अमेरिका । कोरोना संक्रमणका कारण विश्वमा सबै भन्दा बढी प्रभावित देश अमेरिकाको न्युयोर्कमा बस्दै आएका गायक प्रेम सेन्चुरीले ‘परदेशले मलाई ‘रुवायो’ बोलको गीत ल्याएका छन् ।
प्रवासमा रहेका आम नेपाीहरुको कथा बोलेको गीतमा स्वर, शब्द र संगीत प्रेम सेन्चुरीकै रहको छ । ‘भुलेको छुइना जन्मभूमी आमा ,केहि दिनलाई मात्र टाडा भएको हुँ, बोल्दैनन मान्छे प्रेदेशमा पल पल रुदै मर्दै बाँचेका छन् ।’ गीतले जीवन बोल्दै गरेको छ ।
परदेशमा कर्म गर्दा देश, गाँउ-घर, परिवार इष्टमित्र सम्झदा र आफु एक्लो हुदाँको छटपटीलाई उनले गीतमा समेटेका छन् । गीतका एरेन्जर बिमल बुढाथोकि रहेका छन् ।
विरानो ठाउँमा सुख खोज्दा खोज्दै आधा उमेर बितिसकेपनि सुख नभेटिएको र जन्मभूमिको यादले हरपल सताईरहेको हुनाले आफ्नै देश फर्कने बाचा गीतमा गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-