दूरबिन संवाददाता ।
मार्च ३१, अमेरिका । कोरोना संक्रमितको संख्या अमेरिकामा दैनिक ३३ प्रतिशतले वृद्धि भइरहेको चिकित्सक र जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । सोमबार साँझ उत्तर क्यालिफोर्नियामा रहेका नेपाली चिकित्सक र स्वास्थ्य विज्ञहरू सम्मिलित भिडियो र अडियो कन्फरेन्समा कोरोना भाइरसले उत्पन्न गरेको स्वास्थ्य जोखिम, संक्रमण दर, रोकथामका लागि भएका प्रयास र उपचारको विद्यमान अवस्थामा माथि पेचिलो बहस भयो ।

नर्थ वे मेडिकल सेन्टरका मेडिसिन विभाग प्रमुख डाक्टर पुस्कर राज पाण्डेले पहिलो पटक अमेरिकामा कोरोना संक्रमितको पहिचान र उपचारका क्रममा सामना गरेका चुनौतिको चर्चा गरे । डा पाण्डेले भने “बिरामीको उपचारका लागि गरिएका प्रयासबाट नतिजा राम्रो नदेखिए पछि बिरामीको लक्षण र अवस्था कोरोना संक्रमितको जस्तो रहेको भन्दै जाँचका लागि अनुमति माग्दा पनि सिडिसीले शुरुमा जाँच गर्ने अनुमति दिएन । प्रतिदिन बिग्रदै गयो । हामीले पुन कोरोना जाँचको माग गर्यौ । बल्लतल्ल जाँच भयो । कोरोना पत्ता लाग्यो ।”

डाक्टर पाण्डेले भने “कुनै पनि औषधिले बिरामीको स्वास्थ्यमा सुधार आएन । अन्तत इबोलामा प्रयोग हुने औषधि प्रयोग गर्यौ । त्यसपछि बिरामीको स्वास्थ्यमा सुधार आयो ।” डाक्टर पाण्डे जस्तै कोरोना विरुद्धको औषधि उपचारको अभियानमा जुटेका अमेरिका अरु चिकित्सक र स्वास्थ्य संस्थाले पनि केही बिरामीमा एन्टि भाइरल र एन्टिबायोटिकहरु प्रयोग गरि कतिपयको उपचारमा सफलता समेत हात पारेका छन् । कोरोना विरुद्ध काम गर्ने औषधि अहिले बनिनसेका कारण अरु रोगको उपचारका लागि पहिले बनेका औषधिलाई नै परीक्षणको रुपमा प्रयोग गर्नु पर्ने अहिलेको वाध्यता छ ।

काइजर परमानेन्ट कै नर्स प्राक्टिसनर शैलेन्द्र आचार्यले यो भाइरस निक्कै संक्रामक भएको चर्चा गर्दौ कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्य संस्थामा नर्स डाक्टर र स्वास्थ्यकर्मीलाई सुरक्षाका लागि चाहिने माक्स लगायतका न्यूनतम सुबिधाको पनि कमी हुनु चिन्ताजनक भएको बताए । मानव स्वास्थ्यका लागि निक्कै खतराना देखिएको यो भाइरसबाट जोगिन घरबाट बाहिर नजाने र जानै परेमा संक्रमित हुनबाट जोगिन सावधानी अपनाउन सुझाव दिए ।
एक पटक हाच्छौँ गर्दा वा खोक्दा एक लाख भन्दा बढि ड्रपलेट (साना छिटा ) हरु बाहिर आउने र त्यसैबाट अरुमा फैलदै जानेहुँदा विज्ञहरुले सकभर घरमै बस्न र बाहिर निस्कनै पर्ने अवस्थामा सुरक्षा बिधि अपनाउन सल्लाह दिए ।
कार्यक्रम बे एरियाका सामाजिक संघ संस्था र अभियान्ताहरुले पहिलो चरणमा बे एरियामा बसोबास गर्ने नेपाली मुलका चिकित्सक, नर्स र स्वास्थ बिज्ञलाई सहभागि गराइ भिडियो कन्फरेन्स गराएका हुन् । बैठक सन्चालक प्रतिक पाण्डेले कन्फेन्सको उद्देश्य र लक्ष प्रष्ट पार्दै भने “यो कसैलाई नेता बनाउन र देखासेखिको लागि गरिएको होइन । महामारीले आहत भएको नेपाली समुदायमा रहेका जिज्ञासा र अपनाउनै पर्ने सतर्कताका लागि सचेत गराउन गरिएको स्वास्थ्य चेतना मुलक अभियान हो ।”







प्रतिक्रिया लेख्नुहोस्:-