशिलामा यहाँ आउन लागेका महामन्त्री थापाको श्रीमति र छोरीहरु भने केही दिन अगाडि नै स्यानफ्रान्सिस्को आइसकेका छन् ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result