Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकालाई अव नजरअन्दाज गर्न सकिदैन:  आचार्य 

अशोज १६, २०७८ ५:०५ मा प्रकाशित
एनआरएनए अमेरिकालाई अव नजरअन्दाज गर्न सकिदैन:  आचार्य 
Share on FacebookShare on Twitter

 

अमेरिका ।   गैर आवासीय नेपाली सङ्घको १० औँ महाधिवेशनमा अध्यक्षको बलियो प्रत्याशी रहेका कुल आचार्यले एनआरएनमा अमेरिकाको शक्तिलाई अव नजरअन्दाज गर्न नसकिने बताएका छन् । उनले अमेरिका क्षेत्रलाई लामो समयसम्म उपेक्षा गरेर भूमिका विहीन बनाइएको विगतलाई कोट्याउँदै आफ्नो कार्यकालमा आइसीसी भित्रको प्रभाव र शक्ति सन्तुलन फेरबदल हुने सङ्केत गरे । स्थापना काल देखि अहिलेसम्म आइसीसी रसियन मूलका व्यापारीहरूको सदिच्छा, छत्रछाया र प्रभावबाट चलिरहेको छ । जसका कारण अमेरिका बेलायत, अस्ट्रेलिया लगायतका प्रभावशाली एनसीसीलाई कमजोर बनाउन आइसीसीले सबै हर्कत गरेको छ ।

आइसीसीको वर्तमान सचिवालय र नेतृत्व गैर आवासीय नेपाली सङ्घ अमेरिकालाई डेलिगेटस चयन लगायतमा कृत्रिम समस्या सिर्जना गरेर दुख दिइरहेको साथै अरू देशमा गरिरहेका हस्तक्षेप लगायतका सन्दर्भमा आचार्यको यस्तो भनाई आएको हो । अमेरिका क्षेत्रका धेरै गैर आवासीय नेपालीहरू  यस पटक आचार्य नेतृत्वको समूहलाई साथ दिन  सक्रिय भएर लागेका छन् । जसले आचार्यको चुनावी माहौल बढाएको छ । आफ्नो डवली कार्यक्रममा आचार्यले अमेरिकामा बस्ने नेपालीहरूलाई आश्वस्त बनाउँदै आफ्नो कार्यकालबाट अमेरिका क्षेत्र अबको आइसीसीमा कसैले चलाउन र कमजोर गराउन नसक्ने गरी दर्बिलो रूपमा प्रस्तुत हुने बताए ।

आचार्यले एनआरएनए अमेरिकाको भूमिकाको प्रशंसा पनि गरेका छन् । उनले भने  “बाहिरबाट हेर्दा कतिपयलाई अमेरिकामा कति धेरै विवाद र समस्या बढिरहेको भनेको जस्तो लाग्छ । यसका पछाडि आइसीसीमा रहेका केही व्यक्तिको खराब भूमिका छ । यथार्थमा एनआरएनए अमेरिकाले संस्थागत विकासको छोटो अवधिमा धेरै काम गरेको छ । विधिवत ढङ्गले संस्थागत विकाशको चरणमा प्रवेश गरेको अमेरिका नै अहिले विश्व भरका एनसीसीहरुका लागि रोल मोडल बनेको छ ।  २०१३ मा कलिलो अवस्थामा रहेको अमेरिकाले सुरु गरेको अनलाइन भोटिङ अहिले आइसीसी र अरू एनसीसीहरुले सिकिरहेका छन् ।”

सन् २०१३ मा ३०० को हाराहारी सदस्य रहेको एनसीसी अमेरिकाले एकै पटक केही महिनामा नै ३,००० सदस्य पुर्‍यायो । त्यस पछिको कार्यकालका लागि हुने अधिवेशनको पूर्व सन्ध्यामा सन् २०१५ मा १० हजार भन्दा धेरै पञ्जीकृत सदस्य पुर्‍याएर २ वर्षमा नै विश्वको सबैभन्दा धेरै पञ्जीकृत सदस्य भएको एनसीसी बन्न पुग्यो अमेरिका । आइसीसीको  हस्तक्षेप र उल्झनका बिच अहिले एनसीसी अमेरिकाको सदस्य सङ्ख्या २० हजार  पुगेको छ । यो सङ्ख्या गैर आवासीय नेपाली सङ्घको करिब १ लाख पञ्जीकृत सदस्यमा करिब २०% प्रतिशत हुन आउँछ । विश्वभरबाट संस्थामा आबद्ध भएका कुल सदस्य सङ्ख्याको अमेरिका एक्लैले २० प्रतिशत ओगट्छ । छिमेकी देश क्यानडाले करिब ५ प्रतिशत हिस्सा लिन्छ । क्यानडा र अमेरिका अर्थात् उत्तर अमेरिका क्षेत्रले मात्रै २५ प्रतिशत पञ्जीकृत सदस्यको हिस्सा ओगटेको छ । गैर आवासीय नेपाली नागरिकताको विषयलाई नेपालको संविधानमा लेखाउन पनि अमेरिका क्षेत्रको ठुलो योगदान रहेको छ ।

