अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाको नर्दन क्यालिफोनिया च्याप्टरले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको केन्द्रीय समितिलाई बधाई धन्यवाद ज्ञापन गर्दै सभापति थापाको नेतृत्वमा एकजुट हुन सवै कांग्रेसलाई आग्रह गरेको छ । सो च्याप्टर समितिका सभापति हरि भट्टले एक विज्ञप्ति जारी गरी कांग्रेसको नयाँ नेतृत्वले जेनजी आन्दोलनको मर्म र भावनलाई समेटेर लान सक्ने पूर्ण विश्वास व्यक्त गरेको छ ।
विज्ञप्तिमा निर्वाचन आयोगले मान्यता दिइसकेको र चाँडै नै प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले सबै कांग्रेसीलाई पार्टीको झण्डामुनी गोलबद्द हुनसमेत आग्रह गरिएको छ । कांग्रेसमा पुरानो पूस्ताले सक्रिय राजनीतिबाट विश्राम लिएर अभिभावकीय भूमिकामा बस्नुपर्ने र नयाँ युवा पुस्तालाई अगाडि बढाउन पनि आग्रह गरिएको छ ।
सभापति भट्टले नयाँ कार्यसमितिलाई संस्थाको तर्फबाट पूर्ण सहयोग र समर्थन रहेको प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।








प्रतिक्रिया लेख्नुहोस्:-