काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा बसेको बाबुराम गुटको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संख्यात्मक रूपमा पनि आफ्नो पक्षमा नै बहुमत रहको दाबीसमेत गरे। अर्का अध्यक्ष यादव पक्षले आफूहरूको बैठक अवैध भनेकोप्रति लक्षित गर्दै भट्टराईले यादव पक्षले इतिहासलाई भुलेर गरेको कुराको कुनै सत्यता नरहेको जिकिर गरे।
बताए।
‘यो पार्टी हामीले जन्माएको हो, फुटबाट जोगाएको हो र अहिले पनि पार्टीलाई रूपान्तरण गर्ने हाम्रो मनसाय हो। म मेरा मित्र उपेन्द्र यादवजीलाई अहिले पनि नतर्सिन, नडराउन, हिम्मतका साथ फेस गर्न वैधानिक ढंगले बैठक राख्न चुनौती दिन्छु। तपाईंले अवैध ढंगले, जुन गलत मनसायका साथ गुटको मात्रै बैठक अपायकमा राख्नुभएको छ, तत्काल स्थगित गर्नुहोस, यहाँ आउनुस्। तर, स्वेच्छाचारी ढंगल हर्कत गर्नुहुन्छ भने त्यसलाई वैधता दिन सकिँदैन,’ भट्टराईले भने।







प्रतिक्रिया लेख्नुहोस्:-