Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिका विरुद्धको मुद्धा फिर्ता, अव आफ्नै कार्यालय भवन खरिद गर्ने  

माघ १७, २०७८ १२:३५ मा प्रकाशित
एनआरएनए अमेरिका विरुद्धको मुद्धा फिर्ता, अव आफ्नै कार्यालय भवन खरिद गर्ने  
Share on FacebookShare on Twitter

 

अमेरिका । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले लामो समय देखिको मुद्धालाई टेबलबाटै सहमति गरी संस्थालाई आर्थिक भारबाट जोगाएको जनाएको छ । फ्लोरिडा राज्यको ओर्लाण्डो सहरमा जनवरी २९ तारिक २०२२ मा आयोजित हाइब्रिड बैठकको खुला सत्रमा अध्यक्ष बुद्धि सागर सुवेदीले मुद्धारत पक्ष सूर्य लम्सालसँग टेबलमा बसेर सहमति गरी मुद्दा फिर्ता गराएको उल्लेख गर्नु भयो । अध्यक्ष सुबेदीले मुद्धामा धेरै खर्च भइसकेको र अव हुने खर्च भने जोगाएको बताउनु भयो ।


आफ्नो प्रस्तुतिमा अध्यक्ष सुवेदीले यसै वर्ष भित्र गैर आवासीय नेपाली सङ्घ अमेरिकाको कार्यालय भवन खरिद गर्ने योजना रहेको प्रस्ट पार्नु भयो । कार्यसमिति बैठकले भवन खरिदका लागि अध्यक्ष सुवेदी कै नेतृत्वमा काम अगाडि बढाउने र खरिदका लागि आर्थिक श्रोत जुटाउन कोषाध्यक्ष राजीव श्रेष्ठको नेतृत्वमा भवन खरिदका लागि आर्थिक समिति गठन गर्ने निर्णय पनि गरेको छ । सन् २०१५ देखि भवन खरिदका लागि समिति गठन गर्ने तर काम अगाडि नबढाउने गरेको स्मरण गर्दै अध्यक्ष बुद्धि सागर सुवेदीले यस पटक विगतको त्रुटि नदोहोरिने उल्लेख गर्नु भयो ।

हाइव्रिड बैठकमा संस्थाले विगतमा गरेका कामहरूको समीक्षा तथा भावी योजनाहरू तय गर्दै सम्पन्न भयो । आफ्नो कार्यकालको ६ महिना पश्चात् भौतिक रूपमा गर्न लागिएको बैठक कोरोना भाइरसको कारणले गर्दा हाइब्रिडमा गरिएको विज्ञप्तिमा उल्लेख छ ।   बैठकमा अध्यक्ष बुद्धि सागर सुबेदी र महासचिव अन्जन कुमार चौलागाईंले एनसीसी तथा यस अन्तर्गत रहेका क्षेत्र र च्याप्टरहरूले विगतमा गरेका कार्यहरू तथा आगामी दिनमा गर्नु पर्ने कार्यक्रमहरूका बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।  कोषाध्यक्ष राजीव श्रेष्ठले संस्थाका आर्थिक गतिविधिहरूको बारेमा प्रकाश पार्नु भयो ।

कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल र नेपालीका लागि गैर आवासीय नेपाली सङ्घ अमेरिकाले गत अगस्ट २७ तारिक २०२१मा अमेरिकी सेक्रेटरी अफ डिफेन्स अन्तरगत अमेरिकी सेनाको सहयोगमा सैने जहाजबाट निःशुल्क ढुवानी गराएर नेपाल सरकारलाई सहयोग हस्तान्तरण गरियो। यस कार्यबाट झन्डै एक करोड रुपैयाँको ढुवानी खर्च जोगियो । भविष्यमा आपतकालिन सहयोग नेपाल पठाउन अमेरिकाको सेक्रेटरी अफ डिफेन्स अन्तरगत अमेरिकी सेनासँग एनआरएनए अमेरिकाको विश्वासिलो सम्बन्ध विकास भएको छ । अध्यक्ष बुद्धि सागर सुवेदीले गैर आवासीय नेपाली सङ्घ अमेरिकाको यो सम्बन्ध नेपाल सरकारले नै गर्व गर्ने विषय भएको बताउनु भयो ।

नेपाल सरकारले अमेरिकी सरकारसँग दोहोरो कर प्रणालीको अन्तका लागि ठोस पहल गरेको देखिएन । नेपालमा लगानी गर्न यो समस्यालाई संवोधन गर्नै पर्छ । साथै लगानीको दायरालाई पनि बढाउनु पर्छ । अर्थ मन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधु मरासिनी, नेपाल राष्ट्र बैङ्कका गभर्नर महा प्रसाद अधिकारीसँग कुरा राखेको छ । यसलाई सार्थक बनाउन एउटा कमिटी बनाएर अगाडी बढ्ने योजना कार्यसमितिले बनाएको छ।

नेपालमा जन्मिएका तर काम र व्यवसायको सिलसिलामा विदेशी नागरिकता लिएकाहरूलाई नेपाल जाँदा भिसा शुल्क नलिँदा देशसँगको आत्मीयता अझ बढ्छ । अरू देशले पनि यस्तो अभ्यास गरेका छन् । यस बारेमा गृह मन्त्री, गृह सचिव, परराष्ट्र मन्त्री र सरोकारवाला निकायलाई यो विषय अवगत गराएका छौँ ।

बैठकमा बरिष्ठउपाध्यक्ष कृष्णजिवी पन्त, उपाध्यक्षहरू दिक्क्षा बस्नेत, सुमन थापा, विकास उप्रेती,गोपेन्द्र भट्टराई र दिलु पराजुली, महिला संयोजक, सुन्दरी गुरुङ, युवा संयोजक त्रिभुवन पाण्डे, पश्चिम क्षेत्रीय संयोजक श्रीराम थापा, दक्षिण क्षेत्रीय संयोजक बादल भुजेल, पूर्व क्षेत्रीय संयोजक सम्मर बुढाथोकी, मध्य पश्चिम क्षेत्रीय संयोजक किरण बस्नेत, फ्लोरिडा च्याप्टर अध्यक्ष विकास देवकोटा, स्वास्थ्य समिति चेयर डा. प्रकाश श्रेष्ठ, विज्ञान तथा प्रविधि समिति चेयर डा. माधव पाण्डे, हेल्प डेस्क कमिटीका चेयर राज ढुङ्गाना, ब्लड डोनेसन कमिटीका चेयर विश्वराज बास्तोला, युवा कमिटी चेयर संदेश उप्रेती, विद्यार्थी समिति चेयर मिलन जङ्ग कटुवाल र नेपाली सामाग्री प्रबर्धन समिति चेयर दुर्गेश जुङ्ग कार्कीले आफू मातहत रहेका समिति तथा टास्कफोर्सका गतिविधिहरूको जानकारी प्रदान गरेका थिए । सल्लाहकार सुभाष घिमिरेले संस्थाले ६ महिना बिचमा गरेका कामको सह्राना गर्नु भयो ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result