Tuesday, August 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राधिका दासीले मुक्तिनाथ धाममा तीन दिन प्रवचन दिने

असार २८, २०८२ ११:२१ मा प्रकाशित
राधिका दासीले मुक्तिनाथ धाममा तीन दिन प्रवचन दिने
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को / अमेरिका —
प्रख्यात कथावाचिका एवं अध्यात्म चेतनाकी प्रवर्तक राधिका दासीले स्यानफ्रान्सिकोकी रिचमण्डस्थित मुक्तिनाथ मन्दिर परिसरमा तीनदिने ‘शिव महिमा प्रवचन तथा सत्संग’ कार्यक्रम तय भएको छ । मातृभूमि नेपालको आयोजनामा हुने उक्त धार्मिक एवं अध्यात्मिक प्रवचन आगामी जुलाई २६, २७ र २८ गरी तीनदिन सम्म संचालन हुने जानकारी दिइएको छ । श्रावण महिनामा शिव महिमा एवं शिव स्तुतिका लागि निकै महत्वपूर्ण मानिन्छ । कार्यक्रम तालिका अनुसार कार्यक्रमको पहिलो दिन मुक्रिनाथ धाम परिसरमा कलश यात्रा हुनेछ भने त्यसपछि प्रवचन, सतसंग एवं भजनकीर्तन कार्यक्रम सम्पन्न हुनेछन् ।
मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले कथावाचिका दासीवाट श्रावण महिनाको अवसरमा हुने शिव महिमा एवं शिव स्तुती र सतसंगवाट बे एरिया र आसपासका नेपाली भक्तजनहरुलाई अध्यात्मिक चेतनाको विकासमा प्रेरणादायी भूमिका खेल्न सहयोग पुग्ने बताए ।
राधिका दासी ( माता ) ले आफू अमेरिकामा रहेका भक्तजन एवं अध्यात्मिक दर्शक एवं श्रोतासंग हुने सत्संग कार्यक्रमका लागि व्यग्र प्रतिक्षारत रहेको प्रतिकृया दिएकी छन् । दूरबीनसंगको कुराकानीमा कथावाचक दासीले आफ्नो भ्रमणवाट नेपालको अध्यात्म ज्योती अमेरिकाभर फैलने विश्वास व्यक्त गर्दै मुक्तिनाथ धाममा हुने शिव महिमा एवं सत्संगमा सरिक हुन सबैमा आव्हान समेत गरिन l
‘ माताजी आफैमा सबैका लागि प्रेरणा र ऊर्जाको प्रतिक हुनुहुन्छ, उहाँको मुखारविन्दुवाट हुने प्रवचन एवं सत्संगमा सहभागी भई अध्यात्मिक लाभ लिन वे एरियावासी सबै दीदीबहिनी तथा दाजुभाईलाई हार्दिक निमन्त्रणामा गर्दछु,’ अध्यक्ष पाण्डेले भनेका छन् l
सो सतसंग कार्यक्रम सफल बनाउन विभिन्न समितिहरु गठन समेत गरिएको बताइएको छ l

मुक्तिनाथ धाममा राधिका दासीवाट हुने प्रवचन एवं सतसंग कार्यक्रमको आफू प्रतीक्षामा रहेको उल्लेख गर्दै वे एरियाका समाजसेवी तथा व्यवसायी प्रिन्स युवराज कार्कीले सबैलाई सहभागी हुन अपिल गरेका छन् । यसैगरी कार्यक्रम लाई सफल बनाउन केपी ढकाल, चंद्र धीताल, सीता गुरुंग, सुरेंद्र गिरि, राधा शर्मा, राजेन्द्र लोहानी, कैलाश थापा, लता प्रधान, शोवा कांत ढकाल, स्वामी अनंत गुरु, नारायण पोखरेल, हरि ओझा, गीता डोंगोल, तेजेन्द्र बराल, लक्ष्मी भट्टराई, गीता कार्की, जनक राज ढुंगाना, लीली श्रेष्ठ, थलबीर ओली, लक्ष्मण सापकोटा, गजेंद्र अधिकारी, गीता रेग्मी लगायत दर्जनौ समाजसेवीहरु लागी परेको जानकारी दिइएको छ ।

राधिका दासी (माता) हिन्दू धर्ममा गहिरो आध्यात्मिक दृष्टिकोण लिएर संसारभर सत्संग र भक्ति अभियान फैलाउँदै आइरहेकी एक लोकप्रिय कथावाचिका एवं प्रेरणादायी व्यक्ति समेत हुन् l उनी नेपाल र नेपाल बाहिर उत्तिकै लोकप्रिय छिन् । अमेरिकामा भने यो उनको पहिलो प्रवचन एवं सत्संग कार्यक्रम हो l

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result