Friday, August 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाको साधारण सभामा आइसीसीको चिन्ता र चासो    

असार २०, २०७७ ६:३८ मा प्रकाशित
एनआरएनए अमेरिकाको साधारण सभामा आइसीसीको चिन्ता र चासो    
Share on FacebookShare on Twitter


दूरबिन संबाददाता ।


अमेरिका ।शुक्रबार साँझ वेभनरबाट एनआरएनए अमेरिकाको साधारण सभा शुरु भएको छ । उद्घाटन  समारोहमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद आइसीसीका पदाधिकारीहरूले एनआरएनए अमेरिकाका कतिपय पक्षमा चासो र चिन्ता समेत जाहेर गरेका छन् ।


एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले एनसीसीका सदस्यहरूको विवरण केन्द्रको नियन्त्रण र निगरानीमा राखेर निर्वाचन गराउने चाहनालाई मुखरित  गरे । पन्तले भने  “स्मार्ट एनआरएनएमा सवै आइसीसीहरुलाई आवद्ध गराएर जाने हामीले निर्णय गरिसकेका छौ । अधिवेशन अगाडि नै सबै सदस्यको बिबरण उपलब्ध गराउने प्रकृयामा कुनै विधि विधान सुधार गर्नु परे अहिले नै गर्नुस् । त्यसलाई फलो नगर्ने एनसीसीका डेगिगेटसलाई सहभागि गराउन सकिदैन ।”    


अध्यक्ष पन्तले ज्ञान सम्मेलनको सोच र प्रस्ताव अघिल्लो कार्य समितिमा  आफैले टेबल गरेको र अमेरिकाबाटै  त्यसले सही दिसा पाएको बताए ।  ज्ञान सीप र प्रविधिलाई नेपालमा लान एनअरएनए अमेरिकाले आयोजना गरेका ज्ञान सम्मेलनले आफूलाई उत्साहित बनाएको उल्लेख गरे ।  कोभिड १९ बाट प्रभावित प्रवासी नेपालीलाई देश भित्र लान आइसीसीले गरेका कामको चर्चा गरे । पन्तका अनुसार एनआरएनए कै पहलमा १२ हजार भन्दा बढि नेपाली नेपाल फर्किसकेका छन् । कोरोना भाइरसका कारण विभिन्न देशमा ज्यान गुमाएका एक सय भन्दा बढि नेपाली शव समेत नेपाल फर्काइएको जानकारी गराए ।

त्यस्तै उपाध्यक्ष बद्री के सीले एनआरएनएलाई सदस्यको शुल्कबाट चल्ने अवस्थाबाट बाहिर निकाल्न भएका प्रयासको चर्चा गरे । केसीका अनुसार आइसीसीले आईएलओबाट ४ लाख डलर ग्रान्ट पाएको छ । यो रकम रोजगारका लागि बाहिर गएकालाई उद्धार र सहयोगमा प्रयोग गरिने छ ।  आफूभन्दा अघिल्ला वक्ता डाक्टर केशव पौडेल आइसीसीका काम र योजना समस्यामा परेका भन्दै सही योजना बनाएर कार्यन्वयन गर्न दिएको सुझावमा उपाध्यक्ष केसीले सहमति जनाए । के सीले भने  “डाक्टर पौडेलले उठाउनु भएको कुरामा सहमत छु । लाप्राक र शंखमुल पार्क बनाउदा लक्ष भन्दा बढि खर्च भयो । त्यही कारण आगामी दिनमा योजना र लागत मूल्य सही ढंगले बनाउने काम हुँदै छ ।  केसीले एनआरएनए अमेरिकालाई बारम्वार मुद्धा झेल्ने अवस्थाको अन्तका लागि पहल गर्न सुझाव पनि दिए ।” 

