Saturday, May 2, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

२२ सय भन्दा बढी नेपाली नेपथ्य कन्सर्टमा सहभागी

साउन ३०, २०८१ ११:४८ मा प्रकाशित
‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

Screenshot

Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को

क्यालिफोर्निया
नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएको नेपालकै चर्चित म्यूजिकल समुह ‘नेपथ्य’को यही अगष्ट १० शनिवार सम्पन्न भएको म्युजिकल कन्सर्ट शानदार रुपमा सम्पन्न भएको छ । बे एरियाको चर्चित इभेन्ट म्यानेजमेण्ट टीम ‘विन्दास इभेन्ट्सले  आयोजना गरेको नेपथ्यको उक्त लाइभ सांगितिक कार्यक्रम वे एरियामा भएको नेपालीहरुको हालसम्मकै सबैभन्दा ठूलो र भव्य भएको आयोजकहरुले बनाएका छन। २५ सय भन्दा बढी दर्शक अटाउने क्षमता भएको स्यानफ्रान्सिस्कोको वारफिल्ड थिएटरमा २२ सयको हाराहारीमा नेपाली दर्शकहरु उपस्थित भएका थिए । ‘वारफिल्ड थिएटर’ स्यानफ्रान्सिस्को शहरको ठूलो सांगितिक कार्यक्रम हुने थिएटर हो । ‘कार्यक्रम निकै उत्साहजनक भयो’, नेपथ्यका गायक अमृत गुरुङले दुरवीनसंग संक्षिप्त प्रतिकृया दिदै भने । नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका डाइरेक्टर अर्पण शर्माले स्यानफ्रासिन्कोको क्राउड निकै  इनर्जेटिक भएको बताए । ‘इट वाज एन इनर्जेटिक क्राउड’-उनले भने ।
‘नेपथ्य जस्तो लोकप्रिय र लामो इतिहास भएको नेपाली ब्याण्डको लाईभ प्रस्तुति हेर्न यति धेरै नेपालीको उपस्थितिले हामीलाई धेरै हौसला दिएको छ, हामी सबैप्रती आभारी छौ, कार्यक्रम संयोजक असिम गजुरेलले भने-‘यो ऐतिहासिक सांगितिक कार्यक्रम सबै नेपालीको सहयोगमा सार्थक भएको हो,’  ।

‘हाम्रो अपेक्षा भन्दा पनि राम्रो सहभागीता भयो र सबैतिरबाट निकै राम्रो सहभागीता भयोहामी असाध्यै खुशी छौं विन्दास टोलीकी अध्यक्ष  सुनु धितालले दुरविनसंग भनिन ।’वास्तवमा नेपथ्य समूहको कन्सर्ट हेर्न बे एरियाका नेपालीहरु पनि निकै उत्साहित मात्र थिएनन, कन्सर्ट अवधिभर नेपथ्यको कन्सर्र्ट हेर्दा निकै रमाइलो भयो, एक नेपाली युवाले प्रतिकृया दिदै भने ।

त्यसो त त्यो विशाल क्राउडमा अमृत गुरुङले आफ्ना बहुचर्चित गीतहरु मात्र गायनन्, नेपाली हुनुको गौरवशाली गाथा र सामाजिक सद्भाव पनि सुनाए । ‘एकदिनको कमाई आफ्नो गाउँठाउँको सामाजिक काममा पनि लगाऔं है , उपस्थित संगीताप्रेमी दर्शकलाई सम्बोधन गर्दै गुरुङले भने -‘ती हाम्रा गाउँका पाखा पखेराहरुले तपाइहरुलाई पर्खिराखेका छन्, हामीले आफ्नो आमा र मातृभूमिप्रतिको कतव्यलाई कहिल्यै भुल्नुहुदैन’ । नेपथ्यले लोक संगितलाई रक शैलीमा गाएर नेपाली संगितलाई अन्तराष्ट्रियकरण गर्न ठूलो भूमिका खेलेको छ । नेपथ्य समूह नेपालमा आन्तरिक द्वन्द्व चलिरहँदा शान्तिका लागि शिक्षा अभियान लिएर गाउँ गाउँमा पुगेको थियो ।

नेपाली श्रोता र दर्शकहरुबीच चर्चित ब्याण्ड नेपथ्यले नयाँ र सर्वकालिक हिट गीतहरु प्रस्तुतीले दर्शकहरु मज्जाले नाचेका थिए १ नाच्न र नचाउन माहिर समूह नेपथ्यले बेलायतको वेम्ब्ली स्टेडियम लगायत विदेशका ६५ तथा स्वदेशमा ५० बढी स्थानमा कन्सर्ट गरिसकेको छ ।नेपथ्यको अमेरिकाको म्युजिकल टुर अगस्ट ३ बाट कोलोराडो बोल्डर थियटरबाट सुरु भएको थियो । अगस्ट १७ मा ओहायोको कोलम्बस हुने म्यूजिक कन्सर्टको लागि नेपथ्य र नेपालयको टीम आहायोको राजधानी कोलम्बस प्रस्थान गरेको छ ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result