Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

निष्पक्ष निर्वाचन हुन नसक्ने भन्दै एनआरएनएका प्रमुख निर्वाचन आयुक्तद्वारा राजीनामा

मंसिर २५, २०७८ १२:०० मा प्रकाशित
निष्पक्ष निर्वाचन हुन नसक्ने भन्दै एनआरएनएका प्रमुख निर्वाचन आयुक्तद्वारा राजीनामा
Share on FacebookShare on Twitter

 

काठमांडौ । जघन्य अपराध र अनियमिततालाई ढाकछोप गरेर एकपक्षीय रूपमा निर्वाचन गराउन अध्यक्ष कुमार पन्त र पूर्व अध्यक्ष जिबा लामिछानेले चर्को दबाब दिएपछि गैर आवासीय नेपाली सङ्घका प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलले राजीनामा दिएका छन् । निष्पक्ष भएर र सबैको सहभागितामा निर्वाचन गराउने परिवेश निर्माण भएमा मात्र आफूले निर्वाचन गराउने पन्त र लामिछानेलाई पौडेलले बताएको स्रोतको भनाइछ ।

प्रमुख निर्वाचन आयुक्त पौडेलले संस्थाको पद र जिम्मेवारीको दुरुपयोग गरी जापानको एनसीसी इलेक्सनमा गरिए जस्तै एमआइएस सिस्टमबाट आइसीसी डेलिगेटसको इमेल र विवरण फेरबदल गरेर अरूको नाममा आफैले भोट हालेर अर्को पक्षले भोट हाल्ने नसक्ने बनाएर आफै निर्वाचित हुने वा गराइने परिवेश छैन भन्ने तथ्यगत प्रमाण आफूलाई चाहिएको बताएका थिए । अध्यक्ष कुमार पन्तले त्यसमा ठोस जवाफ दिन सकेनन् ।
आइसीसीकै संलग्नतामा भएको छानबिनले जापानमा निर्वाचनको मुखमा १७ सय सदस्यको इमेल परिवर्तन गरेर नेपाल र भारतबाट मतदान गरिएको प्रमाणित गरेको थियो ।  त्यस्तो जघन्य अपराध प्रमाणित हुँदा पनि आइसीसीले जापानको निर्वाचन रद्द गरेको छैन । सदस्यको डाटामा एक्सेस भएका आइसीसीमा एमआइएस सिस्टम हेर्ने र सचिवालय हेर्नेलाई यो अपराधमा संलग्न छन् वा छैनन् भनी निलम्बन गरी अनुसन्धानका लागि प्रहरीमा बुझाउनु पर्ने एनआरएनए जापानका पूर्व पदाधिकारीहरूको माग छ ।
एनआरएनए चिलिमा पनि त्यस्तै गरी निर्वाचन प्रभावित गरिएको थियो । निर्वाचनमा सहभागी बहुमत सदस्यले लिखित रूपमा एमआइएस सिस्टमको दुरुपयोग गरी निर्वाचन परिणाम उल्टो बनाएको निवेदन दिए पनि आइसीसीले सुनुवाइ गरेन । बेलायतमा पनि निर्वाचन परिणाम उल्ट्याउन ४ दिन सम्म कसरत गरेका थिए । तर निर्वाचन गराउने भेण्डर  उनीहरूको प्रस्ताव र प्रलोभनमा नपरेपछि प्रयास असफल भएको थियो ।

आइसीसीको निर्वाचनको नाममा नेतृत्व त्यसरी नै हत्याउने प्रयासमा कुमार पन्त र जीवा लामिछाने कम्मर कसेर लागेको धेरैको बुझाइ छ ।  डेलिगेटस चयनमा विधानको अपव्याख्या  र एमआइएस सिस्टमको दुरुपयोगको विषयमा विश्वभरका एनसीसीहरुले आवाज उठाउँदा  र निवेदन दिँदा पनि यो विषयमा पूर्व अध्यक्ष जिबा लामिछाने र उपेन्द्र महतो एक शब्द बोलेका छैनन् ।  छानबिन गराएर निष्पक्ष निर्वाचन गराउन पत्राचार गर्ने सरकारको कदको विरुद्धमा भने वकिल लिएर मन्त्री मन्त्रालय र कर्मचारीलाई प्रभावित गर्न पूर्व अध्यक्ष लामिछाने र महतो दौडधुप गरे । सरकार विरुद्धको मुद्दामा सेटिङ मिलाउन पनि  जिबा र उपेन्द्र लागि परेको अर्को पक्षको भनाइ छ ।
कतिपय आइसीसीका पदाधिकारी र सदस्यहरूले नै अध्यक्ष पन्त र केही पूर्व अध्यक्षहरु एनआरएनका नाममा गरिरहेका धन्दा र व्यापारलाई प्रभावित होलाकी भनेर तल्लो स्तरमा झरेर  अपराधीलाई संरक्षण गर्दै संस्था कब्जा गर्न अग्रसर भएको सार्वजनिक रूपमा नै बताउन थालेका छन् ।
आइसीसीको विधान व्याख्या समितिमा बसेर आइसीसी डेलिगेटस चयनको विषयमा विधानको अपव्याख्या गरिरहेको आरोप खेपिरहेका भूषण घिमिरे निर्वाचन समितिका सदस्यसचिव छन् । निष्पक्ष निर्वाचनको माग गर्ने प्रमुख निर्वाचन आयुक्त पौडेललाई राजीनामा गर्न बाध्य परेर भूषण घिमिरेबाट एकपक्षीय निर्वाचन गराउन पन्त र लामिछाने लागि परेको कतिपयको आरोप छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result