यथार्थ चित्रण गर्दै गर्भिलो मन्तव्य दिएका महासचिव हेमराज शर्माले एनआरएनएमा  बाहिर बस्ने करिब २ प्रतिशत नेपालीले मात्र आवद्ध भएको तथ्य अगाडि सारे । उनले सदस्य संख्या थपिदै जानु पर्नेमा कम हुनुका पछाडिका विविध पक्षको समालोचना गरेका थिए । चुनाव केन्द्रित सदस्यता, प्रवासमा रहेका राजनीति संघ संगठनको दवदवा, गुट, फुट,एनआरएनएको कार्यसैली र विधिबिधान भित्रका जडि कुरालाई उनले खुलस्त गरेका थिए ।  ‘गाजेर राख्ने भन्दा पनि कसरी सुधार गर्ने तर्फ छलफल गरौं । स्मार्ट एनआरएनए र आफ्नै जगमा उभिन सक्ने दरिलो एनआरएन बनाउन पहल गरौं’ भन्ने महासचिव शर्माको आग्रह थियो । 


पूर्व उपाध्यक्ष कुल आचार्यले आपसी मतमतान्तर भन्दा माथि उठेर नेपाल र नेपालीको हितमा एनआरएनएलाई जोडेर अगाडि जान ठोस काम गर्नु पर्ने बताए । आचार्यले नेपालमा एक एनआरएन एक रोजगारको कार्यक्रम गर्न सकेमा नेपालको गरिबि निवारण र बेरोजगारी समस्या हल गर्न सहयोग पुग्ने भन्दै त्यसमा छलफल गर्न प्रस्ताव समेत गरेका छन् । 


एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहले कोभिड १९को महामारीले निम्त्याएको बिषम परिस्थितिमा संस्थाले गरिरहेका कामको फेहरिस्त प्रस्तुत गरेका थिए । साहले संस्थालाई गतिशिल बनाउन अप्ठयारो समयमा पनि साधारण सभा र ज्ञान सम्मेलन गर्न लागिएको उल्लेख गरे । साहले गैर नाफामुलक सामाजिक संस्थामा चुनाव हार्ने र संस्थालाई ल सुट गर्न जानेलाई काधमा राखेर संस्थालाई कमजोर बनाउन नसकिने बताए ।  

साधारण सभाका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले अमेरिकामा आर्जन गरेको पुजी, अनुभव ज्ञान र सिपलाई गैर आवासीय नेपालीहरुले नेपालको हितमा जोड्न सकेमा आधुनिकताको मार्गमा नेपाललाई हिडाउन सहयोग पुग्ने विस्वास ब्यक्त गरे । कोभिड १९का कारण विश्वभर विद्यमान संरचना र प्रणालीमा सुधार गरेर जानु पर्ने चुनौति थपिएको  छ ।  नेपाललाई महामारीले निम्त्याएको आर्थिक संकटबाट बाहिर निकाल्न गैर आवासीय नेपालीलाई नेपालको विकाससँग जोडिन मन्त्री ज्ञावलीले आग्रह समेत गरे । 


समारोहमा विशेष अतिथिको रुपमा बोल्दै कांग्रेस नेता डाक्टर शेखर कोइरालाले शिक्षा, स्वास्थ्य ब्यापार ब्यबसाय, विज्ञान र प्रविधिमा हासिल गरेको ज्ञान भइरकेका अनुसन्धान, र अनुभवलाई जोड्न सकेमा प्रवासमा रहेका नेपालीबाट नेपालको बिकासलाई टेवा पुग्ने बताए । अतिथि बक्ताको रुपमा मन्तब्य राख्दै पूर्व मन्त्री प्रकाश शरण महतले गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने कानुनी प्रक्रियालाई सरकारले प्राथमिकतामा नराखेका कारण लम्बिदै गएको बताए । 


अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्की अमेरिकामा वस्ने नेपाली समुदायमा हार्दिकता, आपसी सद्भाव र सहकार्य कम भएको दुखेसो पोखे । एक अर्काको आलोचना र टिकाटिपणीमा धेरै समय खर्चिएर नकारात्मक भाव विकास गरेको उनको गुनासो थियो । राजदुत कार्कीले लाईभ वेभनरको आफ्नो ब्याकग्राउन्ड फ्रेममा अमेरिकाको मात्र झण्डा देखिने गरी राखेर नेपाली झण्डा लुकाएको भन्दै सामाजिक सन्जालमा कतिपयले राजदुत कार्कीको आलोचना गरेका छन् । 

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result