Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

 चल्यो जुहारी: त्रिपाठीले मागे आइसीसीसँग सहयोग 

जेष्ठ १६, २०७७ ५:२४ मा प्रकाशित
 चल्यो जुहारी: त्रिपाठीले मागे आइसीसीसँग सहयोग 
Share on FacebookShare on Twitter

दूरबिन नेपाल 


अमेरिका । एनआरएनए अमेरिकाले आईसीसीलाई महामारीको सहयोग लागि १० हजार डलर पठाएको २४ घण्टा नबित्तै एनआरएनए अमेरिका क्षेत्रलाई नै सहयोग चाहिएको भन्दै क्षेत्रीय संयोजक राजन त्रिपाठीले आईसीसीलाई पत्र पठाएका छन् ।  मे २८ तारिख बिहीबार अर्थात आज साँझ अध्यक्ष कुमार पन्तलाई सम्बोधन गर्दै पठाएको पत्रमा अमेरिका क्षेत्र धेरै प्रभावित भएको र आईसीसीबाट प्राप्त हुने राहतले प्रभावित परिवार, विद्यार्थी लगायतलाई सहयोग पुर्याउन सकिने उल्लेख छ ।

  एनसीसीले आफूलाई सहयोग नचाहिएर पठाई रहेको अवस्थामा तपाईंले किन सहयोग माग्नु भयो भनी दूरबिन नेपालले सोधेको प्रश्नमा क्षेत्रीय संयोजक राजन त्रिपाठीले भने “एनसीसीले आईसीसीलाई पैसा पठाउनु आवश्यक नै छैन । मेरो नेटवर्कबाट प्राप्त सुचना अनुसार अमेरिकामा नै थप सहयोग आवश्यक छ । अमेरिकाबाट उठेको सहयोग यही प्रयोग गर्नु पर्छ । अमेरिकालाई थप आवश्यक छ । त्रासदी कायम छ । संक्रमित परिवार अनडकुमेन्टेड विद्यार्थीलाई रिसोर्सको कमी नै छ । त्यही आधारमा आईसीसीसँग माग गरेको हो ।” 


कोरोना भाइरसको महामारीले सबै भन्दा बढि नेपालीहरू आहत भएको देश अमेरिकाको एनआरएनएले आईसीसीलाई १० हजार डलर सहयोग गरेको तर आईसीसीबाट बिपद्मा समेत सहयोग नआएको समाचार दूरबिन नेपालले हिजो प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएको केही क्षणमा नै दूरबिन नेपालसँग कुरा गर्दै क्षेत्रीय संयोजक त्रिपाठीले आईसीसीबाट सहयोग ल्याउन आफूले प्रयास गरिरहेको बताएका थिए । महामारीको सामना गरिरहेको अमेरिकाको एनसीसीले आईसीसीलाई पैसा पठाउने निर्णय प्रति त्रिपाठीले असन्तुष्टि प्रकट गरेका थिए । एनसीसीबाट गएको १० हजार सहित अमेरिकाबाट आईसीसीमा ५२ हजार डलर जम्मा भएको सार्वजनिक भएको देखिन्छ । त्यस मध्ये कति खातामा जम्मा भयो र कति बाकी छ भन्ने आइसीसीले प्रष्ट गरेको छैन । 


यस अघि २५ हाजर डलरको सहयोग क्षेत्रीय संयोजक पन्तले माग गरेका भएपनि आईसीसीले पठाएको थिएन । तर आज त्रिपाठीले आईसीसीलाई पठाएको पत्रमा कति सहयोग चाहिएको हो भन्ने उल्लेख गरेका छैनन् । संयोजक राजन त्रिपाठीका अनुसार आईसीसीले जुन देशमा उठेको पैसा हो त्यही देशमा खर्च गर्ने सहयोग नियमावली बनाइसकेका कारण रकम उल्लेख नगरिएको हो । 


महाबिपदमा रकम जुटाउदै प्रभावित र आवश्यक पर्ने ब्यक्तिलाई सहयोग पु¥याएको साथै विश्वका अरु देशमा सहयोग गर्न आईसीसीलाई सजिलोहोस भनेर १० हाजार डलर पठाएको एनआरएनए अमेरिकाले जनाएको छ । तपाईंले माग गरेको सहयोग आएमा आईसीसीबाट सिधै वा एनसीसीसँग मिलेर काम गर्नुहुन्छ भनि सोधिएको प्रश्नमा क्षेत्रीय संयोजक त्रिपाठीले भने “आईसीसीबाट रकम आइसकेपछि संस्थागत ढंगले काम गर्ने हो । मिलेर नै काम गर्ने हो । आवश्यकताको आधारमा सहयोग प्रदान गर्ने हो ।” 


क्षेत्रीय संयोजक राजन त्रिपाठीले आइसीसीलाई पठाएको पत्र 

 

प्रोफाइल तस्विर: राजन त्रिपाठीको फेसबुकबाट

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result