काठमाडौं। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही फागुन २६ गते बोलाएको छ ।
समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी रणनीति तय गर्न शनिबारका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
यस्तै बैठकमा पार्टीले घोषणा गरेको आन्दोलनको आवश्यक तयारीका बारे पनि छलफल हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।







प्रतिक्रिया लेख्नुहोस्:-