Monday, August 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

के लेखूँ सम्पत्ति विवरणमा ?

अशोज १६, २०७८ ९:२२ मा प्रकाशित
धर्मनिरपेक्षता
Share on FacebookShare on Twitter

शरतचन्द्र वस्ती 

कति बहादुरीसाथ आफ्नै पार्टीको सरकार ढालेर एकपल्ट मन्त्री भएको, कमाइधमाइ केही हुन नपाउँदै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने झ्याउलाले टाउको खाने भयो । प्रधानमन्त्रीले नै सार्वजनिक रूपमा करकर गर्न थालेपछि सुन्या नसुन्यै गरूँ— अर्को क्याबिनेटमा नपरिएला भन्ने डर, भने अनुसार गरूँ— विरोधीहरूले बदनाम गर्लान् भन्ने पीर । खुसुक्क प्रधानमन्त्रीलाई भनेर पनि नपुग्ने, सार्वजनिक गर्नुपर्ने रे ! भएको कुरो नदेखाऊँ भने ‘यो सम्पत्ति कसको त ?’ भनेर उफ्रलान् भन्ने त्रास, देखाऊँ भने पहिलोचोटि मन्त्री बन्दाको सम्पत्ति विवरणसँग दाँजेर बवाल मच्चाउलान् भन्ने आपत । यस्तो टेन्सन कसैलाई पनि नपरोस् बाबा !
जनस्तरबाट उठेर मन्त्री हुनु पनि समस्यै रहेछ । पहिले पहिले जीउ पाल्न जे पनि गरियो । ङिच्च गरेर जोसँग पनि हात थापियो, जसको पनि खाइयो, सकेकालाई झुक्याइयो, नसकेकासँग गिडगिडाइयो, जग्गा दलाली गरियो, सिनेमाको टिकट ब्ल्याक गरियो, सुराकी बनियो, एम्बेसीहरू धाइयो, के गरिएन प्रजातन्त्रका लागि ? त्यत्रो संघर्ष गरेर प्रजातन्त्र ल्याएपछि साथीभाइहरूलाई नाना तिगडमले उछिनेर बल्ल मन्त्री बनियो । त्यसबेला भुत्रो सम्पत्ति होस् र लामो विवरण दिनु ? तर, खुट्टामा पाउरोटी चप्पल र गोजीमा चिया खाने पैसा पनि नभएको क्रान्तिकारी व्यक्तित्व भर्खर क्याबिनेटमा खुट्टा टेक्ताको अवस्था र पटक पटक मन्त्री भइसकेको प्रभावशाली व्यक्तित्व फेरि मन्त्री हुँदाको अवस्थालाई दाँज्न मिल्छ ? त्यसरी दाँज्नु जस्तो अन्याय के हुन्छ ? के जनताको छोराले सम्पत्ति नजोड्नु भन्ने कहीं लेखेको छ ? कि हामी जोगी बन्न राजनीतिमा लागेका हौं ? कुनै धनी परिवारको, उच्च खानदानी भनाउँदो व्यक्ति मन्त्री हुँदा उसले कति कमायो भनेर कसैले वितण्डा खडा गर्छ ? किन जनताकै छोराले चाहिं गरिखाएको कसैलाई नपचेको ? यो प्रजातन्त्रविरोधी षड्यन्त्र बाहेक के हो ?
फेरि मेरो नाममा सम्पत्ति छ नै कति र देखाऊँ ? त्यही काठमाडौंमा चार ठाउँको घडेरी, दुइटा घर, एउटा व्यापारिक कम्प्लेक्स, मधेसतिर पन्ध्र–बीस बिघा खेत, एक करोड जतिको शेयर र दुई–चारवटा बैंकमा रहेको नगद त हो नि ! एउटा नाथे पजेरोको हिसाबै के भयो र, त्यो त सबैले लिएकै छन् । रह्यो विदेशी बैंकमा खोलिएको खाता, त्यसको कोड नम्बर मेरी स्वास्नीलाई त थाहा छैन भने अरूले सुइँको पाउन सक्ने कुरै भएन । घरमा केही नगद मौज्दात हुनैप¥यो, आजभोलि सूटकेस आदानप्रदान नगरी उच्च तहको राजनीतिमा टिक्नै सकिंदैन !
अलिकति सम्पत्ति मेरी स्वास्नीको नाममा पनि छ । तर कति छ, सत्ते सत्ते धरोधर्म मलाई पनि थाहा छैन । हुन त अहिले म बसेको घर स्वास्नीकै नाममा छ, एउटा मर्सिडिज पनि उसैले किनेकी छे, दुई–चारवटा घडेरी पनि छन् क्यार, खोइ कति कति लाखका हुन्— शेयर किनेको कुरा पनि गर्दै थिई, स्वास्नीमान्छे भएपछि अलिकति गरगहना पनि हुने नै भयो । अरू पनि अगडम बगडम केही जोरेकी होली, तर मजस्तो मर्दले एउटी स्वास्नीमान्छेको सम्पत्तिलाई आफ्नो भनेर हकदाबी जनाउन त सुहाउँदैन नि !
त्यसो त क्रान्तिकालमा मेरा लुगा धोएर र मलाई भात पकाइदिएर उसले प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पु¥याएकै हो, तर म नातावादलाई मान्ने मान्छे होइन । त्यसैले उसलाई कुनै पदमा नियुक्ति दिलाउन मैले कहिल्यै प्रयास गरिनँ । जुन जुन पदमा नियुक्ति पाई, तपाईंको मासु खाने, आफ्नै योग्यता र योगदानका कारण पाएकी हो । जे होस्, म नारी मुक्ति र महिला अधिकारको प्रबल समर्थक भएकाले उसको कमाइलाई आफ्नो नाममा देखाउने पक्षमा छैन । मलाई लाग्छ, मेरो यो मौलिक धारणाप्रति सम्पूर्ण नारीवादीहरूको प्रबल समर्थन रहनेछ ।
