Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अलबिदा बबी ब्वाई रिषि कपुर

बैशाख १८, २०७७ ४:२८ मा प्रकाशित
अलबिदा बबी ब्वाई रिषि कपुर
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, अमेरिका
भारतीय चलचित्र नगरी बलिउडका बबी ब्वाई अर्थात रिषि कपुरको असामयिक निधन भएको छ । बुधबार मुम्बइको अस्पतालमा अकस्मात निधन भएका कपुर पहिलेदेखि क्यान्सरका बिरामी थिए । तर उनी क्यान्सरबाट मुक्त भएको बताइएको थियो । कोरोना भाइरसको नाकाबन्दीका बेला लक डाउनमा रहेको मुम्बइ नगरी रोमाण्टिक सुपरस्टार रिषिको मृत्युमा भावविह्वल बनेको छ । भारतीय चलत्रित्रमा मेगा स्टार अमिताभ बच्चनले रिषिको मृत्युमा ट्वीट गर्दै रिषिको मृत्युले आफु विछिप्त बनेको बताएका छन । क्यान्सरका विरामी रिषिको केही समयअघि अमेरिकाको न्युयोर्कमा उपचार भएको थियो । कपुर खानदानका चिराग मानिने रिषि कपुर राज कपुरपछि उनको परिवारमा सबैभन्दा सफल मानिन्छन ।

 


डिम्पल कपाडियासंग बबी चलचित्रमा नायकको रुपमा उदाउनु भन्दा पनि पाहिले चलचित्र मेरा नाम जोकरमा बाल कलाकारको रुपमा काम गरेका रिषीले अन्य विभिन्न चलचित्रमा काम गरेका थिए । नायकको रुपमा रिषि कपुर चलचित्र बबीबाट उदाएका हुन । उनले अनगिन्ती सुपरहिट चलचित्र दिएका छन । पुराना देखि नयाँ नायक नायिकासंग अभिनय गरेका रिषि कपुरले सन ९० दशकमा पनि आफ्नो रोमान्टिक छविलाई कायम राख्दै धेरै लोकप्रीय चलचित्र दिएका छन ।

 


सन २००० भन्दा पहिले रिषि चलचित्रमा मुख्य चरित्रको रुपमा देखिए भने सन २००० पछिको समयमा रिषिको भुमिका सहायक चरित्रको रुपमा देखियो । पहिलो सुपरहीट चलत्रित्र बबीदेखि लगातार बलिउडमा उदाएका रिषिले आफ्नो छविलाई एक रोमान्टीक नायकको रुपमा स्थापित गरे । चलचित्र राफो चक्कर, अमर अकबर एन्थोनी, खेल खेलमे, जहरीला इन्सान, कर्ज, हम किसिसे कम नही, सरगम, कुली, प्रेम रोग, चांदनी, दामिनी, बोल राधा बोल, दिवाना लगायतका चर्चित चलचित्रका नायक कपुर फरक फरक अभिनय गर्न सिपालु कलाकारका रुपमा माहिर मानिन्थे ।

सन १९५२ मा मुम्बइमा जन्मेका रिषि कपुरले सन १९८० मा बलिउड नायिका नितु सिंहसंग विवाह गरेका थिए । उनका छोरा रणबीर कपुर र छोरी रिद्धिमा कपुर छन । रणवीर कपुर बलिउडका स्थापित नायक हुन । एकदिन अघिमात्र बलिउडका लोकप्रीय कलाकार इरफान खानको पनि क्यान्सरका कारण निधन भएको थियो ।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result