Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको न्युयोर्कमा सवारी दुर्घटनामा नेपाली बालकको मृत्युः पीडित परिवारको क्षतिपूर्तिको पहलमा जुट्यो नेपाली समुदाय

पुस २३, २०७६ ३:०७ मा प्रकाशित
अमेरिकाको न्युयोर्कमा सवारी दुर्घटनामा नेपाली बालकको मृत्युः  पीडित परिवारको क्षतिपूर्तिको पहलमा जुट्यो नेपाली समुदाय
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल, न्युयोर्क
न्युयोर्कको नेपाली समुदाय एका विहानै मर्माहत बन्न पुग्यो । न्युयोर्कमा नेपाली समुदायमा सक्रिय पुरुषोक्तम पन्थीका दश बर्षीय छोरा श्रृजल पन्थीको फोहोर संकलन गर्ने ट्रकको ठक्करबाट मृत्यु भएको खबर सुनेपछि सबैको दिन नरमाइलो बन्यो । मृतक श्रृजल आमासंगै विद्यालय जादै गरेको अवस्थामा ट्रक्ले ठक्कर दिएको थियो । ठक्करबाट श्रृजलकी आमा मिना पन्थीपनि गम्भीर घाइते बनेकी छिन । उनको न्युयोर्कस्थित एलम्हस्र्ट हस्पिटलमा उपचार भइरहेको छ । उनको खुट्टामा गम्भीर चोट लागेको छ । दुवै आमा छोरालाई ट्रकले ठक्कर दिएपछि तत्कालै अस्पताल लगिएको थियो । उपचारकै क्रममा दश बर्षीय श्रृजलको मृत्यु हुन पुग्यो । दुर्घटना लगत्तै न्युयोर्कका नेपालीहरु एलम्हस्र्ट अस्पताल पुगेर मृतकका बुबा एवं न्युयोर्कका नेपाली समुदायमा सक्रिय पुरुषोक्तम पन्थीलाई सान्त्वना दिएका थिए । घटनाको जानकारी पाउने वित्तिकै नेपाली समुदायका व्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत तथा सम्भव हुनेहरुले भेटेरै घटनाबारे दुख व्यक्त गरेका थिए । घटनाको बारेमा जानकारी लिन तथा सान्त्वना दिन एवं आवस्यक सहयोग के गर्न सकिन्छ भन्दै एलम्हस्र्ट अस्पतामा पुग्ने नेपालीहरुको संख्या बाक्लो थियो । मृतक परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचार एवं दोषीमाथी कारवाहीको लागि नेपाली समुदायले पहल गरिरहेको एनआरएनए न्युयोर्क च्याप्टरका पूर्व उपाध्यक्ष विष्णुराना मगरले दूरबिन नेपाललाई बताए । घटना पन्थी परिवार बसोबास गर्ने स्थान कोरोनाको ९७ स्ट्रीटको ५७ एभेन्युमा भएको थियो । मृतकका बुवा पुरुषोत्तम पन्थी क्वीन्स नेप्लिज लायन्स क्लबका अध्यक्ष हुन ।

न्युयोर्कका मेयरद्वारा दुख व्यक्त
न्युयोर्कको क्वीन्समा सवारी दुर्घटनामा नेपाली बालक श्रजलको मृत्युको घटनाप्रति न्युयोर्कका मेयर बिल डे ब्लाजियोले दुख व्यक्त गरेका छन । ब्लाजियोले दुर्घटनालाई मुटु टुक्राउने भन्दै अनुसन्धान जारी रहेको र ट्रक चालकलाई निलम्बन गरिएको जानकारी दिएका छन ।

श्रृजलको सम्झनामा मैनबत्ती बालियो
श्रृजलको आत्माको शान्तिको कामना गर्दै शिक्षक र कोरोनाका स्थानीयले मैनबत्ती बालेर प्रार्थना गरेका छन । विद्यालय जांदै गरेका श्रजलको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको आत्माको शान्तिको कामना गर्दै उनका शिक्षक तथा साथीहरुले मैनबत्ती बालेर प्रार्थना गरेका हुन । आंखामा आंशु लिएर प्रार्थनामा उपश्थित शिक्षक तथा विद्यार्थीले मृतकको आत्माको शान्तिको कामना तथा शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका थिए ।

फोटो साभारः फेसबुक

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result