Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

'सतर्क रही मौनअधिकार प्रयोग गर्न आग्रह'

माघ १४, २०८१ १०:३८ मा प्रकाशित
बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

Screenshot

Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को/क्यालिफोर्निया
जनवरी २७
राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको हप्तादिन मै हज्जारौं आप्रवासीहरुमाथि व्यापक रुपमा धरपकड शुरु गरिएको छ । गैरकानुनी रूपमा बसेका सबै आप्रवासीलाई सामूहिक रूपमा देश निकाला गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाले अमेरिकामा रहेका कागजपत्रविहीन आप्रवासीहरु कुनैपनि बेला पक्राउ पर्न सक्ने डरले त्रासदीपूर्ण अवस्थामा रहेका छन ।
धेरै आप्रवासीहरुको बसोवास रहेको र ट्रम्पको तारो बनेको क्यालिफोर्नियाका विभिन्न शहरहरुमा पनि इमिग्रेसन एण्ड कस्टम इन्फोसेमेण्ट (आइस) ले धरपकड बढाएको समाचार एनवीसी ले प्रकाशित गरेको छ ।
एनविसी बे एरिया ले प्रकाशित गरेको समाचारमा बे एरियाका प्रमुख शहरहरु स्यानफ्रान्सिस्को र स्यानहोजेमा आइसको गतिविधि बढेको र विभिन्न व्यापारिक एवं शैक्षिक संस्थामा समेत संदिग्ध व्यक्तिहरु देखिएको उल्लेख गरिएको छ । स्यानहोजे का मेयर म्याट मोनले आइसको गतिविधि बढेको र स्थानहोजेको पूर्वी इलाकामा हिजो आइतवार ‘रेड’ गरिएको सूचना पाएको बताएका छन । हाम्रो पुलिस प्रशासनले आइसलाई सहयोग गर्दैन उनले भनेका छन् -‘आइसले यहाँका अपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग गरोस्’ । सिलिकोन भ्याली र स्स्यानफ्रासिको वरपरका स्थानमा पनि आइसका प्रहरीहरु देखिएको बताइन्छ ।
हज्जारौं नेपालीहरुको बसोवास रहेको बे एरियामा रहेका कयौन कागजपत्र विहिन नेपालीहरु पनि यस घटनापछि त्रसित भएका छन् । बे एरियामाको रिचमण्डमा बस्दै आएका एक युवाले हिजैवाट काममा जान छोडेको बताए । ‘बाहिर हिड्नपनि डर लागेको छ ३ महिनापछि बल्लबलल काम पाएको थिएँ, हिजैवाट साहुजीले नआउ भन्नुभयो’-उनले दुरविनसँग भने । बे एरियामा रहेका धेरै नेपाली युवाहरु पनि कागजपत्र विहिन अवस्थामा रहेका छन् । न्यान्सका अध्यक्ष प्रितेश कार्कीले आफुले अध्यागमन वकिलसँगको छलफल गरेको र छलफलको आधारमा अमेरिकामा कगजविहिन अवस्थामा रहेका नेपालीहरुलाई आईस (ICE) आएमा वा धरपकड गरेमा सुरक्षित रहन निम्न बुधा सुझाव दिएका छन् ।

१) हिम्मत राख्ने, शान्त भएर उभिने, नभाग्ने,
२) आफ्नो साथमा नेपाली परिचय खुल्ने कुनै परिचय पत्र वा कागजात नराख्न्ने,
३) “तपाईलाई मौन बस्ने अधिकार छ” यो अधिकारको भरपुर प्रयोग गर्ने,
४) “आईसले (ICE) तपाईलाई थुनामा हाल्नलाई पक्राउ पुर्जी चाहिन्छ” त्यो छ छैन हेर्ने,
५) “तपाइलाई कानुनी परामर्शको अधिकार छ” यो अधिकारको प्रयोग गर्ने,
६) आईसले जति धम्काए पनि कुनै कागजपत्रमा हस्ताक्षर नगर्ने,
७) कुनै पनि सार्वजनिक स्थानहरूमा नजाने
राष्ट्रपति ट्रम्पको पहिलो कार्यकारी आदेशमा गैरकानुनी तवरले अमेरिकामा रहेका सबै आप्रवासीलाई आफ्नै घर फिर्ता पठाउने योजना अनुरूप अहिले इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसिई) ले आप्रवासीमाथि निकै धरपकड सुरु गरेको र क्याच एण्ड रिलिज अन्तर्गत हज्जारौं आप्रवासी पक्राउ परेको समाचार सिएनएनले प्रशारण गरिरहेको छ ।
अहिले दैनिक रूपमा करिब तीन सय कागजपत्रविहीन आप्रवासीलाई गिरफ्तार गरिएको छ । गत बिहीबार मात्र आइसिईले अमेरिकाका १० वटा ठुला सहरबाट करिब एक हजार तीन सय मानिसलाई गिरफ्तार गरेको र ती आपराधिक पृष्ठभूमिका रहेको कुरा बताइएको छ । होमल्याण्ड सेक्युरिटी विभागले आइसिईलाई शङ्कास्पद मानिसलाई समाउने र नियन्त्रणमा लिन सक्ने गरी अधिकार दिएको छ । मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले कम्तिमा १०० दिन चनाखो र सतर्क रहन कागजविहित भएका नेपालीलाई आग्रह गरेका छन् ।

आइसिईले अहिले विशेषतः कागजपत्रविहीनलाई समाउनका लागि विद्यालय, अस्पताल, चर्च, रेस्टुराँ, ग्यास स्टेसनलाई प्रमुख केन्द्रविन्दु बनाएको छ । अमेरिकी ट्रम्प प्रशासनले एक वर्षमा करिब १० लाख मानिसलाई अमेरिकाबाट स्वदेश फिर्ता पठाउने तयारी गरिरहेको छ । यसअघि बाइडेन प्रशासनले सन् २०२४ मा दुई लाख ३० हजार मानिसलाई स्वदेश फर्काएको तथ्यांक प्रकाशित भएको छ । स्यान्चुअरी स्टेटको रूपमा रहेको भनि राष्ट्रपति ट्रम्पले क्यालिफोर्निया राज्यलाई तारो बनाउँदै आएका छन् । यद्यपि यहाँका गभर्नर ग्यामिन न्युसमले ट्रम्पको आप्रवासन सम्बन्धि कार्यकारी आदेशलाई सघाउन नसक्ने प्रतिकृया दिइसकेका छन । तरपनि आइसको गतिविधि रोक्न सक्ने अधिकार भने उनीसँग पनि छैन त्यसको लागि अदालको आदेश नै आवश्यक हुन्छ ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result