काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक तथा पूर्व सञ्चारकर्मी रवि लामिछानेले नेपालमा बनेका पोशाक मात्रै आफूले लगाउने घोषणा गरेका छन्।
उनले विहीबार झापाको बिर्तामोडमा आयोजित पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।
‘परिवर्तन आफैंबाट गर्नुपर्ने रहेछ,’ उनले भने, ‘म अब नेपालमा बनेको नेपाली उत्पादनका लुगा मात्रै लगाउँछु। झापामा आयोजित कार्यक्रममा उनी कुर्ता, सुरुवाल र इस्टकोट लगाएर उभिएका थिए। आफूले लगाएको पहिरन सबै नेपालको मात्रै भएको बताउँदै उनले भने, ‘मैले अहिले लगाएको पहिरन पनि नेपालको मात्र हो।’







प्रतिक्रिया लेख्नुहोस्:-