Wednesday, August 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोना भाइरस, मनोवैज्ञानिक त्रास, र घृणा अपराध 

फाल्गुन १७, २०७६ ४:५० मा प्रकाशित
कोरोना भाइरस, मनोवैज्ञानिक त्रास, र घृणा अपराध 
Share on FacebookShare on Twitter

डा.अविन ओझा

प्रसँग, चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको प्राणघातक कोरोना भाइरसबाट हालसम्म अमेरीकाको न्यूयोर्क सुरक्षित रहेको देखिन्छ । केही शकांस्पद केसहरु रहेको, क्वारेन्टाण्इनमा सुक्ष्म तथा सघन अवलोकनमा केही व्याक्तिहरु रहेका भएता पनि कोरोना भाइरस पीडित केसहरु आधिकारिक रुपमा पुष्टि भएको छैन । तथापी न्यूयोर्कका केही क्षेत्रहरुमा चाइनीज अमेरीकनहरुको आवादी घना रहेकोले चीन आवतजावत भइ रहेको हुन सक्ने हुनाले न्यूयोर्क पनि कोरोना भाइरसको उच्च जोखिम क्षेत्रको रुपमा रहेको छ । यो भन्दा पनि जटिल सवाल यो छ की दैनिक करिव ५० लाख न्यूयोर्क बासीले आफ्नो दैनिकीका रुपमा मेट्रो (एमटीए) रेल तथा बस सेवा लिने गरेका छन् । मेट्रो रेल (सव वे) कै भरमा दैनिकी चालेको यति ठूलो समुदायमा यदी कोरोनाको प्रकोप फैलिने हो भने स्थीति सोचे भन्दा निकै भायवह हुने अनुमान गर्न सकिन्छ । तथापी, न्यूयोर्क सीटि तथा राज्यले यसको रोकथाम तथा उपचार व्यवस्थापनमा निकै संवेदनशील भएर अगाढी बढेको कुरा मेयर तथा गर्भनरले न्यूयोर्कबासीलाई निवेदन गरिसकेका छन् । यद्यपी, हरेक व्याक्तिले यस भाइरसको प्रकोपबाट बच्न भने सावधानी अपनाउनु पर्ने छ । आफू सचेत बन्नु पर्नेछ । यो भाइरसको प्रकोपले सवैमा मनोवैज्ञानिक त्रास भने फैलाएको छ । कतिपय अवस्थामा घृणा अपराध पनि निम्ताएको छ । नगरीय यात्रका क्रममा न्यूयोर्क सीटि भित्र कोरोनाका कारण सववेमा देखिएका केही त्यस्ता मनोवैज्ञानिक संत्रास तथा घृणा अपराधका घटनाहरुलाई यस आलेखमा प्रस्तुत गरिएको छ ।
दृश्य नं एक,
सुरु गरौं केही समय अगाडी सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो फुटेको प्रसँगबाट । उक्त भिडियोमा चाइनीज अमेरीकन युवतीले मास्क लगाएर ट्रेनमा यात्रा गर्दा अर्को एक यात्रुले तैले या तं जस्ता अरुले कोरोना भाइरस ल्याएको भन्दै उक्त चिनीया मुलकी युवतीलाई सववे भित्र लखेट्दै कुटपिट गरेको थियो । भाइरसको कहरले अमेरीकामा लामो समय देखि जातिगत रुपमा देखिंदै आएको घृणा अपराधलाई फेरी ब्युंताएको छ । आज चाइनीज अमेरीकन फेरी एक पटक यसको शिकार हुने वतावरण मौलाउदै गएको छ ।
दृश्य नं दुई,
ज्याक्सन हाइट्सबाट जमैका सेण्टरका लागी छुटेको ई ट्रेन को दृष्टान्त । उक्त ट्रेनमा सवार एक जना अफ्रीकन अमेरीकन महिला मौसमी फ्लुका कारण रुघाले गस्त देखिन्थिन । उनी छिम्दै, नाकको विकार पुछ्दै थिइन । यत्तिकैमा ट्रेनको उक्त डिब्बामा रहेका प्राय सवै यात्रु एकाएका त्रसित भए । कोही उनलाई गाली गर्न थाले । अर्को स्टप आउन साथ प्राय सवै यात्रु त्यो डिब्बा बाट अर्को डिब्बामा सरे । यो घटनाले आज कोरोनो भइरसबाट मानिसमा कत्ति ठूलो मानोवैज्ञानिक त्रास पैदा भएको छ भन्ने देखाउछ । अर्को तर्फ सामान्य रुघा खोकी लाग्दा सार्वजानिक साधनमा यात्रा गर्दा पब्लिक ह्र्यासमेण्ट (सार्वजानिक उत्पीडन)को सामना गर्नु पर्ने समास्या जो कोहीलाई आइ परेको छ ।
