काठमाडौं । सार्वजनिक लेखा समितिले बेरुजु फर्स्योट, विद्यमान ऐन नियममा सुधार र प्रतिबद्धतासहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सभापति पोखरेलले यस्तो निर्देशन दिएका हुन्।
उनले समितिको अर्को बैठकमा प्रस्तुत गर्ने गरी बेरुजु फर्स्योट, विद्यमान ऐन–नियममा सुधार र प्रतिबद्धतासहितको कार्ययोजना बनाउन समिति सचिवालयलाई निर्देशन दिए।
उनले सचिवालयले कार्ययोजना बनाउँदा समितिमा उपसमिति निर्माण गर्दा नीतिको आधारमा निर्माण गर्ने तथा उपसमितिमा तत्काल रिटायर्ड मन्त्री, लगातार एउटै उपसमितिमा बसेर काम गर्ने सदस्यहरू र पेसा–व्यवसाय मिल्ने सांसदहरूलाई नराख्न आग्रह गरे।







प्रतिक्रिया लेख्नुहोस्:-