काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले इलाम–२ को उपनिर्वाचनमा कांग्रेसको उम्मेदवारलाइृ जिताउन आग्रह गरेका छन् । नेता कोइरालाले आज उपनिर्वाचन प्रचारका लागि इलाममा यस्तो बताएका हुन् । ।
‘कांग्रेस कमजोर भयो भन्ने छ कुरा बाहिर आइरहेको, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरू चिन्तित छन् । सबैको मनोबल बढाउनु पर्ने छ । हाम्रा लागि यो उप निर्वाचन प्रतिष्ठाको विषय भएको छ,’ कोइराला भने ।
कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाब बिर्सेर एक भई निर्वाचनमा जुट्न इलाम पार्टीका सबै तहलाई निर्देशन पनि दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-