काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्योग पाठशालाको स्थापना गर्न उद्योगीलाई आग्रह गरेका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौँ प्रदेशसभालाई सम्बोधन गर्दै उनले औद्योगिक क्षेत्रका मजदूरलाई तालिम दिएर मात्र उद्योग क्षेत्रको विकासमा गति पैदा हुने विश्वास व्यक्त गरे ।
निजी क्षेत्र र सरकार प्रतिस्पधी नभएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी रहेको बताए । उनले स्वदेशी उत्पादनको प्रवर्धन गर्न र कृषि क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्न सदैव तयार रहेको बताउँदै चितवन उद्योग वाणिज्य संघलाई उद्योग पाठशाला खोल्न १० लाख रुपैयाँ सहयोग गरिसकेको जानकारी दिए ।
मुख्यमन्त्री पाण्डेले संघीय सरकार मातहत रहेका प्रदेश भित्रका चार वटा औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याउन जरुरी रहेको बताउँदै हेटौँडाको मयुधाप, चितवनमा शक्तिखोर र सिन्धुलीको मरिण नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी भइरहेको बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-