अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) का आजिवन सदस्य अनिल पाण्डेमाथि भएको धम्की र गाली गलौज प्रकरणप्रति यस संस्थाको ध्यनाकार्षण भएको जनाएको छ । नेजाका महासचिव ईश्वरी न्यौपानेद्वारा जारी प्रेस विज्ञाप्तिमा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित बे एरियामा बस्दै आएका पाण्डेमाथि बिभिन्न आरोप लगाई गाली गलौज गरिएको र त्यसलाई सामाजिक सञ्जालमा प्रचार गरी चरित्र हत्या गर्ने तथा ज्यानको धम्कीसमेत दिएको पाण्डेले बताएको उल्लेख गरिएको छ ।
“मदरल्याण्ड नेपाल तथा सान फ्रान्सिस्को नजिकै रिचमण्डमा स्थापित गरिएको मुक्तिनाथ धामका अध्यक्ष रहेका पाण्डेलाई मन्दिरमा टाँगिएको पाण्डेको तस्वीर भएको ब्यानरमा गाली गालौज तथा निराधार, आपत्तिजनक शब्दहरु लेखिएको थियो भने पर्चा समेत लेखेर वितरण गरिएको जनकारी दिनु भएको छ” ।
न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ -यसअघि नेजाका आजिवन सदस्य एवं मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डेले अराजक समूहले आफ्नो चरित्र हत्या गरेको र ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा चुनौति थपिएकोमा चिन्ता व्यक्त गर्दै प्रेस रिलिज जारी गरेका थिए ।’मेरो व्यक्तित र धार्मिक आस्थाको सुरक्षाका लागि मानवअधिकारकर्मी, लोकतान्त्रिक अभ्यास अभ्यासमा विश्वास गर्ने र धार्मिक स्वतन्त्रता चाहने समुदायमा म र मेरो संस्थाको रक्षाका लागि सादर अनुरोध गर्दछु’ पाण्डेले भनेका छन् ।








प्रतिक्रिया लेख्नुहोस्:-