Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘एनआरएनए नेकपाको भातृ संगठन जस्तो भयो,प्रवासी नेपालीका समस्यामा आवाज उठाउनै सकेन’

जेष्ठ ११, २०७७ ७:५९ मा प्रकाशित
‘एनआरएनए नेकपाको भातृ संगठन जस्तो भयो,प्रवासी नेपालीका समस्यामा आवाज उठाउनै सकेन’
Share on FacebookShare on Twitter

अमेरिका । गैरआवासीय नेपाली संघ एनआरएनए सत्तारुढ पार्टीको भातृ संगठन जस्तो भएको सरोकारवालाहरुले आरोप लगाएका छन् । नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीको आयोजनामा भएको ‘जुम’ बैठकमा यस्तो आरोप लगाइएको हो । एनआरएनए आइसीसी केन्द्रीय सदस्य प्रमोद सिटौला सह-आयोजक रहेको बैठकमा सहभागिले एनआरएनएको अहिलेको नेतृत्व सरकारसँग डराएको आरोप समेत लगाए ।

 

‘सायद उहाँहरुको आ-आफ्नो व्यापारिक स्वार्थ होला, प्रवास रहेका नेपालीका बारेमा दह्रो सँग सरकार समक्ष कुरा राख्नै सक्नु भएन्, पार्टीको भातृ संगठन जस्तो देखियो, एनआरएनए आइसीसीमा प्रजातान्त्रिक समुहबाट हामीले जिताएर पठाएका तपाइहरुले पनि कुरा राख्न सक्नु भएन्’ बैठकको संयोजन गरेका बिष्णु सुवेदीले एजेण्डा प्रवेस गराएका थिए ।

 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, पूर्वमन्त्री एवं सांसद राजन केसी, सन्जय गौतम, नेताहरु कमला पन्त, मधु आचार्य सहितको उपस्थितिमा भएको बैठकमा एनआरएनए आइसीसीका सचिव गौरी जोशि, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, सदस्यहरु चिन्तामणी सापकोटा, प्रमोद सिटौला, सल्लाहाकार हरिबोल भण्डारी लगायतको उपस्थिति थियो ।

 

बैठकमा आइसीसी सदस्य चिन्तामणि सापकोटाले भारतले सिमा मिचेको विषयमा विभिन्न देशमा रहेका भारतीय दूतावासमा बुझाउन प्रेसित गरिएको ज्ञापन पत्रमा जनताको पक्षमा एनआरएनए छ भन्नु पर्नेमा सरकारको पक्षमा छ भन्ने गरिएको त्यस्तै राहत वितरणमा पनि दलगत व्यवहार गरिएको आरोप लगाएका । सापकोटाले भने,’राहात वितरण गर्दा आवश्यकता भन्दा पनि आफु निकट आइसीसीलाई प्राथमिकता  दिइएको छ ।’

 

बैठकमा एनआरएनए आइसीसीका पूर्व उपाध्यक्ष तथा पछिल्लो अधिवेशनमा अध्यक्ष पदमा पराजित कुल आचार्यले एनआरएनएका पदाधिकारीले आफुले पनि काम नगरेको र अरुलाई पनि गर्न नदिएको आरोप लगाए । ‘एनआरएनहरुले १७ वर्ष देखि मातृभूमिलाई सहयोग गर्दै आएका छन्, तर अहिले आफै अप्ठेरोमा परेको समयमा सरकार पन्छिन खोजेको छ, यस्तो अवस्थामा नेतृत्व बोल्न डराएको छ’ आचार्यले आक्रोस पोखे ।

 

मध्यपूर्वमा रहेका नेपालीको समस्या बुझेर समाधान पहिलाउनका लागि आफुले राखेको बैठक आइसीसी अध्यक्ष र महासचिवले आधिकारिताको कारण देखाउदै भाडिदिएको पनि आचार्यले गुनासो गरे ।’मैले कुनै अर्को गुट बनाउन खोजेको होइन, मिडिलिष्टमा खान नपाएका, सुत्केरी, अलपत्र परेका कारण डिप्रेसनमा जान जान लागेका नेपालीहरुको पक्षमा बोल्ने की त्यसबारेमा कुरा उठाउन खोज्नेलाई रोक्ने ?

