Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाबाट नेपाल जाने उडान तालिकामा केहि परिवर्तन

असार ४, २०७७ ९:४६ मा प्रकाशित
अमेरिकाबाट नेपाल जाने उडान तालिकामा केहि परिवर्तन
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

नेपाल जाने उडान तालिकामा केही परिवर्तन भएको अमेरिकास्थित नेपाली दुतावासले जनाएको छ । बुधबार सूचना जारी गदै दुतावासले पहिले तोकिएको समय तालिकामा केही परिवर्तन गरिएको जनाएको छ । नयाँ तालिका अनुसार न्युयोर्कको जोन अफ केनेडी(जेएफके) एअरपोर्टबाट टर्किस एअरलाइन्सले जुन २३ को २२ः३०को समयमा उडान भर्नेछ । त्यसैगरी जुन २४ मा सिकागोको ओआरडी अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एअरलाइन्सले १८ः५० मा उडान भर्नेछ । यसअघि सिकागोबाट टर्किस एअरवेजको उडान जुन २५ मा उडान भर्ने तालिका आएको थियो । सो तालिका परिवर्तन भइ अघिल्लो दिन अर्थात जुन २४मा सरेको दुतावासले जनाएको छ । त्यसैगरि वसिङ्टन डिसीको डुलेस इन्टरनेशनल एअरपोर्ट (आइएडी) बाट कतार एअरवेजले जुन २४ को १० बजेको समयमा उडान भर्ने जनाइएको छ । यसअघि यो समय अघिल्लो दिन अर्थात जुन २३ तारिख बताइएको थियो । त्यसैगरि जुन २५ मा टेक्ससस्थित डालासको डालास फोर्थ वोर्थ इन्टरनेशनल विमानस्थलबाट कतार एअरवेजले १८ः१० को समयमा उडान भर्ने नर्याँ सूचनामा जनाइएको छ । टेक्ससको डिएफडब्लु विमानस्थालको उडान तालिकामा भने परिवर्तन भएको छैन । टिकट बुकिङका लागि सम्बन्धित यात्रुले एअरलाईन्सले तोकेका एजेन्टहरुसंग सम्पर्क गर्न भनिएको छ । सम्पर्क व्यक्तिहरुको नाम, फोन नम्बर र इमेल सूचनामा उल्लेख गरिएको छ । नेपाल जान चाहने र अत्यावस्यक कामको लागि नेपाल जान पाउ भन्दै दुतावासमा अनलाइन मार्फत फारम भर्नेहरुले तत्कालै सम्बन्धित एअरलाइन्सका ऐजेन्टहरुसंग सम्पर्क गरि टिकट बुकिङ गर्न सूचनामा अनुरोध गरिएको छ । दूतावासले नेपाल जान पाउँ भनी अनलाइन फारम भरेकाहरुको सूची एअरलाइन्सलाई पठाइसकिएकोपनि दुतावासले जनाएको छ । टिकट बुकिङकाबेला यदि कसैको नाम नभएको भन्ने समस्या आएमा दुतावासमा सम्पर्क गर्नपनि भनिएको छ । एअरलाइन्सका लागि सम्पर्क व्यक्तिहरुको नाम फोन नम्बर र इमेल सूचनामा उल्लेख गरिएको छ । यसअघिको सूचनामा कतार एअरलाइन्सका लागि सम्पर्क व्यक्तिको विवरण पछि उपलव्ध गराइने जनाइएको थियो ।

वसिङटन डिसीस्थित नेपाली दुतावासले जारी गरेको सूचना अनुसार यात्राका लागि नेपाली राहदानी वा नेपाल सरकारले जारी गरेको ट्राभल डकुमेन्ट अर्थात यात्रा अनुमतिपत्र हुनुपनर्नेछ । त्यसैगरी यात्रुको पीसीआर र आरडीटी टेष्ट नेगेटिभ भएको हुनुपर्नेछ वा स्वास्थ्यकर्मीले प्रमाणित गरेको कोभिड १९ नभएको प्रमाणपत्र हुनुपर्नेछ । नेपाल पुगिसकेपछि नेपाल सरकारले तोकेको क्वारेन्टाइनमा बस्नुुपर्नेछ । हवाइ भाडा कतार एअरवेजको १६ सय अमेरिकी डलर र टर्किस एअरवेजको १५ सय ३७ तोकिएको छ । भाडा दर निकै महंगो भएको गुनासो पनि आइरहेको छ । विभिन्न कामकालागि अमेरिका आएका तर कोरोनाको प्रभावका कारण अमेरिकामै रोकिएकाहरु र अत्यावस्यक कामका लागि नेपाल जानुपर्नेहरुले अनलाइन मार्फत दुतावासमा फारम भरेका थिए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result