Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डरलाग्दो कोरोना भाइरस अमेरिकामापनि देखियो, वशिंगटन राज्यमा पहिलो पटक देखिएपछि सजगता अपनाउन अपिल

माघ ८, २०७६ २:५५ मा प्रकाशित
डरलाग्दो कोरोना भाइरस अमेरिकामापनि देखियो, वशिंगटन राज्यमा पहिलो पटक देखिएपछि सजगता अपनाउन अपिल
Share on FacebookShare on Twitter

बद्रि गौतम, दूरबिन नेपाल
चीनमा कम्तीमा ६ जनाको ज्यान लिएको कोरोना भाइरस अमेरिकामा पनि पहिलो पटक देखिएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सिडिसी) अर्थात रोग नियन्त्रण र रोकथाम केन्द्रले वशिंगटन राज्यको स्नोहोमिश काउन्टीका एक व्यक्तिमा सो भाइरस देखिएको पुष्टि गरेको छ । कोरोना भाइरस देखिएको सम्बन्धमा खोप तथा स्वासप्रश्वास रोगका लागि राष्ट्रिय निर्देशक नान्सी मेनीयरले मानिस बाट मानिसमा सर्ने यो भाइरसको बारेमा गम्भीर हुनुपर्ने बताएकी छिन । त्यसैगरि वशिंगटन राज्यका गभर्नर जे इन्सलेले अमेरिकामा अन्य व्यक्तिलाईपनि यो भाइरसको संक्रमण भएको हुन सक्ने आशंका भएकोले राज्यले गम्भिरतापुर्वक लिएको बताएका छन ।
त्यसै गरि कोरोना भाइरसको संक्रमण रोक्न वा फैलिन नदिन गतहप्ता देखिनै न्युयोर्क, लस एन्जलस, सान फ्रान्सिस्कोका एअरपोर्टहरुमा स्वास्थ्य जांचको व्यवस्था गरिसकेको तथा अब एटलान्टा र सिकागोमापनि यो व्यवस्था गरिने सिडिसीले जनाएको छ । सिडिसीका अनुसार चीनबाट यात्रा गर्ने, बिशेषगरी चीनको वुहान क्षेत्र (जहांबाट कोरोना भाइरस फैलिन शुरु गरेको थियो) का उडानहरुलाई पनि परिवर्तन गरिएको छ ।


के हो कोरोना भाइरस ?
कोरोना भाइरस पहिलो पटक चीनको वुहान शहरमा देखिएको थियो । यसले अहिलेसम्म कम्तीमा ६ जनाको ज्यान गइसकेको छ भने थाइल्याण्ड, दक्षिण कोरिया र जापानमापनि यसको संक्रमण फैलिएको छ । कोरोना भाइरसको बारे विश्व स्वाश्थ्य संगठनलेपनि विशेषज्ञहरुको विशेष बैठक गरी अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य संकटकाल लगाउन सक्ने जनाएको छ । कोरोना भाइरस चीनको समुद्री खानाबाट मानिसमा आएको अनुमान गरिएको छ ।
यो रोग मानिसबाट मानिसमा सर्ने एक स्वास प्रश्वास समस्या हो । यो भाइरसको संकक्रमण बढ्दै गएपछि निमोनियाको रुपपनि लिन सक्छ । जुन घातक हुन सक्छ । यसले मानिसको फोक्सोमा आक्रमण गर्ने हुंदा स्वासप्रश्वासमा समस्या पैदा गर्छ । विशेषगरी क्रोनिक फोक्सका बिरामीलाई छिट्टै आक्रमण गर्न सक्छ । यो भाइरसको अर्को खतरनाक पक्ष भनेको जनावरबाट मानिसमा सर्नुपनि हो । खोक्दा, हाछ्छिउं गर्दा वा संक्रमित व्यक्ति वा भाइरसको नजिक परेमा पनि सर्न सक्ने चिकित्सकहरु बताउंछन । कोरोना भाइरस इबोला, सार्स जस्तै खतरनाक मानिन्छ । किनकी सार्स र इबोलापनि जनावरबाट मानिसमा सर्न सक्ने भएकोले यो अझ खतरनाक मानिन्छ । कोरोना भाइरसको प्रभावकारी खोप अझै बनीसकेको छैन । यसबारे विभिन्न नौ अनुसन्धान चलिरहेको भएपनि औषधि अझै निश्चित छैन । यद्यपि चिसोबाट जोगिएर आराम गर्ने तथा धेरै तरल पदार्थ सेवन गरेमा कोरोना भाइरसको संक्रमणलाई कम गर्न सकिने चिकित्सकहरु बताउंछन ।

कस्ता लक्षणहरु हुन्छन त कोरोना भाइरसका ?
सिडिसीका अनुसार कोरोना भाइरसको संक्रमण भएपछि पहिला सामान्य ज्वरो आउने गर्दछ । दुइ दिनदेखि एक हप्ताको विचमा सुख्खा खोकीपनि लाग्न सक्छ । बिस्तारै सास फेर्न अप्ठेरो हुन सक्छ । पछि पेटमा गडवडी भइ पखालापनि लाग्न सक्छ । यहि लक्षण बढ्दै गएमा ज्वरो एक सय चार सम्मपनि आउन सक्ने चिकित्सकहरुले जनाएका छन । ज्वरोको मात्र बढेर निमोनिया भइ मिर्गौलाले काम गर्न छोडी मानिसको मृत्यु समेत हुन सक्ने सिडिसी अर्थात सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले जनाएको छ ।


श्रोतः सिडिसीको प्रेस रिलिज

तस्विरः एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result