Friday, August 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

टेक्सासमा बुद्धि सुवेदीलाई बढि भोट खस्ने अवस्था छ: सुमन थापा

बैशाख २४, २०७८ १:४८ मा प्रकाशित
Share on FacebookShare on Twitter

अमेरिका । नजिकबाट चिन्नेहरुले स्लिपिङ टाइगर अर्थात सुतिरहेको बाघको उपमा दिने गर्छन् सुमन थापालाई । धेरै नेपाली रहेको टेक्सासमा आफ्नो मात्र दवदवा छ भनेर देखाउन खोज्ने कतिपयलाई सुमनले उनीहरुको आकारको अनुभुति गराई दिएका थिए सन २०१७ मा । त्यो क्षण नेपाली सोसाइटी अफ टेक्ससको नेतृत्वमा सुमनको दरिलो आगमनको रुपमा चित्रित छ । एनएसटीमा नेतृत्व लिएपछि थोरै काम, धेरै हल्ला र आफ्नै बखानमा रमाउनेहरु भन्दा सुमन पृथक देखिए । कम बोल्ने, धेरै काम गर्ने तर आफ्नो बखान गर्दै नगर्ने । आफ्नो छुट्टै पहिचान बनाए सुमनले ।

अहिले एनआरएनए अमेरिकाको अध्यक्षको दौडमा रहेका कृष्ण लामिछानेले एनएसटीको कार्यकाल पुरा गरेपछि सुमन नेतृत्व संहाल्न पुगेका थिए । सुमन एनएसटीमा निर्विरोध चयन भए । कृष्ण लामिछानेले सुमन थापालाई नेतृत्व हस्तान्तरण गर्दा संस्थाको खाता रित्तो थियो । अर्थात संस्थाको खातामा कत्तिपनि रकम बाकी थिएन । आर्थिक हिसाबले एनएसटी टाट पल्टिएको कारण नेपाली कक्षा प्रभावित हुने खतरा थियो । संस्थाको दुराअवस्थालाई सुधार गर्ने र रसातलबाट संस्थालाई माथि उठाउने उनले अठोट गरे । सुमन भन्छन्  “नेपाली कक्षालाई निरन्तरता दिन श्रोत साधनकाको कमी थियो । संस्थाको खाता शुन्य थियो । तर पनि हामीले कुनै अभाव महसुस हुन दिएनौ । मैले नेतृत्व छोड्दै गर्दा संस्थाको खातामा ७० हजार डलर रकम थियो ।”

सुमनलाई एनएसटीको दोस्रो कार्यकाल सम्हाल्न सबैले आग्रह गरे । तर उनले मानेन् ।  भन्छन्  “जिम्मेवारी लिए पछि त्यसलाई पुरा गरेर छोड्नु पर्छ । अवसर पाए भन्दैमा अनुकुलमा जिम्मेवारी लिने अर्को मौका पाएपछि छोडेर हिड्ने मेरो स्वभाव छैन ।”

कुनैपनि ठाउँमा प्रवेश गर्दा राम्रो अध्ययन र पुरा तयारी गरेर मात्र सुमन प्रवेश गर्छन् । यस पटक एनआरएनए अमेरिकाको चुनावमा सुमनको प्रवेश हुँदैछ भन्ने धेरैले अनुमान गरेका थिए । किनकी एनआरएनए अमेरिकाले बुद्धि सुबेदीको नेतृत्वमा गठन गरेको सदस्यता बितरण समितिमा सहसंयोजक भएर काम गरे । एनआरएनए अमेरिकाका पदाधिकारी र सदस्यहरु भन्दा बढि सक्रिय भएर सुमनले अभियानलाई तिब्रता दिएका थिए । सुमन यसलाई स्विकार गर्दै भन्छन्  “हो मैले साथीभाइहरुलाई पनि यस अभियानमा जोडिन सदस्य बनौं भने ।”  एनआरएनए अमेरिकामा सवै भन्दा बढि सदस्य भएको राज्य टेक्सस हो । जहाँ ४१ सय भन्दा बढि सदस्य रहेका छन् ।

१९ मार्च २०२१ मा सुमन थापाले आफ्नो फेसबुक वालबाट उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरे । त्यस बेला एनआरएनए अमेरिकाको नेतृत्व लिन टेक्ससबाट डाक्टर अर्जुन बन्जाडे र कृष्ण लामिछानेले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका थिए । गृह राज्य टेक्सासका दूई अध्यक्ष मध्ये एकजनासँग मिलेर सुमन थापा अगाडि बढ्छन् भन्ने धेरैको अनुमान थियो । डाक्टर अर्जुन बन्जाडेसँग सहकार्य भयो भन्ने बजार हल्लाहरु पनि चलेका थिए । तर धेरैको सोचाइ बिपरित विसकनसिन राज्यबाट अगाडि बढिरहेका अध्यक्षका बलिया दावेदार बुद्धि सुवेदीसँग सुमनले सहकार्य गरे । यो सहकार्यले टेक्सस भित्रको एनआरएनए अमेरिकाको राजनीति र शक्तिसन्तुलनमा उतारचढाव ल्याउने धेरैको अनुमान छ ।

     गत मे १ तारिख सुमन थापाको ब्यवस्थापनमा डल्लास टेक्सासमा भएको कार्यक्रमले धेरैको ध्यान तान्यो । एनआरएनए अमेरिकामा जारी चुनावी अभियानमा सबै भन्दा धेरै ब्यक्तिको प्रत्यक्ष उपस्थितिमा भएको कार्यक्रम थियो त्यो । टेक्सासमा रहेको नेपाली संघ संस्थाका प्रभावशाली थुप्रै ब्यक्तिहरु कार्यक्रममा सहभागि भएर बुद्धि सुबेदी नेतृत्वको समुहलाई शुभकामना दिए ।

सुमन थापाका सहपाठीहरु त्यो कार्यक्रमलाई निर्वाचनको टेलरको रुपमा बुझ्न आग्रह गर्छन् । सुमन पनि साथीहरुको भनाइमा सहमत छन् । भन्छन  “चुनावमा होमिए पछि गृहराज्य त बलियो हुनै पर्छ । अरु ठाउँमा राम्रो भएपनि बुद्धिजीका लागि टेक्सस अलि गाह्रो थियो । हाम्रो तयारी र मे १ तारिखको कार्यक्रम पछि बुद्धिजीको पक्षमा लहर आएको छ । अहिले उहाँ र उहाँसँग सहकार्य गरिरहेका साथीहरुले टेक्सासबाट सबै भन्दा बढि भोट पाउने अवस्था बनेको छ ।”

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result