दूरबिन संवाददाता ।
अमेरिका अप्रिल १। क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले बुधवार आफ्नो नियमित प्रेस ब्रिफिङमा कोरोनाभाइरस महामारीको बीचमा सार्वजनिक विद्यालयहरू यस शैक्षिक वर्षलाई खोल्न नसकिने प्रष्ट पारेका छन् । न्यूसमले भने, “ यो स्पष्ट छ कि हामी आफ्ना बच्चाहरूलाई महामारी नरोकिएसम्म फेरि विद्यालय पठाउन लागि तयार हुनु पनि हुँदैन र त्यसका लागि राज्य जोखिम उठाउन तयार पनि छैन ।”
बुधबार दिउँसो समाचार ब्रीफिंगमा क्यालिफोर्निया राज्यका भौतिक संरचना सुपरिटेन्डेन्ट टोनी थर्मोन्डले गभर्नर न्यूसमको भनाइलाई समर्थन गर्दै यस्तो अवस्थामा राज्यले सार्वजनिक स्थानमा अपनाउनु पर्ने सुरक्षाका लागि कुनै कसर बाकी नराख्ने प्रष्ट गरे ।
न्यूसम र थरमन्डले दुवैले विद्यालय बन्द मात्र गर्ने बताएनन् शैक्षिक सत्रलाई निरन्तरता दिने उपाय र भइरहेका प्रयासहरूलाई खुलस्त गरे । उनीहरूले भने “सबै स्कुलहरू अनलाइन कक्षाको साथ जारी रहनेछन् । सबै विद्यार्थीहरूलाई अनलाइन शिक्षामा पहुँच पुर्याउनै पर्छ ।”
न्यूसमले अनलाइन तयारी शिक्षाको बारेमा यो पनि घोषणा गरे की राज्यसँग कम्तिमा १० लाख विद्यार्थी बीचमा वाइफाइको सहज पहुँच पुर्याइने छ । यसका लागि हट स्पटहरू स्थापना गर्न क्यालिफोर्निया राज्यले गुगलसँग सम्झौता गरेको छ । साथै गुगलले विद्यार्थीहरूलाई हजारौं गुगल क्रोमबुक निशुल्क दिनेछ । त्यतिमात्र होइन गुगलले वाइफाइ कम्तिमा तीन महिनाको लागि निशुल्क उपलब्ध गराउने छ ।
“ कतिपय अवस्थामा खराब समयले सही कुराहरूको निर्धारण पनि गर्छ अव हाम्रा बच्चाहरूको लागि यो सुनिश्चित गर्नु छ कि अहिले हामी आफ्नो नयाँ पुस्ताका लागि स्कुल प्रणाली स्थापना गर्न तयारी गर्दैछौँ । जहाँ हामी कक्षाको समय बढाउँदै आएका छौँ अव आएर यसलाई घर भित्रै उनिहरुलाई शिक्षा दिने समय बढाउँदै लाने छौं । दूरशिक्षा र अन्य प्राविधिक संयन्त्रहरूको माध्यमबाट बच्चाहरू प्रतिको हाम्रो दायित्व पूरा गर्नै पर्छ । यो निश्चित छ कि हामी हाम्रा बच्चाहरूलाई प्रविधिजन्य विविध माध्यमबाट शिक्षा दिँदैछौँ । तर यो प्रयासबाट विद्यालय भित्रै गर्नु पर्ने सुधार र परिमार्जन भने हुने छैन ।’ न्यूसमले भने ।
न्यून आए भएका परिवारहरू स्कुले बच्चाहरूका लागि दिइने प्रभातकालीन खाजा, दिवा भोजका लागि स्कुलमा निर्भर छन् । क्यालिफोर्नियाले सङ्घीय गभर्नरबाट विद्यार्थीहरूको लागि प्राप्त खाना वितरणमा केही अप्ठ्यारो भएकोमा न्यूसमले माफी पनि मागे । यो प्रि स्कुल देखि उच्च माध्यामिक विद्यालयसम्म सम्बन्धित छ ।
एजेन्सीहरुको सहयोगमा







प्रतिक्रिया लेख्नुहोस्:-