Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या दोब्बर, २६४ को मृत्यु  

चैत्र ८, २०७६ ४:३५ मा प्रकाशित
अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या दोब्बर, २६४ को मृत्यु  
Share on FacebookShare on Twitter

दूरबिन संवाददाता 


२० मार्च २०२० अमेरिका ।

कोरोना भाइरसका कारण जीवन गुमाउने र संक्रमित हुनेको संख्या अमेरिकामा बितेका दुई दिनमा दोब्बर वृद्धि भएको छ । शुक्रबार रातिसम्म अमेरिकामा कोरोना भाइरसका कारण २ सय ६४ ले जनाको मृत्यु भएको छ । थुप्रै प्रहरी अधिकृत, दुई जना सभासद, एक जना मेयर र केही संख्यामा हलिउडका कलाकार र खेलाडी समेत १९ हजार ६ सय ४८ जना कोरोनाबाट संक्रमित भएका छन् । अरु सयौँ मानिसहरुमा परिक्षण र अनुसन्धान जारी छ । 


अमेरिकामा सवै भन्दा पहिला धेरै जनामा फैलिएको वासिङ्टन स्टेटमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८३ पुगेको छ । दोस्रो बढि प्रभावित न्यूयोर्कमा ४६ जनाले ज्यान गुमाएका छन् । क्यालिफोर्नियामा २५, लुजियानामा १४, जर्जियामा १४, फ्लोरिडामा ११, न्युजर्सीमा ११ , टेक्ससमा ५, साउथ क्यारोलिना ५, इलेनोइज ५ ,कोलोराडो ४, कनेक्टिकट ४, मिजौरी ४, ओहायो ४, इन्डियाना ३, विस्कन्सिनमा ३, ओरेगनमा ३, मेरिल्याण्ड ३, भर्जिनिया २, केन्टकी २, मिचिगन ३, नेभाडा २, भेरमोन्ट २, कन्सास १ पेन्सलभेनिया १, र साउथ डेकोटामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । 


यो समाचार तयार पार्दासम्म न्यूयोर्कमा ४६ जनाले ज्यान गुमाएका छन् भने अरु २० जनाको अवस्था गम्भिर रहेको छ । न्यूयोर्कमा ८ हजार ४ सय जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भइसकेको छ । अमेरिकामा पछिल्लो समयसवै भन्दा बढि कोरोनाको संक्रमण न्यूयोर्क राज्यमा देखिएको छ । 


अमेरिकाको पश्चिम उत्तरमा रहेको वासिङ्टन स्टेटमा ८३ जनाले ज्यान गुमाइसकेका छन् भने अरु १५ सय २४ जनामा कोरोनाको संक्रमण देखिएको छ । 


अमेरिकामा सबै भन्दा बढि जनसंख्या भएको क्यालिफोर्नियामा कोरोना भाइरसका कारण २५ जनाको ज्यान गएको पुष्टि भएको छ । थप १६ जना अस्पतालको आइसीयूमा जीवन मरणको दोसाधमा छन् । शुक्रबार साझसम्म क्यालिफोर्नियामा १२ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मृत्यु र  संक्रमित हुने संख्या क्यालिफोर्नियाको  सानफ्रानसिस्को बे एरियामा सबै भन्दा बढि रहेको छ । उत्तर क्यालिफोर्नियामा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।  विज्ञान, प्रविधि र अनुसन्धानको विश्व कै केन्द्र मानिने सिलिकन भ्यालिलाई यो भाइरसले थिलथिलो बनाउदै लगेको छ । सूचना प्रविधि विकासको केन्द्र विन्दुको रुपमा विश्व समुदायमा परिचित सान्ताक्लारा काउन्टीमा कोरोना भाइरसले ८ जनाको जीवन लिला समाप्त गरिसकेको छ । साथै सान्ताक्लारा काउन्टीमा मात्रै अरु २ सय १ जनालाई संक्रमण भइसकेको जनस्वास्थ्य विभाग सान्ताक्लाराले जनाएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result