Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सोमबारबाट महावाणिज्यदूतावासको सेवा शुरू हुने

अशोज ५, २०८२ ११:०२ मा प्रकाशित
सोमबारबाट महावाणिज्यदूतावासको सेवा शुरू हुने
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को । लामो समयको प्रतिक्षापछि स्यानफ्रान्सिस्कोमा स्थापित नेपाली महावाणिज्यदूतावासले सेप्टेम्बर २२ सोमबारबाट आफ्नो सेवा शुरू गर्ने भएको छ । सोमबारदेखि महावाणिज्यदूतावासले राहदानी आवेदन,अधिकृत वारेशनामा, कन्सुलर प्रमाणिकरण, एकतर्फी यात्रा अनुमतिपत्र लगायतका सेवाहरू प्रदान गर्न शुरू गर्न लागेको सूचना शुक्रबार प्रकाशित गरेको छ ।

उपमहावाणिज्यदूत ऋषिराज आचार्यका अनुसार भिसा र गैर-आवासीय नेपाली परिचयपत्रसम्बन्धी काम कारबाहीका लागि सम्बन्धित निकायहरूसँग समन्वय भैरहेको हुँदा ती सेवाहरू शुरू हुने मिति यसैगरी अर्को सार्वजनिक सूचनामार्फत् जानकारी गराइनेछ ।

महावाणिज्यदूतावासले जारी गरेको सूचनामा भर्खरै जडान गरिएको राहदानी आवेदन संकलन प्रणाली (ePassport Application System) केही दिन परीक्षणकै चरणमा रहने र बेलाबेलामा प्राविधिक समस्यासमेत देखा पर्नसक्ने हुंदा पहिलो एकहप्ता दैनिक सानो संख्यामा मात्र राहदानी आवेदन खुल्ला गरिने र प्रणालीले राम्ररी काम गर्न थालेपछि दैनिक आवेदन कोटा आवश्यकता अनुसार बढाउँदै लगिने उल्लेख गरिएको छ।
‘तत्कालै राहदानी आवेदन गरिहाल्नुपर्ने व्यक्तिहरूको संख्या धेरै रहेको पाइएमा वैकल्पिक व्यवस्था मिलाई राहदानी आवेदन संकलन गर्न सकिनेछ ।तसर्थ, शुरूका केही दिनका लागि राहदानीको म्याद सकिसकेका र अत्यन्त जरूरी परेका सेवाग्राहीले मात्र आवेदन फाराम भर्नुहुन अनुरोध गर्दछौ’, महावाणिज्यदूतावासले भनेको छ ।

यसैगरी दुतावासले सेवाग्राहीलाई आफुले लिन चाहेको सेवासम्बन्धी विस्तृत जानकारीका लागि महावाणिज्यदूतावासको वेवसाइट हेर्नुहुन वा सोझै देहायको लिंकमा क्लिक गर्न आग्रह समेत गरेको छ ।

राहदानी आवेदनसम्बन्धी जानकारीको लागि
https://sf.nepalconsulate.gov.np/pages/passport-service-2/

अधिकृत वारेशनामासम्बन्धी जानकारीको लागि
https://sf.nepalconsulate.gov.np/pages/power-of-attorney-5/

कागजात वा कन्सुलर प्रमाणिकरणसम्बन्धी जानकारीको लागि
https://sf.nepalconsulate.gov.np/pages/consular-attestation-4/

एकतर्फी यात्रा अनुमतिपत्रसम्बन्धी जानकारीको लागि
https://sf.nepalconsulate.gov.np/pages/one-way-travel-document-3/

यसअघि शुक्रवार महावाणिज्यदुतावासले नेपाली समुदायसंग सेवा संचालनको तयारी सम्बन्धमा अनौपचारिक छलफल गरेको थियो । कार्यक्रममा महावाणिज्यदूत लक्ष्मण खनालले सेवा संचालनका प्रगति र प्रकृयावारे जानकारी दिदैं अधिकतम सेवा दिन महावाणिज्यदूतावास सकृय रहने जानकारी दिए । गत वर्ष नेपाल सरकारले अमेरिकाको क्यालिफोर्नियाको स्यानफ्रान्सिस्को र टेक्ससको डालसमा महावाणिज्यदुतावास स्थायना गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result