Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सचिव नहुँदा सेवाग्राही मर्कामा

पुस २९, २०७६ २:२८ मा प्रकाशित
सचिव नहुँदा सेवाग्राही मर्कामा

j8f ;lrjsf] s';L{ ndh'ª, @( k'; M SJxf]Fnf;f]y/ ufpFkflnsf– * j8fsf] sfof{nodf j8f;lrj gx'Fbf ;lrj ;:g] vfnL s';L{{ . xKtfsf] Ps lbg dfq} j8f ;lrj cfpg] ub{5g . t:jL/ M hgs >]i7÷/f;;

Share on FacebookShare on Twitter

 लमजुङ, २९ पुस : – स्थानीय तहमा वडा सचिव नहुँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । समायोजनमा कर्मचारीले सङ्घ र प्रदेश रोजेपछि स्थानीय तहमा वडा सचिवको अभाव हुँदा सेवाग्राही मर्कामा परेका हुन् । लमजुङका आठ स्थानीय तहका ७५ वडामध्ये २४ वडामा सचिव छैनन् । वडा कार्यालयमा सचिव अभाव भएपछि कतिपय वडामा कार्यालय सहयोगी र सामाजिक परिचालकलाई वडा सचिवको जिम्मेवारी दिइएको छ ।

 

सिंहदरबारको अधिकार गाउँ–गाउँमा आएको भनिए पनि वडासचिवको अभावमा सहज रुपमा सार्वजनिक सेवा पाउन नसकेको गुनासो स्थानीयवासीको छ । स्थानीय सरकार आएको तीन वर्ष हुँदासमेत जिल्लाको विभिन्न स्थानीय तहमा वडासचिव नहुँदा विकास निर्माणका काम पनि प्रभावित हुने गरेको बताइएको छ । कर्मचारी अभावका कारण एउटै सचिवले तीन वटासम्म वडाको जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता छ ।

 

“एकजना सचिवले धेरै वडा हेर्नुपर्ने भएपछि गाउँपालिकाको विकास निर्माणदेखि सार्वजनिक सेवा प्रवाहमा जटिलता थपिएको छ”, जिल्ला समन्वय समितिका संयोजक लोकराज पाण्डेले भन्नुभयो, “सिहंदरबारको अधिकार गाउँमा आयो भन्ने नारा त भयो, तर वास्तविकतामा त्यस्तो छैन ।”

 

कर्मचारीले ग्रामीण क्षेत्रमा जान नमान्ने तर सुगम क्षेत्रका स्थानीय तहमा जान हानथाप गर्ने प्रवृतिका कारण वडासचिवको अभाव देखिएको उहाँको भनाइ छ । वडासचिव नहुँदा एउटै कामका लागि ५÷६ दिन कुर्नुपर्दा धेरै समस्या हुने गरे क्व्होलासोथर गाउँपालिका–८ घाम्राङका स्थानीयवासी गमबहादुर गुरुङको दुःखेसो छ । सोही वडाका वडाअध्यक्ष राजु गुरुङले भन्नुभयो, “हाम्रो वडाको सचिवले तीन वडा हेर्दैआएको छ, यस वडामा हप्ताको एक दिन मात्रै आउँछ, सचिवको काम आफैले गर्ने गरेपनि व्यक्तिगत घटना लिएर आएका बेला सचिव नहुँदा सेवाग्राहीलाई धेरै समस्या भइरहेको छ ।”

 

नौवटा वडा रहेको दोर्दी गाउँपालिकाका चार वटा वडामा सचिव छैनन् । गाउँपालिका कार्यालयमा नै कार्यरत रहेका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएर सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार कर्मचारी अभावले प्रशासनिक कामसँगै विकास निर्माणको काममा प्रभाव परेको छ । अध्यक्ष गुरुङले भन्नुभयो, “कर्मचारी अभावले गाउँपालिकालाई त समस्या छ नै, सेवा लिन आउने सेवाग्राहीलाई झन बढी समस्या भइरहेको छ ।” उहाँका अनुसार एकजना सचिवले धेरै वडा हेर्नुपर्ने भएपछि गाउँपालिकाको कार्यालयमा बसेर नै सेवा प्रवाह गर्नु परेको छ ।

 

त्यस्तै ११ वटा वडा रहेकोे सुन्दरबजार नगरपालिकामा चार वडामा सचिव छैनन् । काम प्रभावित नहोस् भनेर वैकल्पिक व्यवस्था मिलाइएको सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले बताउनुभयो । चार वटा सचिवले नै सबै वडाको कार्यसम्पादन गर्नु परेको नगरप्रमुख मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यक्तिगत घटना दर्ताका लागि वडामै पुग्नुपर्ने हुन्छ । जुन वडाबाट फोन आउँछ कर्मचारीहरु त्यही पुग्ने गरेका छन् ।” उहाँले वडामा सम्पन्न भएका योजनामा भुक्तानीका लागि वडाको सिफारिश आवश्यक पर्ने बताउनुभयो ।

 

त्यस्तै दूधपोखरी गाउँपालिकामा–६ वडामध्ये तीन वटामा सचिव छैनन् । यहाँ केही महिनाअघिसम्म एकजना मात्रै सचिव हुँदा ६ वटै वडा हेर्नुपर्ने बाध्यता रहेपनि केही महिनाबाट दुईजना सचिव आएकाले दुई दुईवटा कार्यालय हेर्ने गरेको गाउँपालिका अध्यक्ष छुपिमाया गुरुङले भन्नुभयो । उहाँले भन्नुभयो, “कर्मचारी अभावमा जसोतसो व्यवस्थापन त गरेकै छौँ । तर वास्तविक रुपमा काम गर्न भने निकै अप्ठ्यारो भएको महसुस भएको छ ।”

 

मध्यनेपाल नगरपालिकाको १० वडामध्ये पाँच वडामा मात्रै सचिव छन् । क्व्होँलासोथर गाउँपालिकाका नौ वडामध्ये एउटामा सचिव नभएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । त्यस्तै राइनास नगरपालिकामा १० वडामध्ये चार वडामा सचिव छैनन् । मस्र्याङ्दी गाउँपालिकामा नौ वडामध्ये तीन वडामा अझै वडासचिव छैनन् ।

बेँसीशहर नगरपालिकामा भने ११ वडामा नै सचिव छन् । सङ्घ र प्रदेशमा समायोजन भएर कर्मचारी गए पनि स्थानीय तहका नासु र खरिदारलाई वडा सचिवको जिम्मेवारी दिएर खटाइएको छ । अहिलेसम्म सेवा प्रवाहमा कुनै समस्या नआएको नगरपालिकाले जनाएको छ ।

रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result