 

आचार्यले आइसीसीमा रहेका पदाधिकारीले समस्या पहिचान गर्न नसकेको आरोप लगाए । ‘गौरी जी, महेश जी, गलत कुरालाई  गलत हो भन्नुस, अहिलेको समस्या स्मार्ट एप्प भन्दा मध्यपूर्वमा रहेका नेपालीको ठूलो हो ।’ बैठकमा आइसीसीका सदस्य चिन्तामणि सापकोटा, मध्यपूर्वका क्षेत्रमा रहेका अम्वर जोशि, भवानी प्रसाद तिमिल्सिना,राजेन्द्र विरहीले आ-आफ्नो क्षेत्रमा रहेका नेपालीहरुको अवस्थाबारे अवगत गराएका थिए ।

 

 एनआरएनए मध्यपूर्वक्षेत्रका सह-संयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली)ले आफ्नो क्षेत्रमा रहेका नेपालीको अवस्था दहनीय रहेको  बताए । “हाम्रो क्षेत्रमा गर्भवती महिलाहरुलाई ठूलो समस्या परेको छ, विभिन्न कारणले निधन भएकाहरुका लासहरु व्यवस्थापनमा समस्या छ ।’ गोर्खालीले कुवेतमा आम माफि पाएका नेपाली पुन जेल जानु पर्ने अवस्था आउन लागेको बताए ।

 

बैठकमा एनआरएनए आइसीसीका सचिव गौरी जोशिले काम गर्ने क्रममा सबै पक्षलाई समेट्न केही कमजोरी भए सुधार गर्दै जाने प्रतिद्धता व्यक्त गरे । यस्तै कोषाध्यक्ष महेश श्रेष्ठले एनआरएनए बारेमा आफ्नै साथीहरुमा भ्रम रहेको गुनासो गरे ।’हाम्रै साथीहरुमा पनि भ्रम छ, एनआरएए सरकारी निकाय हो भन्ने तर सरकारको राम्रो कामको समर्थन गर्नु पर्छ, नराम्रो कामको विरोध गर्छु पर्छ भन्ने मान्यता छ । ‘

 

उनले एनआरएनएमा दलगत निर्णय न भएको भन्दै कुल आचार्यलाई बैठक गर्न नदिएको बारेमा आफुलाई संस्थागत रुपमा थाहा नभएको बताए । ‘कुलजीको बैठक बारे मलाई थाहा थिएन, दुख लागेको छ, त्यसो गर्न नहुने हो ।’

 

 

यस्तै आइसीसी सल्लाहाकार हरिबोल भण्डारीले साथिभाईलाई छलफल नै गर्न नदिनु दुखको कुरा भएको बताए । ‘ यो दुखद कुरा हो, यस्तो गरिएमा भविश्यमा एनआरएनए प्रति नै वितृष्णा बढ्ने छ, आगामी बैठकमा कुरा उठ्ने नै छ भन्ने मलाई विश्वास छ, गौरी जी महेश जीलाई आगामी बैठकमा कुरा उठाउन हुन आग्रह गर्दछु ।’

 

 

आइसीसी सदस्य सिटौलाले आफुहरुले सामुहिक रुपमा अबको बैठकमा नेतृत्वका कमिकमजोरीका बारेमा कुरा उठाउने बताए ।

तलको लिङ्क पनि हेर्नु होला 

 

‘विदेशमा रहेका नेपालीको रेमिट्यान्सले देश चलेको छ तर उनको दुख सरकारले बुझेन’ : काँग्रेस नेता

 

 

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result