दूरबिन नेपाल, न्युयोर्क
न्युयोर्कको नेपाली समुदाय एका विहानै मर्माहत बन्न पुग्यो । न्युयोर्कमा नेपाली समुदायमा सक्रिय पुरुषोक्तम पन्थीका दश बर्षीय छोरा श्रृजल पन्थीको फोहोर संकलन गर्ने ट्रकको ठक्करबाट मृत्यु भएको खबर सुनेपछि सबैको दिन नरमाइलो बन्यो । मृतक श्रृजल आमासंगै विद्यालय जादै गरेको अवस्थामा ट्रक्ले ठक्कर दिएको थियो । ठक्करबाट श्रृजलकी आमा मिना पन्थीपनि गम्भीर घाइते बनेकी छिन । उनको न्युयोर्कस्थित एलम्हस्र्ट हस्पिटलमा उपचार भइरहेको छ । उनको खुट्टामा गम्भीर चोट लागेको छ । दुवै आमा छोरालाई ट्रकले ठक्कर दिएपछि तत्कालै अस्पताल लगिएको थियो । उपचारकै क्रममा दश बर्षीय श्रृजलको मृत्यु हुन पुग्यो । दुर्घटना लगत्तै न्युयोर्कका नेपालीहरु एलम्हस्र्ट अस्पताल पुगेर मृतकका बुबा एवं न्युयोर्कका नेपाली समुदायमा सक्रिय पुरुषोक्तम पन्थीलाई सान्त्वना दिएका थिए । घटनाको जानकारी पाउने वित्तिकै नेपाली समुदायका व्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत तथा सम्भव हुनेहरुले भेटेरै घटनाबारे दुख व्यक्त गरेका थिए । घटनाको बारेमा जानकारी लिन तथा सान्त्वना दिन एवं आवस्यक सहयोग के गर्न सकिन्छ भन्दै एलम्हस्र्ट अस्पतामा पुग्ने नेपालीहरुको संख्या बाक्लो थियो । मृतक परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचार एवं दोषीमाथी कारवाहीको लागि नेपाली समुदायले पहल गरिरहेको एनआरएनए न्युयोर्क च्याप्टरका पूर्व उपाध्यक्ष विष्णुराना मगरले दूरबिन नेपाललाई बताए । घटना पन्थी परिवार बसोबास गर्ने स्थान कोरोनाको ९७ स्ट्रीटको ५७ एभेन्युमा भएको थियो । मृतकका बुवा पुरुषोत्तम पन्थी क्वीन्स नेप्लिज लायन्स क्लबका अध्यक्ष हुन ।
न्युयोर्कका मेयरद्वारा दुख व्यक्त
न्युयोर्कको क्वीन्समा सवारी दुर्घटनामा नेपाली बालक श्रजलको मृत्युको घटनाप्रति न्युयोर्कका मेयर बिल डे ब्लाजियोले दुख व्यक्त गरेका छन । ब्लाजियोले दुर्घटनालाई मुटु टुक्राउने भन्दै अनुसन्धान जारी रहेको र ट्रक चालकलाई निलम्बन गरिएको जानकारी दिएका छन ।
श्रृजलको सम्झनामा मैनबत्ती बालियो
श्रृजलको आत्माको शान्तिको कामना गर्दै शिक्षक र कोरोनाका स्थानीयले मैनबत्ती बालेर प्रार्थना गरेका छन । विद्यालय जांदै गरेका श्रजलको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको आत्माको शान्तिको कामना गर्दै उनका शिक्षक तथा साथीहरुले मैनबत्ती बालेर प्रार्थना गरेका हुन । आंखामा आंशु लिएर प्रार्थनामा उपश्थित शिक्षक तथा विद्यार्थीले मृतकको आत्माको शान्तिको कामना तथा शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका थिए ।
फोटो साभारः फेसबुक
प्रतिक्रिया लेख्नुहोस्:-