Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी ४६ औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित, ट्रम्पले परिणाम नमान्ने ?

कार्तिक २३, २०७७ ३:२६ मा प्रकाशित
अमेरिकी ४६ औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित, ट्रम्पले परिणाम नमान्ने ?
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, अमेरिका
अन्ततः पेन्सीलभेनीयामा जित दर्ता गरेपछि पूर्व उपराष्ट्रपति जोसेफ रोबिनेट बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति हुने निश्चित भएको छ । बाइडेनले राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गरेका हुन । यद्यपि अझै केही राज्यहरुमा मतगणना जारी छ । नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा शुरु देखिनै अग्रता लिएका बाइडेनले अन्ततः अमेरिकाको ऐतिहासिक राज्य पेन्सिलभेनीयामा जितेको घोषणा भएपछि ह्वाइट हाउसको ढोका खुलेको हो । अमेरिकी समाचार एजेन्सीहरुका अनुसार बाइडेनले राष्ट्रपतिमा चुनिन आवस्यक इलेक्ट्रोल मत प्राप्त गरिसकेका छन । अमेरिकाको कानुन अनुसार राष्ट्रपति चुनिन ५ सय ३८ मा २ सय ७० इलेक्ट्रोल मत प्राप्त गर्नुपर्ने हुन्छ । अर्को तर्फ बाइडेनका निकटतम प्रतिद्धन्दी तथा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले २ सय १४ इलेक्ट्रोल मत पाएका छन । पछिल्लो अवस्थामा ट्रम्प नर्थ क्यारोलाइना र अलास्कामा मात्र बाइडेन भन्दा अघि छन । जुन राष्ट्रपतिमा चुनिनको लागि प्रर्याप्त छैन । अर्कोतर्फ आवस्यक इलेक्ट्रोल मत पाएका पूर्व उपराष्ट्रपति बाइडेनले एरिजोना, जर्जियामा समेत अग्रता लिइरहेका छन । कतिपय समाचार एजेन्सीहरुले एरिजोनामा बाइडेनले जितिसकेको समाचार प्रशारण तथा प्रकाशन गरिसकेपनि आधिकारीक घोषणा भने भएको छैन । एरिजोना बाहेक बाइडेनले अहिलेसम्म दुई सय ७९ इलेक्ट्रोल मत प्राप्त गरेका छन । त्यसैगरि अहिलेसम्म बाइडेनले ५० दशमलव ६ शुन्य अर्थात, ७ करोड ५२ लाख ६९ हजार लोकप्रीय मत प्राप्त गरिसकेका छन । जुन अहिलेसम्मकै किर्तीमान रहेको बताइएको छ । त्यसैगरि डोनल्ड ट्रम्पले ४७ दशमलव ७३ प्रतिशत अर्थात सात करोड नौ लाख ९२ हजार लोकप्रीय मत प्राप्त गरेका छन । बाइडेनले कतिपय रेड स्टेट अर्थात रिपव्लीकनहरुको बाहुल्यता रहेका राज्यहरुमा समेत शानदार जित हात पारेका छन । अब आगामी बर्षको जनवरी २९ मा ७७ बर्षीय बाइेडन ह्वाइट हाउसमा छिर्नेछन ।

 


कमला ह्यारीस इतिहास रच्दै पहिलो महिला उपराष्ट्रपति

जो बाइडेन र कमला ह्यारीस राष्ट्रपति र उपराष्ट्रपतिमा चुनिएपछि अमेरिकाले पहिलो महिला उपराष्ट्रपति पाएको छ । अमेरिकी इतिहासमा महिलाले मतदानको अधिकार पाएको एक सय बर्षपछि पहिलो पटक महिला उपराष्ट्रपति पाएको हो । अमेरिकी इतिहासमा कमला ह्यारीस महिला उपराष्ट्रपति त भइन नै पहिलो दक्षिण एसियाली तथा अफ्रिकी मुलकी महिला समेत हुन । प्रखर वक्ताको रुपमा ख्याती कमाएकी ५६ बर्षीया ह्यारीस क्यालीफोर्नियाबाट सिनेटर हुन । सन २०२० को डेमोक्रयाटीक पार्टीको आन्तरिक निर्वाचनदेखी नै आफ्नो प्रभाव पार्न सफल ह्यारीसले अमेरिकी राजनीतिको शसक्त पात्रको रुपम हेरिएको छ ।

 


मत परिणाम ट्रम्पले नस्वीकार्ने ?

जो बाइडेनसंग पराजित भएपछि राष्ट्रपति डोनल्ड ट्रम्पले सहजै पराजय नस्वीकार्ने संकेत गरेका छन । मतगणनाप्रति गुनासो गर्दैआएका ट्रम्ले पेन्सिलभेनियामा पराजित भएपछि ट्वीट गर्दै बाइडेनले निर्वाचनमा छल गरेको र त्यसको लागि अदालत जाने चेतावनी दिएका छन । ट्रम्पले बाइडेनलाई यति सजिलै जित्न नदिने भन्दै निर्वाचन परिणामलाई नै चुनौती दिएका हुन । एकातिर बाइडेनका समर्थक सडकमा खुशी मनाइरहेका छन भने ट्रम्पका समर्थकहरु निर्वाचन परिणाम नमान्ने भन्दै विरोध गरिरहेका छन । यसलेपनि ट्रम्पले सहजै सत्ता हस्तान्तरण नगर्ने संकेत देखिन्छ । तर रिपव्लिकन पार्टीकै कैयन नेताहरुले निर्वाचन परिणाम स्वीकार्नुपर्ने बताइसकेका छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result