Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बाईडेनद्धारा उपराष्ट्रपतिकाे घाेषणा

साउन २८, २०७७ १२:०० मा प्रकाशित
Share on FacebookShare on Twitter

 

क्यालिफाेर्निया, अपेक्षा गरिएभन्दा केहि ढिलाे तर अनुमान गरे अनुसार नै डेमाेक्र्याटिक पार्टीका राष्ट्रपतिय उम्मेद्वार जाेसेफ बाईडेनले क्यालिफाेर्नियाकी सिनेटर कमला ह्यारिसलाई आफ्नाे उपराष्ट्रपति चयन गरेका छन्। आगामी नाेभेम्बर महिनामा हुन गईरहेकाे अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डेमाेक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति पदमा चयन हुने सिनेटर ह्यारिस पहिलाे अश्वेत र आप्रवासी मुलका सन्तान हुन। आज बाईडेनले आफ्ना उम्मेदवारहरुलाई सम्बाेधन गर्दै उक्तघाेषणा गरेका हुन्। ५५ बर्षिय सेनेटर ह्यारिस यस अघि क्यालिफाेर्निया राज्यकाे महान्यायाधिवक्ता थिईन्। 

 

क्यालिफाेर्नियामा चर्चित सेनेटर ह्यारिसकाे चयनलाई लिएर राष्ट्रपतिय निर्वाचनमा डेमाेक्र्याटिक पार्टीकाे बिजयलाई सहज बनाउन सक्ने आँकलनहरु गरिएकाे छ। त्यसाे त उपराष्ट्रपति चयनमा वाईडेनलाई कुन उम्मेदवार चयन गर्ने भन्ने बिषयमा सकस उत्पन्न भएकाे थियाे। साे पदका लागी पुर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाकी श्रीमती मिसेल ओबामा, ओबामाकै पुर्व राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राईस,मिचिगनका गभर्नर ग्रेटचेन विटमेयर, ईलिनाेईसकी सेनेटर ट्यामी डकवर्थ, फ्लाेरिडाकी कंग्रेसउमन भेल डेमिङ्क्स लगायतका महिलाहरु थिए।सबै उम्मेदवारहरुलाई पछि पार्दै कमला ह्यारिस उपराष्ट्रपति पदकाे उम्मेदवार बन्न सफल भएकी छिन्।

५५ बर्षअघि क्यालिफाेर्नियाकाे ओकल्याण्डमा जन्मिएकी सेनेटर ह्यारिसका बाबु जमैकन र आमा भारतिय हुन। सेनेटर ह्यारिस र उनकी बहिनी माया जन्मेकाे केहि समयपछि उनकाे आमाबाबुकाे सम्बन्ध बिच्छेद भएकाे थियाे। उनकी आमा श्यामला गाेपालन क्यान्सर रिसर्च र सिभिल राईट मुभमेन्टमा पनि सक्रिय थिईन। २००३ मा स्यानफ्रान्सिस्काेकाे सरकारी वकिल भएर काम गरेकी कमलाले त्यस पछि क्यालिफाेर्निया राज्यकाे एटाेर्नी जनरल भएर काम गरेकी थिईन। सेनेटर बनेपछी उनलाई अमेरिकी राजनीतिमा भावी राष्ट्रपतिकाे रुपमा चर्चा गरिएकाे थियाे। उनले निर्वाचनका लागी  आवश्यक रकम जुटाउन नसकेपछी आफ्नाे अभियान समाप्त गरी जाेसेफ वाईडेनलाई सघाउने घाेषणा गरेकी थिईन ।

कमला ह्यारिसकाे चयन सगैँ राष्ट्रपतिय निर्वाचनमा डेमाेक्र्याटकाे उपस्थिति शसक्त हुने अनुमान समाचार एजेन्सीहरुले गर्न थालिएकाे छ। यसै बिच कमला ह्यारिसकाे चयनलाई लिएर राष्ट्रपति ट्रम्प डेमाेक्र्याट माथि थप आक्रामक बनेका छन्। उनले एक पत्रकार सम्मेलनमा वाईडेनलाई मानसिक रुपमा कमजाेर उम्मेदवार भएकाे र सेनेटर ह्यारिसलाई कमजाेर उम्मेदवारकाे रुपमा चित्रित गरेका छन्।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result