काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो दल बनाउने खेलमा नभएको बताएका छन् ।
उनले बुधबार बिहान प्रेस चौतारी नेपालले पोखरामा गरेको पत्रकार सम्मेलनमा महासचिव जनताले सरकार गठनको म्यान्डेट एमालेलाई नदिएकाले सरकार बनाउने खेलमा आफूहरू नलागेको बताएका हुन् ।
‘सरकार गठनको म्यान्डेट जनताले एमालेलाई दिएनन् । हामी पर्ख र हेरको अवस्थामै छौँ । सरकार गठनको पहलकदमी एमालेले लिएको छैन,’ उनले भने । महासचिव पोख्रेलले कांग्रेस नेतृत्वको गठबन्धन रहेसम्म वाम सरकार बन्न सम्भव नरहेको बताए । ‘सत्ता गठबन्धन रहेसम्म वाम सरकार सम्भव छैन । नीतिगत ध्रुबीकरण भएर एक ठाउँ नउभिएसम्म सम्भव छैन,’ उनले भने ।
उनले मुलुकको संकट समाधान गठबन्धन नभएको बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-