काठमाडौं । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले नेकपा एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुने पत्राचार गर्ने निर्णय गरेको छ ।
विप्लव नेतृत्वको नेकपा नेता अनिल शर्माको अनुसार अब मोर्चाको निर्णपछि मोर्चाका संयोजक नेत्र विक्रम चन्द मोर्चामा आबद्ध हुनको लागि पत्राचार गर्नेछन् । उनले भने, ‘एमालेसहित नेकपा मशाल, मोहन वैद्य किरण, आहुती, ऋणी कट्टलेलगायत सबैले नेतृत्व गरेको पार्टीलाई अब पत्राचार हुन्छ ।’
यस्तै बैठकले समाजवादी मोर्चाका नाराहरूको भित्ते लेखन गर्ने, झण्डा ब्यानरबाट प्रचार गर्ने, काठमाडौंसहित सातै प्रदेशमा एकएक वटा गोष्ठी गर्ने र समाजवादी मोर्चाको मुखपत्र प्रकाशन गर्ने निर्णय गरेको बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-