आइसीसीले अगाडि बढाएका अधिकांश योजनामा एनआरएनए अमेरिकाको सबै भन्दा ठुलो भूमिका खेलेको छ । लाप्राक नमुना बस्ती निर्माणमा अमेरिकाले करिब ३ करोड भन्दा धेरै आर्थिक सहयोग गरेको छ । गैर आवासीय नेपाली सङ्घको भवन निर्माणमा सक्रिय तत्कालीन अध्यक्ष शेष घले अमेरिकामा नै आएर त्यो अभियानको सुरुवात गरेका थिए । भवन निर्माणमा सबै भन्दा बढी आर्थिक सहयोग गर्ने एनसीसी अमेरिका नै हो ।  एनआरएनएको काठमाडौँमा भवन निर्माणका लागि अमेरिकाको ५ करोड रुपैयाँ भन्दा बढी सहयोग गरेको छ । शंखमुल पार्क निर्माणमा सक्रिय कृष्ण केसी भन्छन्   “एक समय म आफूले नै संयोजन गरेको थिएँ त्यसमा पनि अमेरिकाको सपोर्ट छ । सङ्घको हरेक ठुला प्रोजेक्टमा होस् या साना प्रोजेक्ट अमेरिकाको सपोर्ट र सहभागिता जहिले पनि ठुलो छ ।”

तर  दुर्भाग्य नै भन्नु पर्छ रोगको महामारी वा ठुला समस्यामा अमेरिका पर्दा आइसीसी भने एनआरएनए अमेरिका प्रति कहिले पनि सहयोगी भूमिकामा देखिएको छैन ।  विधि, विधान र प्रक्रियागत रूपमा काम गरिरहेको एनआरएनए अमेरिकामा कलह बढाउन र कृत्रिम समस्या सिर्जना गरेर दुख दिन आइसीसी सचिवालय र नेतृत्व नियोजित ढङ्गले पत्राचार गर्दै आएको छ । एनसीसी अमेरिकाका पूर्व उपाध्यक्ष वी आर लामा भन्छन्  “एनआरएनए अमेरिका विरुद्ध मुद्दा मामला गर्नेहरूलाई आइसीसीले सहयोग गरिरहेको छ । आइसीसीको वर्तमान नेतृत्व र सचिवालयले सुरुमा एमआइएस सिस्टमको बहाना  गर्दै एनआरएनए अमेरिकामा सदस्यता वितरण गर्न रोक्न प्रयास गर्‍यो ।  त्यसपछि पूर्ण रूपमा तयार नभएको एमआइएस सिस्टम र परराष्ट्र मन्त्रालयबाट स्वीकृत नभएको विधानको हबला दिर्दै एनआरएनए अमेरिकाको चुनाव रोक्ने प्रयास गर्‍यो । अझ लाजमर्दो कुरा त निर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गर्न समेत नदिन आइसीसीका कतिपय पदाधिकारीहरू खुलेर नै लागिपरे ।”