त्यसो त म मन्त्री हुन थालेपछि मेरा साला, जेठान, साली, जेठीसासू, ज्वाइँ, छोरी, भान्जा र भतिजाहरूको पनि जीवनस्तर बढेको छ, तर उनीहरूको सम्पत्ति भनेको उनीहरूकै हो, त्यसमा मलाई मुछ्नुको कुनै तुक छैन । मैले यदाकदा तिनलाई राजनीतिक नियुक्ति, ठेक्कापट्टा, कन्सल्ट्यान्सी आदि दिंदै आएको अवश्य हुँ, तर आफ्नो नाता प¥यो भन्दैमा कसैको योग्यता, क्षमता र लगनशीलतालाई बेवास्ता गर्न मिल्छ ? त्यो त सोह्रै आना अन्याय र अत्याचार भइगयो नि ! के मेरो नाता पर्नु उनीहरूको अपराध हो ? यो देशमा उनीहरू भन्दा योग्य, सक्षम र लगनशील अरू भइदिएका भए मैले उनीहरूलाई अवसर दिन किन बाध्य हुनुपर्थ्यो ? आफ्नो छवि उज्यालो बनाउन आफ्ना नातागोतामाथि अन्याय गर्ने र सधैं तिनको खुट्टा तान्ने स्वार्थी व्यक्ति त म होइन नि !
भन्नेले त म मन्त्री बनेपछि सालीको, सालाको, छोरीको र ज्वाइँको नाममा बनेका घरहरू पनि वास्तवमा मेरै हुन् भन्ने आरोप लगाएका छन् । तर यस्ता प्रमाण नपुग्ने आरोपहरूबाट डगमगाउने मानिस म होइन । म पदमा पुगेपछि मेरा मानिसहरूको सम्पत्ति बढ्नुहुँदैन भन्ने के छ ? त्यसमा मेरो संलग्नता रहेको कसैले प्रमाणित गरोस् न, त्यसपछि कुरा गरौंला । ममाथि यस्तो निराधार आरोप लगाउनेहरूलाई मेरा छोराछोरीको नाममा कुनै पनि जायजेथा नरहेको कुरा शायद थाहै छैन । म नातावादी भएको भए तिनको नाममा सम्पत्ति जोड्ने थिइनँ ? बिचराहरू आज नाबालक छन् त के भयो, भोलि वालिग हुन्छन्; त्यसबेला तिनलाई केही चाहिंदैन ? यसरी, आफ्नै सन्तानको नाममा सम्पत्ति जोड्न नचाहने मजस्तो व्यक्तिलाई नातावादको अनर्गल आरोप लगाउन सुहाउँछ ?
न्याय, नियम र परम्परा भन्दा बाहिर गएर एक पैसा पनि आफ्नो गोजीमा हाल्न नचाहने मेरो बानी छ । त्यसैले मन्त्रालय अन्तर्गत हुने ठेक्कापट्टा, चल्ने परियोजनाहरू र अन्य खरीद–बिक्रीहरूबाट प्रचलन अनुसार प्राप्त हुने भन्दा बढी कमिशन मैले प्रायः लिने गरेको छैन । आक्कलझुक्कलको कुरा बेग्लै हो । जे लिन्छु, त्यो पनि परम्परा नटुटोस् र ठेकेदारहरूले मप्रति गलत धारणा नबनाउन् भनेर मात्र लिन्छु । यसै खर्च भएर जाने, उसै खर्च भएर जाने सरकारी रकमबाट दुई–चार पैसा मेरो बैंक खातामा जम्मा हुँदा कसैले आपत्ति गर्नु नपर्ने हो । आखिर मैले कसैको केही खाइदिएको छैन क्यारे !
फेरि भन्नुहुन्छ भने, म त सिंगो मुलुकलाई नै आफ्नो ठान्ने राष्ट्रवादी मान्छे । यो व्यवस्था हामीले ल्याएको हो, यो संविधान हामीले ल्याएको हो र कानूनहरू हामीले बनाएका हुन् । त्यसैले ऐन–कानून आफ्नै खल्तीको जिनिस हो भन्ने मेरो धारणा छ, सोही अनुरूपको व्यवहार पनि । त्यत्रो दुःख गरेर प्रजातन्त्र ल्याएपछि ऐन–कानूनलाई आफ्नो सुविधा अनुसार परिचालन गर्न सकिएन र आफैंले बनाएको संविधानमुनि बस्नुप¥यो भने त्यो संघर्षको वास्तविक अर्थ नै के बाँकी रह्यो ? क्रान्तिकारी, त्यो पनि सत्तामा पुगेको, झन् त्यसमाथि मन्त्री नै भइसकेको व्यक्ति र क्रान्तिमा भाग नलिएको, सत्तामा कुनै पहुँच नभएको अदना मानिसको हैसियत कसरी समान हुन सक्छ ? मान्छेले जतिसुकै गलत अर्थ लगाउन्, तर सत्य के हो भने मलाई त मन्त्रीको कुर्सीमा बस्यो कि सिंगै मुलुक आफ्नै सम्पत्ति जस्तो लाग्छ । सम्पत्ति भएपछि त्यसको यथोचित भोगचलन गर्नैप¥यो र भ्याएसम्म गरिन्छ पनि । यसमा कसैलाई आपत्ति हुन्छ भने त्यो उसको समस्या हो, म के गर्न सक्छु र ?
अब तपाईं नै भन्नोस्, के लेखूँ म आफ्नो सम्पत्ति विवरणमा ?

 

 

 

शरतचन्द्र वस्तीको फेसबुक वालबाट

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result