Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्यु योर्कमा आदिवासी जनजाति विषयका  ७ वटा चलचित्र प्रदर्शन गरिने

भदौ ५, २०७८ ८:०१ मा प्रकाशित
न्यु योर्कमा आदिवासी जनजाति विषयका  ७ वटा चलचित्र प्रदर्शन गरिने
Share on FacebookShare on Twitter

 

न्यु योर्क । तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड २०२१ मा आदिवासी जनजातिका विषयमा बनाइएका ७ वटा चलचित्र प्रदर्शन गरिने भएको छ । २७ औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ (फिप्ना) अमेरिकाले आयोजना गरेको महोत्सवमा सात वटा चलचित्र प्रदर्शन गरिने महासङ्घका महासचिव नरेन्द्र थापाले जानकारी दिए । महोत्सव यही अगष्ट २१ र २२ तारिखका दिन न्यु योर्कको ज्याक्सन हाइटमा अवस्थित गुल्सन ट्यारेशमा आयोजना हुँदै छ ।

कसैलाई पछाडि नछाडौँ : आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आव्हान Living No one behind Indigenous Peoples and the call for a New Social contract Living No one behind Indigenous Peoples and the call for a New Social contract नारासहित विश्वभरि विभिन्न कार्यक्रम गरी विश्व आदिवासी जनजाति दिवस मनाइरहेका छन् । विभिन्न जनजाति समुदायको मातृभाषामा निर्माण गरिएका १५ वटा चलचित्र मध्येबाट छनौटमा परेका ७ वटा चलचित्र प्रदर्शन गर्न लागिएको महोत्सव संयोजक तथा महासङ्घका महासचिव थापाले बताए ।

महोत्सवमा गुरुङ जातिको मि न्होर्वै ट, तामाङ जातिको प्रङ्ना, मगर जातिको ट्याङचालक, लिम्बु जातिको के, राई जातिको सायाबुङ, नेवार जाति जा मनःगुभाजु, ह्योल्मो जातिको मेतोक प्रदर्शन गरिने भएको छ । फिप्नाका अध्यक्ष लोक चेम्जोङले नेपालका आदिवासी चलचित्र मार्फत जनजातिको भाषा, भेषभुषा, संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्य रहेको बताए । अध्यक्ष चेम्जोङले महोत्सवमा चलचित्र सहभागिता गराउने सम्पूर्ण चलचित्रकर्मीहरूलाई धन्यवाद व्यक्त गर्दै अन्तिम छनौटमा परेका चलचित्रहरूलाई बधाई सहित शुभकामना व्यक्त गरेका छन् ।

चलचित्र महोत्सवले आदिवासी जनजाति चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउ पुर्‍याउने आयोजकको अपेक्षा छ । नेपाल आदिवासी चलचित्र महोत्सव निफको यो तेस्रो संस्करण हो । शनिवार र आइतबार दुई दिनसम्म चल्ने महोत्सवमा विभिन्न १० वटा विधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । छनौटमा परेका ७ चलचित्र नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ नेपालले सङ्कलन गरी पठाइएको हो । चलचित्र छनौट समितिले उक्त सात चलचित्र छनौट गरेको हो । चलचित्र छनौटको लागि सम्बन्धित भाषाको जातीय संस्थाहरुलाई जिम्मेवारी दिइएको थियो । चलचित्र छनौटको लागि सम्बन्धित भाषाको जातीय संस्थाहरूलाई जिम्मेवारी दिइएको थियो । महोत्सवमा लोकप्रिय गायकहरू जगदीश समाल मंगोलियन हार्टका राजु लामाले गीत प्रस्तुत गर्दैछन् । कार्यक्रम मिस नेपाल सदिक्षा श्रेष्ठले सञ्चालन गर्दैछन्  ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result