आफूलाई सहयोग गर्ने व्यक्ति र समूह निर्वाचित भएमा सबै कुरा ठिक नत्र अनेक बहाना एनसीसीहरुलाई दुख दिन विधानको अपव्याख्या गर्न पनि वर्तमान नेतृत्व र सचिवालयले कुनै कसर बाकी राखेको छैन । आइसीसीको हस्तक्षेप र अचाक्ली सहन गर्न नसकेर परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता गर्न पुगेका तीन जना मध्येका एक वेद खरेल भन्छन्   “एनसीसीको निर्वाचित वर्तमान कार्यसमितिलाई बाहिर राखेर ६५ प्रतिनिधि चयन गर्ने काम  नाम मात्रको चुनाव गरेर संस्था कब्जा गर्ने नियोजित खेल हो । एमआइएस सिस्टमको दुरुपयोग गरेर केही एनसीसीको निर्वाचनमा फर्जी मत खसाएर संस्था कब्जा गरेको प्रमाणित हुँदा पनि त्यही सिस्टम ठिक्छ भन्नुले नै उनीहरूको जसरी पनि कब्जा गर्ने नियत प्रस्ट हुन्छ ।”
आइसीसीको षडयन्त्र र चालबाजीको मार खेपिरहेको एनसीसी अमेरिका र यस क्षेत्रका एनआरएन अभियन्ताहरूले उठान गर्दै आएका मुद्दा र लिएको अडानको अध्यक्षका प्रत्याशी आचार्यले नजिकबाट हेरेका छन् । सार्वजनिक कार्यक्रममा नै आचार्यले भने  “जे गर्छ अमेरिकाले गर्छ । यसमा मलाइ गौरव लाग्छ । तपाईँहरूको संस्था अगाडी बढाउने गति, लगन र अनि एनआरएनहरूका मुद्दाप्रति निर्दिष्ट भएको देख्दा म अत्यन्तै प्रभावित भएको छु । यो पटक मैले पनि अमेरिकाको निर्वाचन र प्रतिनिधि चयन विधि नजिकबाट हेरेको छु । यो भन्दा प्रजातान्त्रिक चुनाव अन्त कतै पनि भएको छैन । यसलाई आइसीसीको वर्तमान नेतृत्व र सचिवालयले अंकुश लगाउन गरेका सबै चिठी–पत्र र इमेल सार्वजनिक गर्ने हो भने अन्तर्राष्ट्रिय परिषदको वर्तमान नेतृत्वले पद छाडेर भाग्नुपर्ने हुन्छ । म राष्ट्रिय समन्वय परिषदलाइ नियन्त्रण होइन देशको कानुन र परिस्थिति अनुसार सहजीकरण गर्दै सशक्त बनाउनुपर्छ भनेर आएको छु ।”

संस्थालाई रिमोर्टबाट सञ्चालित गर्ने कतिपयको चाहानाका कारण आइसीसीलाई आफ्नो छत्रछायामा राख्न नेतृत्व र कार्यसमिति आफ्नो अनुकूलको ल्याउन एनसीसीहरु माथि कुनै पनि बेला  निरङ्कुशता लाद्ने काम हुन सक्छ भन्ने अनुमान पूर्व अध्यक्ष शेष घलेले धेरै पहिला नै गरेका थिए । सार्वजनिक कार्यक्रम नै तत्कालीन अध्यक्ष शेष घलेले गैर आवासीय नेपाली संघलाई स्वतन्त्र भएर काम गर्न नदिने व्यक्ति र सङ्गठित शक्ति सक्रिय रहेको र त्यसलाई चिर्न गाह्रो भइरहेको दुखेसो पोखेका थिए । त्यही समयमा घलेले अमेरिकामा आयोजित एक कार्यक्रममा भनेका थिए  “जबसम्म एनआरएनए अमेरिका आइसीसीमा शक्तिशाली भएर आउँदैन तबसम्म आइसीसी पूर्ण रूपमा सबै गैर आवासीय नेपालीहरूको साझा संस्था बन्न सक्दैन ।”  तत्कालीन अध्यक्ष शेष घलेको भनाइले आइसीसी कहीँ कतैबाट प्रभावित र सञ्चालित भइरहेको सङ्केत गर्छ ।

कसैको इसारामा चल्ने डमी उम्मेदवारबाट अमेरिका क्षेत्र आइसीसीमा बलियो हुन सक्दैन । त्यसैले गैर आवासीय नेपाली संघलाई सबैको बनाउन र माथि उठाउन  चाहनेहरूले नै अहिले अमेरिकाका पूर्व अध्यक्ष डा केशव पौडेललाई सचिवालयको नेतृत्व गर्ने महासचिव पदमा र  कुल आचार्यलाई संस्थाको नेतृत्वमा पुर्‍याउन चाहेको एकथरिको बुझाइ रहेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result