काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २ सय १५ पिसिआर परीक्षणका क्रममा ४ सय जना र २ हजार ८ सय ४० एन्टिजेन परीक्षणका क्रममा २ सय ३८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५९ जनाको मृत्यु भएको छ ।
त्यस्तै थप २ सय १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ८ सय २ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ३ हजार ७ सय १४ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया लेख्नुहोस्:-