काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताहरुको अन्तिम नामावली प्रकाशन भएको छ।
निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली स्वीकृत गरी नामावली समेत प्रकाशन गरेको थियो। पुस २० गते, शुक्रबार प्रकाशित नामावलीमा दाबी विरोधको उजुरी लिइ, उजुरीमाथि छानबिन गरेर आज अन्तिम नामावली प्रकाशन गरिएको हो।
निर्वाचन आयोगले यसअघि स्वीकृत गरेको नामावलीअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कूल मतदाता संख्या २ हजार ४७ जना छन्। जसमध्ये प्रदेश सभा सदस्य ५४९ जना छन्। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १ हजार ४९८ जना छन्।







प्रतिक्रिया लेख्नुहोस्:-