अमेरिका । मदरल्याण्ड नेपालको आयोजनामा प्रख्यात कथावाचिका एवं अध्यात्म चेतनाकी प्रवर्तक एवं भागवत मञ्जरी राधिका दासी माताको तीनदिने शिव महिना एवं सत्संग प्रवचनमा रिचमण्डस्थित मुक्तिनाथ धाममा भव्य रूपमा सम्पन्न भएको छ । सो सत्संग समारोहमा माता राधिका दासीको सम्मानमा आकाशवाट प्रिन्स युवराज कार्की र रानु कार्कीले पुष्पवृष्टि गरी स्वागत समेत गरेका थिए ।
तीन दिनसम्म चलेको सो सत्संग समारोहमा वे एरिया र अन्य क्षेत्रका गरेर ६ हजार भन्दा बढी भक्तजनहरु उपस्थित रहेको आयोजकले जानकारी दिएका छन् । मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
भागवत मञ्जरी राधिका दासीले यस पटकको अमेरिका भ्रमण निकै छोटो भएकोले धेरै भक्तजनको अनुरोध स्वीकार गर्न समयको अभाव रहेको प्रतिकृया दिँदै अमेरिकाभर धार्मिक सत्संग समारोह गर्ने बताइन् । ‘म निकै उत्साहित छु, क्यालिफोर्निया, ओहायो, भर्जिनिया र बाल्टीमोरको सम्मानबाट’ उनले भनिन् ‘हामी छिट्टै धेरै शहरहरुमा अत्याधिक ज्योति लिएर आउँदै छौं ’ मुक्तिनाथ धाममा भएको सत्संग समारोहमा ओकल्याण्ड सिटी काउन्सिल मेम्बर जननी रामचन्द्रन र मदरल्याण्ड नेपालका तर्फबाट माता दासीलाई सम्मानपत्र प्रदान गरिएको थियो । उक्त सम्मानपत्रमा नेपाली समुदायमा आध्यात्मिक ज्योति एवं चेतना फैलाउने कार्यमा गरिएको अतुलनीय कार्यको प्रशंसा गरिएको छ वे एरियावासी नेपाली भक्तजनहरुले भागवत मञ्जरी दासीको जयजकार गरेका थिए । कार्यक्रममा सहयोग पुऱ्याउने विभिन्न व्यक्तिहरुलाई मदरल्याण्ड नेपालका तर्फबाट प्रशंसापत्र पनि वितरण गरिएको थियो ।
यसअघि ओहायो राज्यमा GBHO ले आयोजना गरेको विश्वशान्ति महायज्ञ (ओम सेन्टर र दिव्यधाम ओहायो) मा ३० हजार भन्दा बढी श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो भने मेरिल्याण्ड र भर्जिनियामा भएको सत्संग एवं प्रवचन कार्यक्रममा पनि सयौं भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
हिन्दु बुद्ध मन्दिर वाल्टिमोरमा भएको सत्संग कार्यक्रममा सहभागी भक्तजनहरुले कार्यक्रम केही समयका लागि लम्ब्याउन आग्रह समेत गरेका थिए । ‘कार्यक्रम छोटो भयो’ हामीलाई अलिक लामो सत्संग चाहिएको छ, एक सहभागी अनुरोध गर्दै भनेका थिए ।
राधिका दासी (माता) हिन्दू धर्ममा गहिरो आध्यात्मिक दृष्टिकोण लिएर संसारभर सत्संग र भक्ति अभियान फैलाउँदै आइरहेकी एक लोकप्रिय कथावाचिका एवं प्रेरणादायी व्यक्ति समेत हुन् उनी नेपाल र नेपाल बाहिर उत्तिकै लोकप्रिय छिन् । अमेरिकामा भने यो उनको पहिलो प्रवचन एवं सत्संग कार्यक्रम हो अमेरिकाको प्रवचन कार्यक्रम सकेर भागवत मञ्जरी दासी बेलायतको राजधानी लण्डन प्रस्थान गरेकी छन् । ‘अव यात्रा लण्डनतिर .. पायक पर्ने भक्तजनलाई निमन्त्रणा’ उनले आफनो सामाजिक संजाल फेसबुकमा लेखेकी छन् ।










प्रतिक्रिया लेख्नुहोस्:-