Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दीपकको सामाजिक यात्रा- ‘नेपालदेखि अमेरिकासम्म’ !

पुस ७, २०८० ३:२७ मा प्रकाशित
दीपकको सामाजिक यात्रा- ‘नेपालदेखि अमेरिकासम्म’ !
Share on FacebookShare on Twitter

डिसेम्वर २२

पोखरावाट स्नातक सकेर त्रिभुवन विश्वविद्यालयवाट अर्थशास्त्रमा मास्टर्स गर्दा दीपक तिमल्सिनालाई लागेको थियो, ‘देशको राम्रो अर्थत्रास्त्री बन्छु, अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि काम गर्छु’। तर जव उनी अर्थशास्त्रको अध्ययन सकेर जागीरको शिलशीलामा अर्थतन्त्रका डाटाहरु केलाउनन थाले, उनी उनीलाई लाग्यो-‘अर्थशास्त्र त वसको विषय रहेनछ किनभने उनलाई संसारभरीका त छाडौ, नेपालकै अर्थब्यवस्थाका गुदी र डाटामा खेल्न पनि कठिन लाग्न थाल्यो अनि उनी लागे समाजशास्त्रको अध्ययनतिर’ ।
जव समाजशास्त्रमा एमए सकेर उनी जागिरको शिलशिलामा काठमाडौंको जोरपाटीमा रहेको नेपाल अपांग संघमा आवद्ध हुनपुगे, अनि उनलाई लाग्यो-‘र्मैले गर्न सक्ने र समाजलाई दिने क्षेत्र त यही रहेछ’ ।
दीपकले अपांग संघमा कार्यक्रम अधिकृतको रुपमा ५ बर्ष काम गरे । नेपाल अपांग संघको समुदायमा  पुर्नस्थपना कार्यक्रम अन्तर्गत नेपालका विकट २० वटा जिल्लाहरुमा काम गरे । नेपालका ३४-३५ वटा जिल्लाहरुमा कार्यक्रम लिएर गए, निकै मेहनेतका साथ कामहरु सम्पन्न गरे । सामाजिक क्षेत्रमा आफूलाई स्थापित गराए । गत हप्ता दूरवीनसंगको सम्वादमा दीपकले आफ्नो विगत सुनाउदै भने, मेरो त्यही सामाजिक कार्यको जगले आज अमेरिकामा पनि सामाजिक अग्रसरतामा डोर्याइरहेको छ ।

सामाजिक कार्यलाई नवीन र प्रभावकारी हिसावले लैजानुपर्छ र त्यसको प्रतिफल लक्षित समुदायमा पुग्नुपर्छ भन्ने मान्यता राख्ने दीपक प्रायजसो रिसर्चमा बढी ध्यान दिन्थे । त्यही अवसरमा नेपालवाट अर्टिजम सम्वन्धि रोगको वारेमा अनुसन्धानात्मक तालीम लिने शीलशीलामा मा क्यालिफोर्नियाको रिचमण्ड आइपुगे ।
सन् २००५ तिर अटिजम भन्ने कुरा थाह पाउन उनले डिक्सनरी सहायता लिएका बताउदै दिपक भन्छन्, अमेरिका आएर १८ महिनाको तालिम लिएपछि मलाई यही नै काम गर्ने रहर बढ्यो । ‘यहाँ नै अवसर दिइएकोले मैले यस क्षेत्र रोजें र काम गर्न थाले’- दीपकले भने ।
त्यसपछि उनले २००५ देखि २००७ सम्म क्यालिफोर्निया अटिजम फाउण्डेशनमा कार्यक्रम संयोजक भएर काम गरे ।
सन् २००७ देखि हालसम्म उनी पेटलुमास्थित साइप्रस स्कुलको संस्थापक सदस्य एवं प्रशासक भएर अटिजम स्कुलमा काम गरिहेका छन् । साइप्रस स्कुल स्थापनाको सन्दर्भ जोड्दै दीपक भन्छन् -‘साइप्रस अटिस्टिक बच्चाहरुको लागि ब्यावहारिक शिक्षा तथा थेरोपेटिक सेवा दिने स्कुल हो’ । उनी थप्छन्-पहिला हाम्रो सकुलमा जम्मा तीन जना बच्चाहरु थिए, अहिले ७६ जना बालकालिकाहरुले स्पेशल शिक्षा लिइरहेका छन्, विद्यार्थीको चाप बढेको छ ।
वास्तवमा अटिजम स्प्रेक्टम डिस्अर्डर र न्यूरोलोजकल विकासको विकार हो जस्ले अरुसंग अन्तरकृया गर्ने, सिक्ने र ब्यावहार गर्न कुरामा असर गर्छ । सामान्यतया अटिजमपहिला १८ देखि ३६ महिना भित्र देखा पर्छ । दीपकका अनुसार क्यालिफोर्नियामा हरेक २२ बच्चामध्र्ये एक जनामा अटिजम भएको निदान गरिएको छ ।
दीपकको विचारमा नेपाल र अमेरिकामा अटिजम सम्वन्धि काम गर्ने संस्था एवं स्कुलको विचमा आपसी समन्वय र तालीमको आदानप्रदान गर्न सकिन्छ, उनी भन्छन् अटिजम बालकालिकामा हुने एक प्रकारको रोग हो, जसको लागि विशेष शिक्षा, थेरापीको जरुरत पर्दछ । लामो समय यस क्षेत्रमा अनुभव लिएका दीपकको चाहना छ, अटिजमको सम्वन्धमा आफूले जानेको र सिकेको सीप र अनुभवलाई समुदायमा बांढ्ने । परिवारका साथ क्यालिफोर्नियाको रोनरपार्कमा बस्दै दीपकले केही समय अघि क्यालिफोर्नियाको रियलस्टेटको लाइसेन्स लिएको बताउदै भने, स्कुलको ब्यवस्थापन भइसकेको छ, मैले हप्ताको ४० घण्टा मात्र दिए पुग्छ, यसकारण बांकी समय रियलस्टेट व्यावसायमा लागेर नेपाली समुदायको सेवा गर्ने विचार गरेको छु । दीपक भन्छन्, ‘केही न केही गरिरहनुपर्छ भन्ने मान्यताको मान्छे हु, मेरो ज्ञान र क्षमताको जरुरी परेमा म सबै हाजिर छु’ ।

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result