Monday, July 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए पुनः फुटको सङ्घारमा, श्रेष्ठ र शर्माले अस्वीकार गरे मत परिणाम

कार्तिक ३, २०८० १:०५ मा प्रकाशित
एनआरएनए पुनः फुटको सङ्घारमा, श्रेष्ठ र शर्माले अस्वीकार गरे मत परिणाम
Share on FacebookShare on Twitter

काठमाडौँ । काठमाडौँमा जारी गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ महाधिवेशनमा निर्वाचनको जिम्मा पाएको भेरो कम्पनीको आडमा परिणामलाई प्रभावित गरिएको प्रमाण सहित अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ र आर के शर्माले निर्वाचनको नतिजा अस्वीकार गरेपछि सरकारले हस्तक्षेप गर्ने सम्भावना बढेर गएको छ । श्रेष्ठ र शर्मा  प्रधानमन्त्री र सरकालाई घटनाको अवगत गराउन बालुवाटार पुगेका छन् । गत वर्ष प्रतिनिधि छनौटमा धाँधली गरेपछि उत्पन्न विवाद मिलाउन सरकारले हस्तक्षेप गरेको थियो ।

काठमांडौंमा उपस्थित आठ सय मतदाताले उपाध्यक्षका उम्मेदवार डा केशव पौडेललाई एक भोट पनि नहालेको नतिजा सार्वजनिक गरिएको छ । उनी आफैले पनि आफैलाई भोट नगरेको नतिजामा देखिन्छ । जबकि त्यहाँ उपस्थितहरू मध्ये थुप्रैले आफूले डा. पौडेललाई हालेको भोट कहाँ गयो ? भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन् । भेन्डर र प्रविधिलाई प्रभावित गरेर निर्वाचनको नतिजा प्रभावित गरिएको  प्रमाण सहित श्रेष्ठ र शर्माको टोली प्रधानमन्त्री र सरकालाई घटनाको अवगत गराउन लागेका हुन् ।
उम्मेदवारका समर्थकहरूले नाराबाजी गर्दै बद्री केसी लगायतको समूहले सिस्टम ह्याकको आरोप लगाउँदै मत परिणाम अस्वीकार गर्न दबाब दिइरहेका छन् ।

अध्यक्षका अन्य दुई उम्मेदवार आर के शर्मा र महेश श्रेष्ठले अनलाइन भोटिङ प्रणाली ह्याक गरेर चुनावमा धाँधली गरिएको भन्दै परिणाम अस्वीकार गर्ने घोषणा गरे । यो घोषणासँगै एनआरएनएमा सरकारको हस्तक्षेप र समस्या अदालत सम्म पुग्ने लगभग निश्चित छ ।

निर्वाचन समितिले निर्वाचनमा बद्री केसी १३७८ मत ल्याएर विजयी भएको घोषणा गरेको छ । अन्य दुई प्रतिस्पर्धीहरू आर के शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेका छन् । डा. केसी एमालेनिकट हुन् ।

काठमाडौँबाट ८०० भन्दा धेरैले मत खसालेका थिए । उम्मेदवार आफैँले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति पराजित उम्मेदवारहरुले आक्रोश व्यक्त गरेका हुन् । एनआरएनए उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको मत शून्य देखिएपछि सिष्टममा चलखेल भएको सार्वजनिक भएको थियो ।

शर्मा र श्रेष्ठले निर्वाचन परिणामलाई अस्वीकार गर्ने घोषणा गरे । उपाध्यक्षमा जितेका खगेन्द्र न्यौपानेले पनि निर्वाचनमा धाँधली भएको बताए । आफूलाई जिताइएको भए पनि यो जितलाई स्वीकार नगर्ने उनले बताए ।

अध्यक्षका उम्मेदवार श्रेष्ठले यो निर्वाचन रद्द गरी छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्ने बताए । निर्वाचित भनिएको नयाँ कार्यसमिति भङ्ग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठले बताए ।

सन् २०१९–२१ को  निर्वाचनमा पनि  बद्री केसी कै तजबिजमा  ३५० भन्दा बढी डेलिगेटस अन्तिम समयमा आएर परिवर्तन गरी विवाद उत्पन्न गराएका थिए । त्यस बेला काठमांडौमा बद्री केसीले थपेका डेलिगेटसमा बर्षौ अगाडि विदेश छोडेर नेपालमा गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष बनेकाहरूलाई समेत राखिएको थियो ।  जसको कारण अध्यक्षका उम्मेदवार कुल आचार्यलाई झिनो मतले पराजित गरिएको थियो । त्यस पछि एनआरएनए भित्र हुने हर्कतहरु सार्वजनिक हुन थाल्यो । बद्री केसी कै डिजाइनमा २०२१–२३ कालागि डेलिगेटस चयनमा व्यापक धाँधली भएपछि सहमतिमा अधिवेशन र निर्वाचन हुन नसकेर संस्था नै विभाजित हुन पुग्यो । पूर्व अध्यक्ष शेष  घले सहित एनआरएनएका धेरै पदाधिकारीले छुट्टै एनआरएनए दर्ता गरेर अगाडि बढेका छन् । यस पटकको विवादले संस्था पुन  विभाजनको सङ्घारमा पुगेको छ ।  यो निर्वाचन रद्द गरेर पुन निर्वाचन नगराउने हो भने यस पटक पनि संस्था दुई चिरा हुने लगभग निश्चित छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result