दृश्य नं तीन,
जमैका सेण्टरबाट वल्र्ड टे«ड सेण्टरका लागी छुटेको ई ट्रेनको अर्को दृष्य । योर्क कलेजकी एक छात्रा मास्क लगाएर ट्रेनमा बस्छिन । उनी बसेको सीटमा उनी बाहेक अन्य पाँच जना यात्रु बस्न मिल्ने ठाँउ छ । तर त्यहाँ कोही पनि बस्न तयार हुदैन । त्यसो त उनी वसेको सिटको ठिक अगाडी ६ यात्रु क्षमताकै सीट पनि पूर्ण रुपमा खाली रहेको थियो । यत्तिकैमा एक बृद्ध महिला आउछिन र उक्त छात्रालाई प्रश्न गर्छिन, “आर यु अल राइट? तपाइलाई ठिक छ ?” । छात्राले प्रश्नको प्रसँग बुझ्दछिन र उत्तर दिन्छिन्, “एस आई एम गुड, आई युज्ड दिस् मास्क पर प्रिकउसन, म ठिक छु , यो मास्क मैले सावधानीको लागि लगाएको हो” तव मात्र ति बृद्ध महिला उनको ठिक अगाडीको सीटमा बस्दछीन । त्यसपछि ती विद्यार्थीले मास्क निकाल्छिन । अर्को स्टपमा सवै सीट भरिन्छ । यहाँ बाट के प्रष्ट हुन्छ भने मानिसमा मास्कफोविया कति बढेको छ ।
दृश्य नं चार,
वुडसाइड सिक्टी–फिफ्त स्ट्रीट बाट म्यानह्याटन तर्फ लागेको आर ट्रेनको अर्को श्रब्यदृश्य । सीट खाचाखच भरिएको छ । सवै यात्रु आफ्नो तालमा यात्रा गरिरहेका छन् । एक पुरुष दुई पटक मज्जाले छिम्छन् । उनी आसपासका सवै मानिस हतास देखिन्छन् । कोही उनलाई तथानाम गालि गर्दछन् । सवै त्याँहा बाट भाग्न चहन्छन् । अर्को स्टपमा ट्रेन रोकिन्छ । हाछिऊ गर्ने मानिसका आसपास वस्ने मानिस हतारहतारमा ओर्लन्छन् र डिब्बा परिर्वतन गर्दछ । हिजो आज सार्वजानिक साधनमा खोक्नु या छिम्नु त्यो पनि एकै पल्ट किन न होस । यसले अन्य यात्रुहरुलाई निकै प्रताडित बनाउंदछ, आक्रोशित हुन्छन । कतिपय अवस्थामा खोकेकै भरमा या हाछिऊ गरेकै भरमा पनि घृणा अपधारको शिकार हुन सकिने अवस्थाको सृजना भएको छ ।
दृष्य नं पाँच,
स्वास्थ्य क्षेत्रमा काम गर्ने एक महिलाले सुनाएको कथा । संधै भन्दा फरक तरिकाले उनी काममा पुग्दछीन । उनी मास्क लागएर वर्क स्टेशन पुग्दछीन । पुग्दासाथ उनको सुपरभाइजरले मास्क लगाउदा अरु शसंंकित हुने भन्दै मास्क खोल्न आग्रह गर्छछन् ।
यही दृष्टान्तहरु त केही प्रतिनिधी घटनाहरुमात्र हुन । भाइरसको समास्या भनेको विश्वका सवै मानिसको साझा समस्या होे । आम अवतजावत हुने स्थानमा हिड्–डुल गर्दा होस या सार्वजानिक साधनको प्रयोग गर्दा, आज निकै सर्तकता अपनाउनु पर्ने कठिन परिस्थीतिको सृजना भएको छ । यसमा सवैले आफ्नो सुरक्षालाई ख्याल राख्दै सर्तक हुनु को विकल्प देखिदैन । प्राणघातक कोरोना भइरसको संक्रमण बाट बच्न सवै सजक रहनु को विकल्प छैन । यसका साथै सर्तकताका लागी अपनाइने विधिहरुले निम्तयाउन सक्ने घृणा अपराधका वारेमा पनि सवै सचेत रहनु जरुरी छ ।

  – [email protected]  
:लेखक ओझा सीटी युनिभर्सीटी अफ न्युयोर्क अन्तर्गतको योर्क कलेजका प्राध्यापक हुन

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result