Thursday, May 7, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

म्याग्दी समाजले जित्यो गुरुङ युनाइटेड कप भलिबल टुर्नामेन्टको उपाधि

अशोज ११, २०७९ ८:५६ मा प्रकाशित
म्याग्दी समाजले जित्यो गुरुङ युनाइटेड कप भलिबल टुर्नामेन्टको उपाधि
Share on FacebookShare on Twitter

द गुरुङ (तमु) सोसाइटी इंन्क, यु.एस.ए. ले पहिलो पटक ३५ बर्ष माथिको उमेर समूहका युवालाई लक्षित गरेर गुरुङ युनाइटेड कप भलिबल टुर्नामेन्ट आयोजना गरेको छ । न्यूयोर्कको क्वीन्स्ब्रिज पार्कमा सेप्टेम्बर २४ तारिख भएको खेलमा गुरुङ युनाइटेड कपको उपाधी म्याग्दी समाज अमेरिकाले हात पारेको छ ।

पहिलो विजेताले १५ सय डलर नगद सहित गुरुङ युनाइटेड कप प्राप्त गरेको भने आयोजक संस्था द गुरुङ तमु सोसाइटीको टिम गुरुङ युनाइटेडले दोश्रो विजेताको स्थान हासिल गरेको छ, दोश्रो विजेता गुरुङ युनाइटेडले कप सहित १ हजार डलर नगद प्राप्त गरेको छ ।

टुर्नामेन्टमा आयोजक सहित ८ वटा टिम सहभागी भए । आयोजक सहित रिजउड नेपाल समाज, शेर्पा किदुग युएसए, म्याग्दी समाज अमेरिका, मगर संघ अमेरिका, किरात राई सोसायटी अफ अमेरिका, एनवाइसी क्लब तथा रेड पाण्डा गरी ८ समुहले प्रतिष्पर्धामा भाग लिएका थिए । ८ समूहबीच विभिन्न चरणमा भएको प्रतियोगिताको फाइनल खेल दोश्रो विजेता गुरुङ युनाइटेड र उपाधी विजेता म्याग्दी समाज अमेरिकाबीच प्रतिष्पर्धा भएको थियो । त्यस्तै, खेलमा सोम बुढाथोकी सर्वश्रेष्ठ खेलाडी, श्री गुरुङ सर्वश्रेष्ठ स्पाइकर, गोबिन्द रोका क्षेत्री सर्वश्रेष्ठ डिफेन्डर र हरि प्रसाद राणा सर्वश्रेण्ठ रेजर भएका छन् । समाजले गएको बर्ष पनि हर्क गुरुङ भलिबल कप आयोजना गरेको थियो ।

द गुरुङ तमु सोसाइटीका अध्यक्ष तोरण गुरुङले स्वास्थ्य नै जीवन हो र स्वस्थ जीवनका लागि खेल महत्वपूणर् भएकोले खेलको माध्यमबाट युवाहरुलाई स्वस्थ रहनुपर्छ तर त्यसको लागि नियमित रुपमा अभ्यास गर्नु आवश्यक छ भन्ने सन्देश दिनका लागि गुरुङ युनाइटेड कपको आयोजना गरेको बताए । त्यस्तै गुरुङ युनाइटेड कपका संयोजक तथा द गुरुङ तमु सोसाइटीका खेल व्यवस्थापक तथा अञ्जित गुरुङले यस्ता प्रतियोगिताका माध्यमबाट विभिन्न समुदायका युवाहरुबीच आपसी सद्भाव र भाइचारा कायम गर्न यस्ता प्रतियोगिता गरिएको जानकारी दिए । सोसाइटीका सचिव अलिशा गुरुङले कार्यक्रम सफल बनाउनका लागि सल्लाहकार, आजीवन सदस्यहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, समाजका सदस्यहरु लगायत विभिन्न व्यापारिक संस्थाले आर्थिक तथा भौतिक सहयोग गरेको जानकरी दिदैं सबैलाई धन्यवाद दिए ।

यसै गरी गुरुङ (तमु) सोसाइटी चेलीबेटी आमा समुहका दिदी बहिनीहरूले खेलाडीहरुका लागि खानाको व्यवस्थापन गरेको उल्लेख गर्दै चेलीबेटी आमा समुहलाई सहयोगका लागि धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा कलाकारहरु रूथमान गुरुङ र एन्सार्ज गुरुङले नृत्य प्रस्तुत गरेका थिए । आयोजकले कार्यक्रम संयोजक, खेलाडी तथा सहभागी टिमका सम्पूणर् खेलाडीहरु लगायत सहभागी सबैलाई धन्यवाद व्यक्त गरे ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result